ट्रेंडिंग:

>> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित

आज लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठक, प्रधानमन्त्रीले उद्घाटन गर्दै

१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार

लुम्बिनी ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले १५ औं सभाको बैठक आज शनिबार लुम्बिनीमा गर्दैछ । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सभाको बैठक हुन लागेको हो ।

बैठकका लागि प्रधानमन्त्री शनिबार लुम्बिनी आउँदै छन् । प्रधानमन्त्री दाहालले शनिबार नै लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय लुम्बिनी विकास कोष परिसरभित्र निर्माण भएको छ । झण्डै २२ करोड लागतमा बनेको भवनमा उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यालय रहनेछ । भवनमा सुविधा सम्पन्न सभाहल निर्माण भएको छ । जसको क्षमता २ सय ५० भन्दा बढी रहेको छ ।

सभाको बैठक तथा भवन उद्घाटनका लागि विहान साढे ११ बजे प्रधानमन्त्री लुम्बिनी आउने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालय सभाका सदस्य सचिव एवं रजिष्ट्रार डा. तिलकराम आचार्यले सभाको बैठकमा वार्षिक नीति कार्यक्रम, बजेट तथा नियम कानून निर्माणका प्रस्तावहरुमा छलफल हुने जानकारी दिए । विश्वविद्यालय सभाको बैठका सहभागिताका लागि सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई शुक्रबार नै लुम्बिनी आएका छन् ।

सभाको बैठकमा अन्य विश्वविद्यालयका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, विभिन्न मन्त्रालयका सचिव, लुम्बिनी प्रदेशका प्रमुख सचिव, विकास कोषका उपाध्याक्ष, सातै प्रदेशबाट नियुक्त भएका सदस्यहरु गरी ४३ जना सहभागिता रहने विश्वविद्यालयले जनाएको छ ।

प्रधानमन्त्रीले पहिलो चरणमा कार्यालयको भवन उद्घाटन गर्ने र त्यसलगत्तै सभाको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आउने भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था मिलाइएको छ । प्रधानमन्त्री हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम तय भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?