ट्रेंडिंग:

>> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु

विश्व किर्तीमानधारी हरिबहादुरलाई सम्मानको ओइरो

१७ फाल्गुन २०८०, बिहीबार
१७ फाल्गुन २०८०, बिहीबार

रोल्पा,  १७ फागुन ।

मिरुल गाउँवाट एसएलसी पास गर्ने पहिलो व्यक्ति हुन् हरिवहादुर । एसएलसी परिक्षा दिएपछि उनी काम खोज्न काठमाण्डौ हानिए । उनले त्यहाँ केही समय ईटा वोके । उनी विगतलाई लज्जावोध हैन गौरव गर्नुपर्ने वताउँछन् । ११ वर्षको उमेरमा विवाह गरेका उनी जागिरको भोको थिए । कडा मेहनत पछि उनी वेलायती सेनामा त्यहाँ भर्ना भए ।

अहिले उनको परिचय वदलिएको छ । सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’(घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड वनाएका छन उनले ।

रोल्पाको थवाङ गाउँपालिका ३ मिरुलमा जन्मिएका थिए हरिवहादुर बुढामगर । उनले २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा सफल आरोहण गरेका थिए । सगरमाथा आरोहण गर्नुपूर्व उनले मोन्ट ब्लाङ्क (चार हजार आठ सय १० मिटर ) , चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँचहजार आठ सय ९५ मिटर) लगायतका हिमाल आरोहण गरेका थिए । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि बुढामगरको नाममा छ ।

मगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै भनेका थिए, “हामी सफल भयौँ । सफल आरोहणपछि स्याटलाइट फोनमार्फत बुढामगरले भने, “वास्तवमा मैले सोचेभन्दा धेरै गाह्रो थियो तर हामीलाई अगाडि बढ्नैपर्ने थियो । त्यसैले हामीलाई कुनै फरक परेन । जतिसुकै दुःख भएपनि अन्ततःहामी सफल भयौँ ।”

सानैदेखि सगरमाथा चढ्ने धोको थियो उनलाई । विश्वकै सवभन्दा अग्लो शिखर सगरमाथा चढ्नुपर्छ भन्ने बाल मनोविज्ञानले जीवित थियो । वेलायती सेनामा रहँदा पनि उनले सगरमाथा चढ्न चाहेका थिए, तर जागिर र समयले साथ दिएन । कृत्रिम खुट्टाको सहायताले उनले सगरमाथा आरोहण गरेका हुन । झण्डै पाँचवर्षको प्रयासपछि उनले सगरमाथाको सफल आरोहण गरेका थिए ।

हाल वृटिस गोर्खा वेलफेयरको एम्वेष्टर उनले १५ वर्ष व्रिटिस सेनामा विताएका थिए । लडाईको क्रममा विद्युतिय धरापमा परी उनले अफगानिस्तानमा सन् २०१० अप्रील १७ मा दुवै खुट्टा गुमाएका थिए । हाल लण्डनमा वस्दै आएका उनी सगरमाथा चढ्ने मात्रै हैन आफु जन्मेको गाउँठाउँको विकासमा समेत सहभागी हुने गरेका छन । उनले आफु जन्मेको मिरुल गाउँको शिक्षा क्षेत्र धेरै पछाडी परेको भन्दै त्यसको विकासका लागि अभियान समेत थालनी गरेका छन् ।

सिढी चढ्न पनि धौ धौ हुन्छ हुने वुढाले हिमाल चढ्ने आँट मात्रै गरेनन् सफल पनि भए । उनले भने, “मेरा दुई खुट्टा मात्रै त होनी गुमेको शरीरका अरु सवै अंग त म संगै छन नी ।” अपांगता भएका व्यक्तिहरु अवसर नपाएर पछाडी परेको उनको भनाई छ । उनीहरुले पढ्ने अवसर पनि पाएका छैनन् । पहिलेको जुनीमा के पाप गरेको थिए र म यस्तो भए भन्ने हिनतावोधमा वाँच्ने हैन । म पनि गर्न सक्छु भन्ने आत्मविश्वास लिएर काम गर्न अघि वढ्नु पर्ने वुढाको भनाई छ । अपांगता भएकाहरु मागेर मात्र खान्छन केही गर्न सक्दैनन भन्ने वुझाईलाई परिवर्तन गर्न चाहन्छु उनले भने । “अपांगतालाई हेपाहा र हेयको दृष्टिले हेर्नु हुदैन” उनले भने । “शरीरका एकाध अंगको दुर्वलतालाई केन्द्रमा राखेर हैन शरीरका अन्य धेरै सवलअंगहरुलाई केन्द्रमा राखेर अघि वढ्नु पर्छ” वुढाले भने ।

जीवन बाच्नका लागि मात्र हैन सानो भएपनि केही काम गर्ने सपनाले उनलाई चुप्प लागेर वस्न दिएन त्यसैले उनले जोखिमपूर्ण काम गर्ने आँट गरे र सफल पनि । उनले आफ्नो कामले पछिल्लो पुस्तालाई उत्प्रेरित गर्ने वताए । दुवै खुट्टा नभएको लाहुरेले पनि सगरमाथा चढेछ भनेर पछिल्लो पुस्ता उत्प्रेरित हवस वुढाले भने ।

खुट्टा गुमेपछि पनि हिमाल चढ्ने धोकोले छोडेन । नेपालमा आएर सगरमाथाको वारेमा धेरै कुरा अध्ययन गरे । दुवै खुट्टा र दुवै आँखा गुमेकाहरुलाई सगरमाथा चढ्न वन्देज थियो । त्यसका विरुद्ध न्यायका लागि उनले सर्वोच्च अदालत गुहारे । सर्वोच्च अदालतको फैसलाले सगरमाथा चढ्न पाउने भए संगै उनी सगरमाथा चढेका हुन् ।

अपांगता भएका व्यक्तिहरुलाई दयामाया भन्दा पनि कसरी सहयोग गर्ने र अवसर कसरी दिने भन्ने कुरामा सोच्नु पर्छ वुढाले भने । “अपांगता भएकाहरुलाई दया हैन अव सहयोग गर्नुस्” वुढाले भने । “दयाले मानिसलाई कमजोर वनाउँछ, संघर्षले शक्ति र हिम्मत दिन्छ त्यसकारण म हिम्मत गरेर हिमाल चढे”– वुढामगरले भने ।

लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगरले हरिबहादुर बुढामगर रोल्पा, रोल्पालीको मात्रै नभएर नेपाल र नेपालीको पनि गौरव भएको वताए । अव हरिवहादुर एउटा व्यक्ति नभएर रोल्पालीको सम्पत्ती भएको वताए । निरन्तरतको प्रयास र कडा मेहनतको प्रतिफल स्वरुप हरिवहादुरले सफलता हासिल गरेको प्रदेश सभा सदस्य पुनको भनाई थियो ।

अपांगता भएकाहरुलाई सशक्तीकरण अभियानकै शिलशिलामा आफुले सगरमाथा चढेको उनको भनाई छ । “अपांगताहरुको सशक्तिकरणका लागि उत्प्रेरण चाहिन्छ जुन मैले सगरमाथा चढेर दिएको छु”–उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?