ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

लुम्बिनी अस्पतालमा मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने दातृ निकायको प्रतिवद्धता

१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार

बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शिशु तथा मातृ स्वास्थ्य कार्यक्रमका लागि सहयोग बढाउन विदेशी सहयोगी संस्था तथा दातृ निकायहरुले चासो व्यक्त गरेका छन् । पछिल्लो समय अस्पतालमा मातृ तथा शिशु स्वास्थ्य र पोषण सुरक्षणको क्षेत्रमा अस्पतालले गरेका गतिविधिलाई मुल्याङ्कन गर्दै उनीहरुले थप सहयोगको प्रतिवद्धता गरेका हुन् ।

नेपालका लागि बेलायती राजदुत कार्यालयका प्रतिनिधि पिप्पा वर्ड, विश्व बैंकका प्रतिनिधि फरिस हेडेड जेरोस, स्वीस डेभलप्मेन्ट कोअप्रेशनका प्रतिनिधि डेनिल म्याली, एशिया विकास बैंकका प्रतिनिधि लगायतले अस्पतालको निरीक्षणपछि आफूहरु सहयोग बढाउन इच्छुक रहेको बताएका हुन् ।

अस्पतालमा रहेको प्रसुती कक्ष, मेटामेटिक, लेवर वार्ड, एनआईसीयू, एसएनसीयू, पोषण पुनःस्थापना केन्द्र, ओसिएमसी कक्ष लगायतको निरीक्षणपछि उनीहरुले प्रशंसा व्यक्त गर्दै सयहयोगको हात बढाउन आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । विशेष गरी शिशुको पोषण तथा मातृ मृत्युदरलाई कम गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने सवालमा हातेमालो गर्न सधै तयार रहेको उनीहरुले प्रतिवद्धता गरे । लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो समय गरेका सुधार तथा सेवाबाट आफूहरु प्रभावित भएको दातृ संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

प्रतिनिधिहरुसँगको अन्तत्र्रिmयामा बोल्दै अस्पतालमा मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले विशेष गरी प्रसुती सेवा तथा पोषण पुनःस्थापना केन्द्रमा उल्लेख्य सुधार ल्याउन सफल भएको जानकारी गराए । न्यूनतम सेवा मुल्याङ्कन मापदण्डमा समेत ८८ प्रतिशत अंक ल्याएर नेपालकै उत्कृष्ट बन्न सफल भएको जानकारी गराउँदै मेसु थापाले स्वास्थ्य सेवा सुधारका लागि सहयोगकी निकाय तथा संस्थाहरुसँग हातेमालो गर्न आफूहरु सधै तयार रहेको जनाए ।

अस्पताल निरीक्षणको अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य सेवाको सुधारमा उपमहानगरबाट समेत आवश्यक पहल तथा सहयोगको प्रतिवद्धता गरे । यसैगरी उपमहानगर अन्तरगत रहेको स्वास्थ्य महाशाखा तथा स्वास्थ्यकेन्द्रहरुबाट भएका क्रियाकलाप बारे विदेशी सहयोगी संस्था तथा दातृ निकायहरुलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?