ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

किन हुँदैछ कर्णालीलाई डिजिटल बनाउने बहस् ?

१७ फाल्गुन २०८०, बिहीबार
१७ फाल्गुन २०८०, बिहीबार

सुर्खेत, १७ फागुन ।

कर्णाली सरकार गठनसँगै प्रदेशलाई अर्गानिक बनाउने नारासँगै अर्काे नारा पनि ल्याएको थियो प्रदेशलाई डिजिटल बनाउने । तर, विधि कारणले उक्त योजना कार्यान्वयनमा आउन सकेको थिएन । कर्णाली सरकारले महत्वकांक्षी योजनाल्यायो भनेर बेला बेलामा आलोचना समेत हुँदै आएको छ ।

नीतिगत तथा प्राविधक लगायत अन्य कारणले योजना पूरा हुन नसकेको डिजिटल कर्णाली बनाउने योजना पूरा हुन नसकेकाले यसपालि दुई दिनको बहस गरिन लागिएको कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए ।

‘कर्णालीलाई डिजिटल प्रदेश बनाउने उद्देश्यका साथ बहसको आयोजना गर्न लागेका छौ यसबाट हाम्रो एउटा निचोड पनि निस्कन्छ’ मन्त्री जिसीले भने, ‘कार्यक्रमपछि हामी प्रतिवे्दन पेस गर्नुका साथै प्रदेशको पञ्चवर्षीय योजनामा पनि समावेश गर्ने सोच बनाएका छौ ।’

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको आयोजनामा उक्त कार्यक्रम सुरु हुन लागेको हो । उक्त कन्क्लेभमा ४० भन्दा बढी विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहने कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री जिसीले जानकारी दिए ।

कर्णालीको डिजिटलाइजेसन र डेभलपमेन्ट थिममा केन्द्रित रहने कार्यक्रममा अन्य प्रदेशबाट पनि सम्बन्धित मन्त्री तथा सचिवहरूको उपस्थिति रहने बताइएको छ । कन्क्लेभमा चारवटा महत्वपूर्ण प्रस्तुति र ६ वटा प्यानल सेसनहरू रहेका छन् । डिजिटल कर्णालीको सोच र नेतृत्व विषयमा पूर्व मुख्यमन्त्रीहरूको पावर सेसन समेत हुने बताइएको छ ।

वीरेन्द्रनगरको सिद्धार्थ होटेलमा आयोजना हुने कार्यक्रममा पूर्व मुख्यमन्त्रीहरू र अन्य सरोकारवालाहरूको समेत सहभागिता रहने मन्त्री जिसीले बताए । यसैगरी कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही, विद्युतीय सुशासन आयोगका सिइयो दिपेश विष्टसँगै युएनडिपी, नेपाल दूरसञ्चार प्राधिकरण, पिएलजिएसपी र एसिया फाउन्डेसनको तर्फबाट कार्यपत्र प्रस्तुत रहनेछ । कार्यक्रममा कर्णाली प्रदेशको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, डिजिटल पहुँचलगायतका आइडियाहरू प्रस्तुत हुनेछन् । यसैगरी डिजिटल अर्थव्यवस्था र लगानीको वातावरण सम्बन्धमा प्रस्तुति र प्यानल सेसन सञ्चालन हुनेछ ।

पहिलो दिन उद्घाटन पछिको सत्रमा डिजिटल पूर्वाधार र कनेक्टिभिटी र डेटा, डिजास्टर र डेभलपमेन्ट विषयमाप्यानल सेसनहरू सञ्चालन हुनेछन् । दोस्रो दिनको पहिलो सत्रमा कर्णालीका लागि भइरहेका डिजिटल अभियान, आइडिया र प्रविधिको बारेमा केही प्रस्तुति रहनेछ । यस्तै स्थानीय, प्रादेशिक र संघीय स्तरमा डिजिटल नेतृत्व र सुशासनको सुदृष्टिकरण विषयमा प्रस्तुति र प्यानल सेसन सञ्चालन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?