ट्रेंडिंग:

>> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

पश्चिम नेपाल बस ब्यबसायीद्वारा बधार्ई तथा सम्मान

१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार

बुटवल, १९ फागुन ।

पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा नवआगन्तुक प्रहरी उपरीक्षक सहित रुपन्देहीका विभिन्न संघ संस्थाहरुमा नवनिर्वाचत अध्यक्ष तथा पदाधिकारीहरुलाई एक समारोहका विच स्वागत तथा सम्मान गरेको छ । प्रालिले हालै मात्र बुटवलमा सरुवा भै आएका नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलाई स्वागत तथा सम्मान गरेको छ ।

यसैगरी प्रालिले पश्चिमाञ्चल यातायात व्यवसायी समितिको हालै सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष टिकाराम गौतम लगायत पदाधिकारीहरु, उद्योग व्यापार संघ बुटवलका निर्वाचित अध्यक्ष विष्णुप्रसाद पाण्डे तथा पदाधिकारीहरुलाई पनि सम्मान गरेको छ ।

सो अवसरमा बोल्दै नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले सवारी दुर्घटनालाई कम गर्ने र हुन सक्ने विपदबाट सडक, पैदलयात्री तथा सवारीको सुरक्षा गर्ने बारेमा आफुहरु हरपल सचेत र सजग रहेको बताए । प्रहरी उपरिक्षक खत्रीले पछिल्लो समय यसक्षेत्रमा भएका २ ठुला दुर्घटनाहरुमा अनुसन्धान गर्दा चालककै लापर्वाही देखिएकाले अझैपनि चालकहरुलाई प्रशिक्षणको खाँचो रहेको बताए ।

कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले यातायात ब्यवसायी र उद्योगी व्यापारीहरु बिचको सहकार्य आवश्यक रहेको चर्चा गर्दै एकताबद्ध भएर अघि बढेमा हरेक समस्या समाधान गर्न सकिने बताए । यातायात क्षेत्रका विकराल समस्या हुँदाहँुदै पनि आफुहरुले हरक्षण जनतालाई सेवा प्रवाह गरेको दावी गर्दै कसरी सवारी दुर्घटना कम गर्ने र यात्रुहरुलाई गुणस्तरीय सेवा दिने भन्ने बारेमा सधै सचेत र सजग रहेको पनि बताए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका नवर्निचित अध्यक्ष टिकाराम गौतमले भारतीय ठुला सवारी साधनलाई निर्वाधरुपमा नेपाल प्रवेश गराउने परिपार्टीबाट यातायात व्यवसायीहरु मारमा परेको बताउँदै यसलाई ट्राफिक प्रहरीले आवश्यक छानविन गर्न र नियन्त्रण गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा उद्योग व्यापार संघबुटवलका नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद पाण्डे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पुर्व अध्यक्ष चोपनारायण श्रेष्ठ, पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.का संंचालक नारायण घिमिरे, प्रवन्ध संचालक रामचन्द्र भुसाल लगायतले नेपालको विकासमा यातायात क्षेत्रले पुर्याएको योगदानको चर्चा गर्दै यातायात क्षेत्रलाई थप ब्यबस्थित र मर्यादित बनाउदै लैजानु पर्ने कुरामा जोड दिएका थिए ।

सरकारले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउँदासम्म यातायात व्यवसायी र यातायात क्षेत्रको विकास हुन नसक्ने बताउंँदै बजार मूल्य र तेलको मूल्य आकाशिदै जानु वैज्ञानिक भाडादर कायम नहुनु आदि कारणले गर्दा व्यवसायीहरु दिन प्रतिदिन यो क्षेत्रबाट पलायन हुन वाध्य भएको कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?