ट्रेंडिंग:

>> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित

दादुरा रुबेला खोपः बालबालिकाको जोगाउँछ जीवन

१८ फाल्गुन २०८०, शुक्रबार
१८ फाल्गुन २०८०, शुक्रबार

यही फागुन १३ गतेदेखि देशका बिभिन्न ठाउँमा दादुरा र रुबेला खोप अभियान शुरु भएको छ । यो अभियान फागुन १३ गते देखि चैत्र ७ गतेसम्म चल्ने छ । दादुरा रोग ज्यादै छिटो सर्ने भाइरसबाट हुने संक्रामक रोग हो । यो रोग कुनैपनि उमेर समूहका मानिसलाई लाग्न सक्छ । तर पाँच बर्ष मुनिका बालबालिकामा यो रोग धेरै पाइएको छ । खोपद्वारा बचाउन सक्ने रोगहरूमध्ये बालबालिकाको मृत्यु गराउने एक प्रमुख कारण दादुरा रोग हो । दादुरा रोग लागेपछि निमोनिया, झाडापखाला, मेनिन्जाईटिस, कुपोषण जस्ता जटिलताहरूको कारणले बिरामीको मृत्यु हुन सक्छ । साथै यो रोगले छिट्टै नै महामारीको रूप लिन सक्छ । यो रोग एकबाट अर्कोमा सर्ने हुँदा सर्ने तरिका निम्न छन । दादुरा लागेको बालबालिकाको नाक तथा घांँटीमा दादुराको भाइरस पाइन्छ । दादुराका रोगीको खकार सिंगान आदीसँंग प्रत्यक्ष सम्पर्कमा आउँदा हावाद्वारा एक व्यक्तिबाट अर्को व्यक्तिमा यो रोग सर्न सक्छ । संक्रमित व्यक्तिमा यो रोग देखापर्नु भन्दा ४।५ दिन अघि र लक्षण देखापरेको करिब ५ दिनसम्म यो रोग सर्न सक्छ । खोपबाट बञ्चित, कुपोषित र एकै ठाउँमा धेरै बालबालिका जम्मा हुने ठाउँमा यो रोग चाँडै सर्दछ । यो रोगको लक्षण निम्न प्रकारको हुन्छ । दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो । रोगीसँग सम्पर्क भएको १०।१२ दिनपछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्री भागमा मसिना सेतो दाग देखापर्दछ । केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका विमिरा देखापर्दछन । यी विमिरा करिब ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन । यी विमिरा ५, ६ दिनसम्म रहिरहन्छन र त्यसपछि क्रमशः हराएर जान्छन । सामान्यतया यो रोगको विषाणु शरीरमा प्रवेश गरिसकेपछि यसको लक्षण देखिन बिशेषगरि १४ दिन र घटीमा ७ दिन र बढीमा १८ दिनसम्म लाग्दछ ।

जटिलताहरूमा दादुराबाट संक्रमित बालबालिकामा कडाखालको झाडापखाला लागेर जल वियोजन हुने, कान पाक्ने, कडा खालको श्वास प्रश्वासको संक्रमण अथवा निमोनिया हुने, मस्तिष्कमा कडा खालको सुजन भई मस्तिष्क ज्वरो आउने गर्दछ । दादुरा रोगको उपचार भन्नु नै यस रोगबाट हुने जटिलताहरूको उपचार गर्नु हो । जस्तै निमोनिया भएका बालबालिकालाई निमोनियाको उपचार र पखाला लागेको बालबालिकालाई पुनर्जलीय उपचार तथा दादुरा भएका प्रत्येक बिमारीलाई भिटामिन ए क्याप्सुल खुवाउनु पर्दछ । यो रोगको रोकथाम बारे भन्नुपर्दा समयमा दादुरा रुबेलाको खोप दिनु नै यो रोगबाट बच्नु हो । खोज र खोपनै यो अभियानको उद्देश्य रहेको छ । चार बर्ष अघि यो अभियान चलाइएको थियो । बालबालिकालाई ९ महिना देखि १५ महिना बीचमा दिइने यो खोपले रोगको निर्मूल हुन नसकेकाले थप खोपको अभियान चलाइएको छ । बिशेषगरी तराई भेगमा दादुरा रुबेलाका बिरामी भेटिने गरेकोले यतिखेर तराईका २१ जिल्ला र काठमाण्डौका तीन जिल्लागरी एकै साथ २४ जिल्लामा अभियान चलीरहेको छ । अन्य ५१ जिल्लामा ९ महिना देखि ५ बर्षसम्मका बालबालिकाले यो खोप पाउनेछन भने २४ जिल्लामा ९ महिनादेखि १५ बर्ष उमेर समूहमा यो अभियान चलिरहेको छ ।

एकजनाबाट १८ जनासम्ममा सर्न सक्ने यो रोग बिश्वबाटै निर्मुल गर्ने उद्देश्य बिश्व स्वास्थ्य संगठनको रहेको छ । २०८० फागुन १३ गतेदेखि प्रथम चरण र फागुन २० गतेदेखि दोस्रो चरण गरी उच्च जोखिम भनी पहिचान गरिएको २४ जिल्लामा र न्युनतम जोखिम भनि पहिचान गरिएका बाँकी ५१ जिल्लाहरूमा अनिबार्य दादुरा रुबेला खोप लगाइने अभियान शुरु हुँदैछ । साथै यस अभियानमा ५ बर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने भएकाले बच्चाको पहिला खोप लगाउँदाको खोपकार्ड अनिवार्य लिएर जानको लागी पनि जानकारी गराइएको छ । एकजनाबाट अठार जनासम्म सर्ने रोग भएकाले खोप लगाउन कोही नछुटुन भन्ने उद्देश्य यो अभियानमा रहेको छ ।

खोप अभियानका लागि देशभरि ४८ हजार ७ सय ९८ खोप केन्द्र रहेका छन । यस्तै ४९ हजार ९ सय ३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९ सय ६ जना स्वयंसेवक परिचालन गरिएको छ । स्वास्थ्य मन्त्रालयले खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आआफना बालबालिकालाई खोप लगाउन आव्हान गरेको छ । मन्त्रालयले खोपबाट ८५ प्रतिशतलाई दादुरा रुवेला रोगसँग लडने क्षमता विकास गर्ने जनाइएको छ । खोप लगाइसकेपछि कुनै कुनैलाई ज्वरो आउने रुघाखोकी आउने जस्ता समस्या देखिए आत्तिहाल्नु नपर्ने र त्यस अवस्थामा चेकजाँच गर्न आकस्मिक उपचार टोलीसमेत जिल्ला जिल्लामा गठन गरिएको जानकारी गराइएको छ । सरकारले सन २०१८ मा दादुरा रुवेलालाई नियन्त्रण गरे पनि निवारण गर्ने लक्ष्यकासाथ यसपटक खोप अभियान सन्चालन गर्न लागेको हो । २०२८ सम्म यस रोगको निवारण गर्ने उद्देश्य नेपाल सरकारले राखेको छ ।

सबैभन्दा ठूलो कुरा खोपको महत्व बुझनु हो । खोप निशुल्क पाइन्छ, खोप सुरक्षित छ, खोपले जीवनरक्षा गर्दछ । खोप ठूलो जनसमुहलाई सुरक्षित गर्ने साधन हो । प्रत्येक पाँचजना बालबालिकाको मृत्युमध्ये एकजनालाई खोपबाट बचाउन सकिन्छ । खोपले जीवन बचाउँछ । त्यसकारणले पनि नेपाल सरकारले बच्चाको लागि निशुल्क रूपमा वितरण गर्दै आएको खोप कार्यलाई निकै महत्वका साथ हेरि सम्पूर्ण अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाई बालबालिकाहरूलाई घातक रोगबाट बचाउनु अत्यन्तै महत्वपूर्ण कार्य मानिन्छ । नेपाल सरकारले निशुल्क रूपमा बालबालिकाहरूका लागि सन्चालनमा ल्याएको यो खोप कार्यक्रमबाट प्राप्त हुने खोपहरूलाई बाहिरी रूपमा किनेर प्रयोगमा ल्याउनको लागि हामी नेपालीहरूको क्षमता भन्दा अलि टाढाको बिषय भएको अर्थात हाम्रो क्षमताले भेटन नसक्ने हुनाले आफ्ना बालबालिकाहरूलाई विभिन्न घातक रोगहरूबाट बचाउन, लुलो, लंगडो, लठेब्रो, सुस्तमनस्थिति र बिक्षिप्त क्षमताबाट जोगाउन तथा बच्चाको शारिरिक, मानसिक, र सामाजिक र सम्बेगात्मक तथा पछि गएर कुनै असर नपरोस भन्नका लागि यी महत्वपूर्ण र निशुल्क रूपमा प्रयोगमा आएका नियमित रूपमा हरेक महिना सञ्चालनमा ल्याइएका खोपहरूलाई आफ्नो पायक पर्ने नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा आफ्ना बालबालिकाहरूलाई लगेर अनिवार्य खोप लगाऔं । भविष्यका कर्णधारको रूपमा रहेका बालबालिकाहरूको स्वास्थ्यलाई बचाऔं । आफ्ना बालबालिकाहरूको भविष्य उज्वल बनाऔं । अहिले चलेको दादुरा रुबेला खोप अभियानमा कुनै शंका नगरी ढुक्कले आफ्ना बालबालिकालाई खोप लगाउन सहयोग र हौसला प्रदान गरौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?