ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

लुम्बिनीमा शिखर सम्मेलनः मुख्यमन्त्रीको स्वार्थमा शक्ति केन्द्रको चलखेल

लुम्बिनी प्रदेशलाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको चलखेल गर्ने खेल मैदान बनाउन खोज्नु नेपालको परराष्ट्र नीति विपरित देखिएको छ । मुख्यमन्त्रीले प्रदेशको क्षेत्राधिकार भन्दा बाहिर गएर अन्तर्राष्ट्रियस्तरको सम्मेलन लुम्बिनीमा गर्न लागेका हुन् ।
१७ फाल्गुन २०८०, बिहीबार
१७ फाल्गुन २०८०, बिहीबार

बुटवल, १७ फागुन ।

लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन मुख्यमन्त्रीको निजी स्वार्थमा हुन लागेको पाइएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले निजी स्वार्थमा सम्मेलन गर्न लागेको भन्दै सत्तारुढ दलभित्रै चर्को असन्तुष्टी देखिएको छ ।

तिब्बती धर्मगुरु दलाई लामासहित ९ जना अन्तर्राष्ट्रिय नोबेल पुरस्कार बिजेतालाई एकैपटक लुम्बिनी ल्याउने भनिए पनि चीनले चासो प्रकट गरेपछि लामा आउने कार्यक्रम भने रोकिएको छ । “सुरुमा दलाई लामासहित ९ जना नोबेल पुरस्कार बिजेता कार्यक्रममा आउने तय भएको थियो, तर चीनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई यसबारेमा चासो राखेपछि उनी नआउने भएका छन्”–मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो ।

यो शिखर सम्मेलनले नेपाल र चिनबिचको दुरी बढ्ने अवस्था आउने भन्दै कर्मचारी तहमै यसबारे बहस हुने गरेको छ । “चीनले नै प्रधानमन्त्री तहमा चासो राखेपछि सम्मेलनकै कारण दूरी बढ्छ कि भन्ने आशंका उब्जिएको छ”–मुख्यमन्त्री कार्यालय स्रोत बताउछ ।

लुम्बिनी प्रदेशलाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको चलखेल गर्ने खेल मैदान बनाउन खोज्नु नेपालको परराष्ट्र नीति विपरित देखिएको छ । मुख्यमन्त्रीले प्रदेशको क्षेत्राधिकार भन्दा बाहिर गएर अन्तर्राष्ट्रियस्तरको सम्मेलन लुम्बिनीमा गर्न लागेका हुन् । मुख्यमन्त्री चौधरी यसअघि व्यक्तिगत काम भन्दै बिना कुनै जानाकरी २ पटक बैदेशिक भ्रमणमा गएका थिए । उनी गत कात्तिकको तेस्रो साता संघीय सरकारबाट भ्रमण स्वीकृत गराएर निजी भ्रमणका लागि भन्दै एक्लै अमेरिका गएका थिए । त्यसअघि उनी भारत भ्रमणमा गएका थिए । पटकपटको बैदेशिक भ्रमणले चौधरीमाथि शंका उब्जिएको कतिपय कर्मचारीहरु बताउँछन् । चौधरीले भारत र अमेरिका भ्रमण गरेपछि शिखर सम्मेलनको तय भएको हो ।

सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले संघीय सरकारले गर्नुपर्ने शिखर सम्मेलन प्रदेश सरकारले गर्नु आफ्नो क्षेत्राधिकार भन्दा बाहिर हुने बताए । “यो संघीय सरकारले गर्नुपथ्र्यो, क्षेत्राधिकार भन्दा बाहिर गएर प्रदेश सरकारले किन गर्न लागेको हो, यसबारे सत्तारुढ दलबीचमा छलफल समेत भएको छैन”–उनले भने । दलाई लामा आउने तय भएपछि चीनले प्रधानमन्त्रीसँग चासो राखेको र त्यसपछि लामा आउने कार्यक्रम रद्ध भएको आफूले सुनेको उनले बताए ।

प्रदेशसभाको प्रमुख विपक्षी दल एमालेले पनि यो सम्मेलनप्रति असन्तुष्टी जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले यो सम्मेलन आफू निकटका व्यक्तिलाई बजेट बाँड्नका लागि आयोजना गरिएको र यसले प्रदेशलाई केही फाइदा नगर्ने दावी गरे । “आफ्ना मान्छेलाई खुशी बनाउनका लागि यो सम्मेलन गर्न लागिएको हो”–उनले भने ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता प्रदेश सचिव निराजन घिमिरेले यो सम्मेलनले चीनसँगको दूरीमा असर नगर्ने बताए । “सरकारले लुम्बिनीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनका लागि समेत यस्ता सम्मेलन आवश्यक छ, यसले अन्तर्राष्ट्रिय स्तरमा लुम्बिनीको पहिचान स्थापित हुन्छ”–उनले भने ।

प्रदेश सचिव सुमन घिमिरेले सम्मेलनको आन्तरिक तयारी तीव्र पारिएको जानकारी दिए । “तिब्बती धर्मगुरु दलाई लामा सम्मेलनमा आउने कार्यक्रम छैन, सम्मेलनका लागि आन्तरिक तयारीका कामहरु भैरहेका छन्”–उनले भने । तर उनले भनेजस्तो सम्मेलनका लागि विवाद हुने देखेर प्रचारात्मक काम नगरिएको स्रोत बताउँछ । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले भने यो सम्मेलन मुख्यमन्त्रीको निजी स्वार्थमा नभई सरकारकै योजनामा गर्न लागिएको दावी गरे ।

मार्च १० लाई मध्यनजर किन ?

सन् १९५९ को मार्च १०–१७ सम्म चलेको चिनियाँ सैनिकसँगको असफल विद्रोहपछि तत्कालीन तिब्बतका राजनीतिक प्रमुख समेत रहेका लामा भारतमा पुगेका हुन् । त्यसपश्चात हरेक वर्ष मार्च १० तारिखका दिनमा तिब्बतीयन शरणार्थीहरुले मुक्ति दिवसका रुपमा उत्सव मनाउने गरेका छन् । नोबेल शान्ति पुरस्कार पाएका लामालाई चीनले भने ‘खतरनाक विभाजनकारी’ भन्दै आएको छ । चीनले सन् १९५० मा तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएको थियो । उसले दलाई लामालाई पृथकतावादी नेता मान्दछ ।

यसै दिनलाई मध्यनजर गरी नेपालको शान्तिभूमि लुम्बिनीमा दलाई लामाको उपस्थित सहितशिखर सम्मेलन तय गरिएको थियो । तिब्बत र चिनबिचको घमासमन युद्धपछि एक अर्काको दुश्मनी बनेका दलाई लामाको उपस्थितिले लुम्बिनीमा हुने शिखर सम्मेलनले नेपाल र चिनबिचको दूरी बढ्ने देखिन्छ । मार्च १० लाई स्वतन्त्रता दिवसको रुपमा दलाई लामाले मान्दै आएका छन् ।

सोही दिनको अबसर पारेर लुम्बिनीमा ‘लौरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ गर्ने तयारी किन गरियो भन्ने सर्वत्र चासोको बिषय बनेको छ । यो अन्तर्राष्ट्रिय गैरिसरकारी संस्था हो, यसको मुख्य कार्यालय भारतमा र सम्पर्क कार्यालय अमेरिकामा रहेको छ भने जसको संचालक भारतीय कैलाश सत्यार्थी हुन् । जो दलाई लामाका निकट व्यक्ति पनि हुन् । सन २०१६ मा पहिलो पटक प्रणव मुखर्जीले भारतको दिल्लीस्थित राष्ट्रपति भवनमा यो सम्मेलन गरेका थिए ।

सन् २०१८ दोस्रो शिखर सम्मेलन जोर्डनको राजधानी ओमनमा सन् २०२० मा भर्चुअल मार्फत गरिएको थियो । ती कार्यक्रममा दलाई लामा उपस्थित भएका थिए । नेपालमा हुने चौथो सम्मेलनमा पनि उनको उपस्थिति हुने तयारी थियो । तर चीनको ईन्क्वाईरी पछि लामाले एकाएक नेपाल भ्रमण स्थगित गरे । सोही शिखर सम्मेलनको लागि संघ सरकारको मन्त्रीपरिषदबाट निर्णय हुनु पर्ने प्राबधान रहेको कारण निर्णय भएर कार्यक्रमको तयारी चलिरहेको छ ।

मार्च १० लाई लक्षित गरी चीनविरोधी गतिविधि गर्ने सूचना पाएपछि सम्मेलन बारे चीनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ईनक्वाईरी गरेको थियो । त्यस पश्चात दाहालले पश्चाताप गर्दै आफु चुकिसकेको स्बीकार गरेको स्रोतले बतायो । अन्तिम विकल्पमा दाहालले कार्यक्रम समय अघिपछि गर्न सक्ने निर्णय गरेका हुन । सोही निर्णय अनुसार फागुन २८ र २९ अर्थात मार्च (११–१२) मा कार्यक्रम तय भएको छ । यसअघि फागुन २७, २८ र २९ अर्थात मार्च (१०, ११ र १२) गरी तीनदिने कार्यक्रम तय भएको थियो ।

लुम्बिनी प्रदेश सरकारको आयोजनामा रुपन्देहीको लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लौरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ संघ सरकारले गर्नुपर्ने थियो । तर मुख्यमन्त्रीको निजी स्वार्थका लागि गर्न लागिएको सम्मेलनमा लुम्बिनी प्रदेश सरकारले ६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । सम्मेलनमा अमेरिकामा कार्यालय रहेको लिडर्सको स्टेरिङ कमिटीमा सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित ९ जना रहेका छन् । उनै सत्यार्थीले यो सम्मेलनको संयोजन गरिरहेका छन् । उनी पनि नोबेल बिजेता दलाई लामाका निकट व्यक्ति हुन् ।

मुख्यमन्त्री कार्यालयका सचिव एवं सोही कार्यक्रमका प्रदेश संयोजक सुमन घिमिरे हुन् । संघीय सरकारका परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सदस्य रहेको १३ सदस्यीय उच्चस्तरीय समन्वय समिति समेत गठन गरिएको प्रदेश सचिव सुमन घिमिरेले बताए । मुख्यमन्त्री चौधरीको संयोजकत्वमा निर्देशक समिति, प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीको संयोजकत्वमा स्रोत समन्वय तथा सहजीकरण समिति, गहृमन्त्री सन्तोषकुमार पाण्डेयको अध्यक्षतामा सुरक्षा समिति, पर्यटन विकास परिषद्का कार्यकारी निर्देशकको संयाजकत्वमा अतिथि सत्कार आवास समिति, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुखको संयोजकत्वमा यातायात व्यवस्थापन समिति, गृह मन्त्रालय सूचना तथा सञ्चार मन्त्रालयका उपसचिवको संयोजकत्वमा सञ्चार तथा प्रचारप्रसार समिति गठन गरिएको छ । विश्वकै प्रतिष्ठित नोबेल शान्ति पुरस्कार विजेताहरूको संयोजन उनै भारतका कैलाश सत्यार्थीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?