ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप
दोस्रो मेयर कप तथा छैटौ बुटवल खुला राष्ट्रिय लनटेनिस प्रतियोगिता २०८०

प्रदिप र अभिलाषा उपाधि रक्षाको दाउमा

१८ फाल्गुन २०८०, शुक्रबार
१८ फाल्गुन २०८०, शुक्रबार

बुटवल, १८ फागुन । रुपन्देहीमा जारी दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता २०८० को उपाधिका लागि गतवर्षका डिफेन्डिङ च्याम्पियन प्रदिप खड्का र बुटवलका रितिक राना भिड्ने भएका छन । देविनगरस्थित लनटेनिस कोर्टमा शुक्रबार भएको पहिलो सेमीफाईनलमा गतवर्षका च्याम्पियन पोखराका खड्काले प्रनव मानन्धरलाई ६–१, ३–६, ६–२ को सेट तथा दोस्रो सेमीफाईनलमा रितिकले निशान्त श्रेष्ठलाई ६–१, ६–३ को सेटले पाखा लगाउदै फाईनल भिडन्त तय गरेका हुन । दुई वर्षअघि च्याम्पियन रहेका रितिक दोस्रो पटक उपाधि चुम्ने दाउमा छन भने प्रदिप पनि लगातार दोस्रो जितको खोजीमा छन ।

यसैगरि महिला सिगलको उपाधिका लागि अभिलाषा विष्ट र सुभाङिनी शाहका बिचमा उपाधि भिडन्त हुने भएको छ । गतवर्षको च्याम्पियन तथा एक नम्बर बरियतामा रहेकी खेलाडी विष्टले पहिलो सेमीफाईनलमा आईसा डल्कर गुरुङलाई ६—२, ७—५ तथा दोस्रो सेमीफाइनलमा सुभाङिनी शाहले प्रकृति श्रेष्ठलाई ७—६, १—६, ६—१ को सेटमा पराजित गरेका हुन । शनिबार दुबै उपाधिका लागि फाईनल खेल हुने टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेले बताए ।

यसैगरि मेन्स डबल्सको उपाधि आयुषमान हजुर घले र आशिष खड्काको जोडीले हात पारेका छन । शुक्रबार भएको फाईनलमा आर्यन गिरी र सक्षम बिक्रम शाहलाई ६–४, ६–२ को सेटमा पराजित गर्दै घले र खड्काको जोडीले उपाधि हात पारेका हुन ।
यसैगरि ३५ प्लस सिगलको उपाधि अनिल शाहीले चुमेका छन । फाईनलमा अनिलले सन्तोष खत्रीलाई ६–४, ६–४ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
यसैगरि ३५ प्लस डबल्सको उपाधि सिमान्त गुरुङ र अनिल शाहीको जोडीले चुमेका छन । फाईनल खेलमा सिमान्त गुरुङ र अनिल शाहीको जोडीले सन्तोष खत्री र सन्जय प्रकाश श्रेष्ठको जोडीलाई ६–२, ६–३ को सेटमा पराजित गरेको हो ।
यसैगरि ४५ प्लस सिगलको उपाधि कमल भण्डारीले हात पारेका छन । फाईनल खेलमा सिमान्त गुरुङलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै भण्डारीले उपाधि चुमेको हो ।
यसैगरि ४५ प्लस डबल्समा गोपी भट्टराई र धर्मसिह लामिछानेको जोडीले उपाधि चुमेका छन । शुक्रबार भएको फाईनलमा रोहित सुनवार र जोली टार्जेनको जोडीलाई ७—५, ७—५ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन ।
यसैगरि ५५ प्लस सिगलको उपाधि चन्द्र शाहीले चुमेका छन । उनले फाईनलमा राजु श्रेष्ठलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन ।
यसैगरि ६५ प्लस सिगलको उपाधि मनोज राणाले जितेका छन । उनले फाईनलमा ध्रव गुरुङलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन । प्रतियोगितामा ११ विधामा एक सय खेलाडीहरुले प्रतिस्पर्धा गरेको संघका सचिव सबर मियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?