ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

  प्रदिप, प्रनव, रितिक र निशान्त छैटौ बुटवल खुला राष्ट्रिय लनटेनिसको अन्तिम चारमा

शुक्रबार वुमन्स सिगल/डबल्स, मेन्स डबल्स, ३५ सिगल/डबल्स, ४५ सिगल/डबल्स, ५५ सिगल/डबल्स, ६५ प्लस सिगलका फाईनल खेल हुनेछन ।
१७ फाल्गुन २०८०, बिहीबार
१७ फाल्गुन २०८०, बिहीबार

बुटवल, १७ फागुन । रुपन्देहीमा जारी दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता २०८० को तेस्रो दिन सात विधाका सेमीफाईनल समिकरण खेलहरु सम्पन्न भएका छन । देविनगरस्थित लन टेनिस कोर्टमा विहिबार भएको मेन्स सिगलमा अन्तिम चारको टुगो लागेको छ । प्रदिप खड्काले आर्यन गिरीलाई ६–३, ६–४, प्रनव मानन्धरले प्रनव खनाललाई ६–१, ३–६, ६–३, निशान श्रेष्ठले आशिष खड्कालाई ६–१, ६–४ तथा रितिक रानाले सक्षम भुषण शाहलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन ।

यसैगरि मेन्स डबल्सको उपाधिका लागि सक्षम भुषण शाह र आर्यन गिरीको जोडी र आशिष खड्का र आयुषमान गुरुङको जोडी भिड्ने भएका छन । पहिलो सेमीफाईनलमा सक्षम भुषण शाह र आर्यन गिरीको जोडीले नेहालजंग थापा र प्रदिप खड्काको जोडीलाई ६–४, ६–३, दोस्रो सेमीफाईनलमा आशिष खड्का र आयुषमान गुरुङको जोडीले रितिक राना र निशान्त श्रेष्ठको जोडीलाई ६–२, ६–४ सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन ।

यसैगरि ३५ प्लस मेन्स सिगलमा अनिल शाहीले नबिन श्रेष्ठलाई ६–१, ६–२, सन्तोष खत्रीले सोम रानालाई ६–१, ६–१, कमल भण्डारीले राजन पौडेललाई ६–३, ६–०, सिमान्त गुरुङले सन्जय श्रेष्ठलाई ६–१, ६–३ को सेटमा जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेका छन ।

यसैगरि ३५ डबल्सको उपाधिका लागि सन्तोष खड्का र सन्जय श्रेष्ठको जोडीले सिमान्त गुरुङ र अनिल शाहीको जोडीसंग शुक्रबार उपाधि भिडन्त गर्ने छ । विहिबार भएको पहिलो सेमीफाईनल खेलमा सिमान्त गुरुङ र अनिल शाहीको जोडीले बिकास गुरुङ र पदम गुरुङको जोडीलाई ६–१, ६–१ तथा दोस्रो सेमीफाईनलमा सन्तोष खड्का र सन्जय श्रेष्ठको जोडीले राजन पौडेल र नबिन श्रेष्ठको जोडीलाई ७–६, ६–४, १०–३ को सेटमा जित निकाल्दै फाईनलमा प्रवेश गरेका हुन ।

यसैगरि ४५ प्लस मेन्स सिगलको उपाधिका लागि कलम भण्डारी र गोपी भट्टराईको बिचमा खेल हुन भएको छ । विहिबार भएको पहिलो सेमीफाईनलमा कमल भण्डारीले रोहित सुनुवारलाई ६–१, ६–० तथा गोपी भट्टराईले महादेव भण्डारीलाई ५–७, ६–३, १०–५ को सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन ।

यसैगरि ४५ डबल्समा गोपी भट्टराई र धर्मा लामिछानेले वाकओभर पाएर फाईनलमा प्रवेश गरेका छन । यसैगरि दोस्रो सेमीफाईलमा रोहित सुनुवार र जोली टार्जनको जोडीले हिमाल श्रेष्ठ र सुर्दशन भण्डारीको जोडीलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन ।
यसैगरि ५५ मेन्स सिगलको उपाधिका लागि चन्द्र शाही र राजु श्रेष्ठ भिड्ने भएका छन । विहिबार भएको पहिलो सेमीफाईनलमा चन्द्र शाहीले बिमल गुरुङलाई ६–२, ७–५ र दोस्रो सेमीफाईनलमा राजु श्रेष्ठले बिष्णु हमाललाई ६–०, ६–१ को सेटमा जित निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन ।
यसैगरि ५५ डबल्सको उपाधिका लागि बिमल गुरुङ र हिमाल श्रेष्ठको जोडीले लोक गुरुङ र धर्म लामिछानेको जोडी बिच फाईनल खेल हुने भएको छ । बिहिबार भएको पहिलो सेमीफाईनलमा बिमल गुरुङ र हिमाल श्रेष्ठको जोडीले सुर्दशन भण्डारी र शिव सेढाईको जोडीलाई ७–६, ६–३, १०–७ तथा दोस्रो खेलमा लोक गुरुङ र धर्म लामिछानेको जोडीले चन्द्र शाही र जोली टार्जनको जोडीलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन ।
यसैगरि ६५ प्लस सिगलको उपाधिका लागि मनोज राणा र ध्रुव गुरुङ बिच खेल हुने भएको छ । फाईनल खेल शुक्रबार हुने टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेले बताए । फागुन १५ देखि शुरु भएको प्रतियोगितामा ११ विधामा एक सय खेलाडीहरुले प्रतिस्पर्धा गरेको संघका सचिव सबर मियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?