ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

घोषणाको चार वर्षपछि गाउँटोलमा शौचालय अभियान

२० फाल्गुन २०८०, आईतवार
२० फाल्गुन २०८०, आईतवार

चन्द्रौटा (कपिलवस्तु), २० फागुन । महिलालाई महिनावारी हुँदा र रातको समयमा जोखिम मोलेर शौचालय जानुपर्ने बाध्यता छ । एक किशोरीले कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापासँग गुनासो गर्दै भनिन् । कोहि शौचालय भएर पनि प्रयोग गदैनन्, आफूहरू नभएर खुला शौच गर्नु परेको दुःखेसो पोखिन् । देश खुला दिसा मुक्त गर्ने अभियान सञ्चालन भएसँगै कपिलवस्तु जिल्ला २०७६ सालमा खुला दिसामुक्त घोषणा भएको थियो । शौचालय नभएपछि पालिकाले पछिल्लो ३ वर्ष देखि शौचालय निर्माणको अभियान सुरु गरेको थियो । केहि साता पहिले कपिलवस्तुको गाउँपालिका अध्यक्ष थापा र कर्मचारीसहितको एक टोली वडा नम्बर–५ पिपरीमा पुग्यो ।

टोलीले शौचालय भए नभएको अवलोकन गर्दै थियो । केही शौचालय प्रयोग हुने गरेका थिए, केही प्रयोग बिहिन । अवलोकनका क्रममा ८ घर शौचालय भएको भेटियो । शौचालय नहुनेले पालिका अध्यक्ष थापासँग शौचालय निर्माण गरिदिन आग्रह गरेका थिए । कागजमा मात्र शौचालय निर्माण हुने र निर्माण भएका तर प्रयोग नभएपछि गाउँपालिकाले पुनः पूर्ण सरसफाई पालिका बनाउने योजना अघि सारेको छ ।
अनुगमन पश्चात् अभियानलाई पुनः तिव्रता दिइएको गाउँपालिकाले जनाएको छ । पालिकाले शौचालय नभएका घरधुरीको लगत तयार गरी शौचालय निर्माणमा जोड दिएको छ । शौचालय निर्माण नगर्ने जनप्रतिनिधि तथा कर्मचारीको सुविधा रोक्का गरी कारवाहीको दायरामा ल्याएको छ । शौचालय बनाउन अटेरी गर्ने जनप्रतिनिधि र कर्मचारीको सेवा सुबिधा बन्चित गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । कर्मचारी र जनप्रतिनिधिले शौचालय नबनाएकोलाई कारबाही गरिएको जनाइएको छ ।

‘पछिल्लो ३ वर्षमा विपन्न, अपाङ्गता भएका तथा एकल महिलाका घरमा शौचालय निर्माण गरिएको छ । संघीय सरकारको अनुदानमा ९ सय १३ घर धुरीमा नया शौचालय निर्माण भएको छ । वडा नम्बर ७ ले शौचालय नबनाउनेलाई कडाई गर्दा १ सय बढी घरधुरीमा आफैले शौचालय बनाएका छन् । यो वर्ष थप ७ सय शौचालय निर्माण हुने छ ।’ सरसफाई अधिकृत अर्जुन बेल्बासेले बताए । शौचालय बनाउन अटेरी गर्ने ८ जनप्रतिनिधि र २० कर्मचारीलाई कारवाही गरिएको उनको भनाई छ ।

हैसियत भएका तर शौचालय बनाउन अटेरी गर्नेलाई कडाई गरिएको छ । आगामी बैशाखसम्म अनिवार्य शौचालय बनाउन निर्देशन दिइएको छ । शौचालय भएकालाई सरसफाई कार्डको व्यवस्था छ । कार्ड नहुनेलाई पालिकाले उपलब्ध गराउने सबै सेवाबाट बन्चित गरिने तयारी गरिएको छ । २०७८ को जनगणना अनुसार गाउँपालिकामा ७ हजार ५९ घरधुरी मध्ये ३ हजार १ सय १९ घरधुरीमा शौचालय नभएको तथ्यांक छ । गाउँपालिकामा अझै करिब १ हजार बढी घरधुरी शौचालय बिहिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?