ट्रेंडिंग:

>> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित

मानसिक स्वास्थ्य रणनीतिको विषयमा वृहत छलफल

१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार

सुर्खेत, १९ फागुन ।

मानसिक स्वास्थ्य रणनीतिको विषयमा कणर्ालीमा वृहत छलफल गरिएको छ । उक्त छलफलमा तीनवटा प्रदेशका मन्त्रीसहितको टोली समेत सहभागी भयो ।

सात प्रदेश मध्ये सबै भन्दा पहिला कणर्ाली प्रदेशले मानसिक स्वास्थ्य रणनीति निर्माण गरेको छ । प्रदेश सरकारले दशबर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति २०७९-०८७ निर्माण गरेको हो । यही रणनीतिको विषयमा बुझ्न तीन वटा प्रदेशका मन्त्रीसहितको टोली कणर्ालीमा आएको सिएमसी नेपालका हिमाल गैरेले जानकारी गराए । कणर्ालीसंग मानसिक स्वास्थ्य रणनीति निर्माण प्रक्रिया र त्यसको कार्यान्वयनबारे जानकारी लिन लुम्बिनी, गण्डकी र मधेश प्रदेश सरकारका मन्त्रीसहितको टोली कणर्ाली प्रदेश आएका हुन्् ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र(सिएमसी) नेपालसंगको सहकार्यमा कणर्ाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वीरेन्द्रनगरमा शुक्रवार सिकाइ आदानप्रदान कार्यक्रमको आयोजना समेत गरेको थियो ।

कणर्ाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोख्रेलले मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना लागु गरी सबै आधारभूत तहका स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न कार्यक्रम शुरु गरिएको बताए ।

मन्त्री पोख्रेलले कणर्ालीको भौगोलिक कठिनाइ, सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश, विभेद र हिंसाजन्य समस्याले मानसिक स्वास्थ्यको समस्या बढ्दै गएपनि सरकार त्यसको निवारणका कार्यनीति बनाएर काम गर्न लागेको बताए । प्रदेश स्तरमा मानसिक स्वास्य रणनीतिक कार्ययोजना कार्यान्वयनका क्रममा देखिएका सबल र सुधार गर्नुपर्ने पक्ष र अवसरको विषयमा प्रस्तुतिकरण गर्दै सामाजिक विकास मन्त्रालय कणर्ाकी प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृष बहादुर शाहीले मानसिक स्वास्थ्यलाई सवल बनाउन रणनैतिक कार्ययोजनाले सहज बनाएको बताए ।

लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री राजु खानालले मानसिक स्वास्थ्य लुम्बिनी प्रदेशमा चुनौतीको रुपमा रहेको बताए । मन्त्री खनालले प्रदेशभर वार्षिक करिव १३ हजार मानसिक स्वास्थ्यका बिरामीहरु फेला पर्ने गरेको बताए । उनले त्यसको न्यूनीकरणका लागि सचेतनाका कार्यक्रमहरु संचालन गरिरहेको बताए ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले कणर्ाली प्रदेशले मानसिक रोग निवारणका लागि शुरु गरेको पहल आफुहरुका लागि उदाहरणीय रहेको भन्दै अन्तरप्रदेश सहकार्य तथा समन्वय गरेर अघि बढ्ने बताइन् ।

डा. बासुदेव कार्कीले यस रोगका विरुद्ध पर्याप्त औषधि नहुनु, दक्ष जनशक्ति नहुनु, अनुगमन तथा मूल्याङ्कन नहुनु र मनोपरामर्शकर्ताको अभावले समुदायस्तरसम्म उपचारलाई सहज बनाउन कठिनाइ रहेको बताए ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहले मानसिक स्वास्थ्य सवलीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउँदै अब रणनीति बनाउने योजनामा रहेको बताए ।

सिएमसी नेपालका प्राविधिक निर्देशक समेत रहेका बरिष्ठ चिकित्सा मनोविद् डा. पशुपति महतले मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि तीनै तहका सरकार योजना बनाएर अगाडि बढ्नुपर्ने बताए ।

मानसिक स्वास्थ्य क्षेत्रमा सरकारलाई सहयोग गर्दै आएको स्वीस दुतावासका प्रतिनिधि प्रतिक्षा सिम्खडा बास्कोटाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना बनाउन कणर्ाली प्रदेश सरकार पहिलो भएको भन्दै यसको कार्यान्वयनका लागि उपचार सेवा पालिकास्तरसम्म सहज बनाउन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?