ट्रेंडिंग:

>> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित

चौतर्फी आलोचनापछि पत्रकार सम्मेलन गर्न मुख्यमन्त्री वाध्य,सरकारको २ करोड मात्रै,अरु विदेशी सहयोग भन्दै बचाउ

१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार

बुटवल,१९ फागुन ।

लुम्बिनीमा हुने लोरेट एण्ड लिडर शिखर सम्मेलनबारे चौतर्फी आलोचनाले विवादित बन्दै गएपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पत्रकार सम्मेलन गरेर आफ्नो बचाउ गरेका छन् । आजै प्रधानमन्त्री रुपन्देहीमा र प्रदेश सभा वैठकलाई समेत सम्बोधन गर्ने भएकाले त्यसअघि बिहानै मुख्यमन्त्रीले आफ्ना कुरा राखेर शिखर सम्मेलन र आफ्नोबारे उठेका थुप्रै प्रश्नको बचाउ गरेका हुन् ।

शिखर सम्मेलनबारे मुख्यमन्त्रीले प्रदेश सभामा स्पष्ट जानकारी नगराएको, अमेरिका र भारत भ्रमणको बारे पनि संसदलाई जानकारी नदिएको र चीन विरोधी पृथकतावादी दलाई लामाले विद्रोह गरेको दिन (मार्च १०देखि १२) पारेर शिखर सम्मेलनको मिति तय गरेको जस्ता विषयले मुख्यमन्त्री प्रति सभामुख तुलाराम घर्ती, सत्तारुढ दल माओवादीकै प्रमुख सचेतक इन्द्रजित थारु लगायत र प्रमुख विपक्षी एमालेले दर्जन बढी गम्भीर प्रश्न उठाएका थिए । सांसदहरुले यो विषय प्रदेश सभामा पनि सशक्तरुपले उठाउने बताएपछि मुख्यमन्त्री तिल्मिलाएका थिए ।

पत्रकार सम्मेलनबारे राति एउटा फेसबुक ग्रुपमा सूचना हालेर सबै पत्रकारलाई जानकारी नगराई गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री चौधरीले शिखर सम्मेलनमा प्रदेश सरकारको २ करोड भन्दा बढी खर्च नगर्ने बांकी वजेट विदेशी दातृ संस्थाहरुबाट सहयोग आउने बताए ।

तर कुन संस्थाले कति सहयोग गर्दैछ भन्ने खुलाउन सकेनन् ।

वजेटमा यो कार्यक्रमका लागि ६ करोड ५० लाख वजेटमै विनियोजन भएको छ भने मुख्यमन्त्री कार्यालयमार्फत ६० लाख खर्च गरिंदैछ । सम्मेलनबारे नीति तथा कार्यक्रम र वजेट प्रदेश सभाबाटै पारित भएकाले सभामुख र सांसदहरुलाइृ जानकारी छैन भन्न नमिल्ने उनले तर्क गरे । उनले शिखर सम्मेलनको मिति १० मार्च तय गरिनुलाई दलाई लामासंग नजोड्न आग्रह गर्दै नेपालको परराष्ट्र नीति अनुरुप असंलग्नता र पन्चशीलको सिद्धान्त अनुरुप सम्मेलन तयारी भएको दावी गरे ।
सम्मेलनको मूल उद्देश्य लुम्बिनीलाई ब्राण्डिङ गर्नु रहेको मुख्यमन्त्रीले दावी गरे । सम्मेलनमा १० जना नोबेल पुरस्कार विजेता सहित सय जना विदेशी आउने बताएका उनले नोबेल पुरस्कार विजेता वाहेक आउने व्यक्तिहरुको चयन कसरी भयो भन्ने पत्रकारको प्रश्नमा स्ष्ट जवाफ दिन सकेनन् । गोलमटोल जवाफ दिएर उम्किए ।
२९ गते बिहान ८ बजे बुद्ध जन्मेको ठाउंबाट कार्यक्रम शुरु भई पैदल हिंडेर मायादेवी मन्दिरसम्म जाने,त्यहां दर्शनपछि र लुम्बिनीकै सम्मेलन हलमा प्रधानमन्त्री प्रचण्डले सम्मेलन उद्घाटन गर्ने चौधरीले जानकारी दिए ।

सम्मेलनमा सहभागी ३ सय जनालाई १० समूहमा बाडेर समूहगत छलफल गरी २९ गते लुम्बिनी घोषणापत्र जारी र शान्तिदीपमा दीप प्रज्ज्वलन गरेर समापन गरिने उनले बताए ।
सम्मेलनमा आएका नोबेल पुरस्कार विजेतालाई अलग अलग समूहमा कसैलाई बर्दिया राष्ट्रिय निकुन्ज, कसैलाई स्वर्गद्वारी र कसैलाई पाल्पाको हिल स्टेशनमा भ्रमण गराउने कार्यक्रम रहेको मुख्यमन्त्री चौधरीले बताए ।
सम्मेलनको प्रचार प्रसार र सञ्चार माध्यममा विज्ञापनबारे पत्रकारको प्रश्नमा मुख्यमन्त्रीले एकदुई दिनमा जानकारी दिने बताए । स्रोतका अनुसार लुम्बिनी प्रदेश बाहिरको एक संस्थालाई २५ लाख रुपैयां दिने गरी वृत्तचित्र निर्माण र केही टेलिभिजनलाई पनि २५ लाख वजेट दिने तयारी भएको स्रोतको दावी छ ।

पत्रकार सम्मेलनबारे जानकारीको सूचना अधिकांश पत्रकार जोडिएको ग्रुपहरुमा हालिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?