ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

तुलसीपुरमा आधुनिक बधशाला निर्माणकालागि छलफल

१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार

दाङ, १६फागुन ।

तुलसीपुर उपमहानगरपालिकाले आधुनिक बधशाला निर्माणका लागि प्रारम्भिक चरणको छलफल सुरु गरेको छ । उपमहानगरपालिकाले पश्चिम क्षेत्रका चार पालिका (तुलसीपुर, शान्तीनगर, दंगीशरण र बबई) को सहकार्यमा बधशाला निर्माणका लागि पालिकास्तरीय छलफल गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा पालिकाले निर्माण गर्न थालेको औद्योगिक ग्राम निर्माण स्थलभित्रै बधशाला बनाइने बताए । उनले स्वस्थ मासु खान पाउने उपभोक्ताको अधिकार सुनिश्चित गर्नका लागि उपमहानगरपालिकाभित्र आधुनिक बधशाला अनिवार्य रहेको बताए । उनले तीन तहकै सरकार, व्यवसायी र पशुपालक किसानसँगको संयुक्त सहकार्यमा बधशाला निर्माण गरिने बताए । नगरप्रमुख खड्काले बधशालाका लागि आवश्यक पर्ने पूर्वाधारको व्यवस्था गरिने बताए ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले आधुनिक बधशाला निर्माणका लागि पालिका सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । उनले पालिकाका ग्रामीण क्षेत्रमा रहेको र अधिकांश पशुपालक किसान रहेकाले बजारका लागि आधुनिक बधशाला अनिवार्य रहेको बताए । तुलसीपुरका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले बधशाला निर्माणका लागि प्रक्रिया अघि बढाउनुपर्ने र त्यसमा मासु व्यवसायीहरुको समेत प्रत्यक्ष संलग्नता भए कार्यान्वयन गर्न सहज हुने बताए ।

लेखा समितिका संयोजक घनश्याम ढकालले बजार क्षेत्र बढ्दै गएकाले तीनै तहका सरकारले आधुनिक व्यवस्थित बधशाला अनिवार्य रहेको बताए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष शिवानन्द डाँगीले आधुनिक बधशाला निर्माणसँगै नजिकका जिल्ला र कर्णाली प्रदेशमा समेत मासु निर्यात गर्न सकिने बताए ।

बधशाला निर्माणका लागि प्राविधिक सहयोग गर्दै आएको हेफर इन्टरनेशनल नेपालका निर्देशक तीर्थराज रेग्मीले यस क्षेत्रमा मात्रै सात हजार बढी व्यवसायिक रुपमै पशुपालक किसान रहेको बताए । उनले करिब साढे सात करोडको लागतमा प्रारम्भिक चरणमा खसी बधशाला निर्माण गर्न सकिने बताए ।

संस्थाले बधशालाको विस्तृत अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, बधशालामा राखिने उपकरणको प्राविधिक सहयोग गर्ने बताइएको छ । बधशालामा शुरुमा खसी बधको काम अघि बढाइनेछ । लुम्बिनी प्रदेशमा बुटवल उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले अत्याधुनिक बधशाला निर्माण गरिसकेका छन् । सार्वजनिक, निजी, उत्पादक साझेदारीको संयुक्त लगानीमा बधशाला निर्माण गरिनेछ ।

दाङको पश्चिम क्षेत्रमा अत्याधुनिक बधशाला नहुँदा नागरिकहरु अस्वस्थकर मासु खरिद गर्न बाध्य भएका छन् । विज्ञका अनुसार अत्याधुनिक बधशालामा काटेको निरोगी पशुका मासु गुणस्तर परीक्षण गरी कम्तीमा माइनस १० डिग्री सेल्सियसको तापक्रममा २४ घन्टा डिप फ्रिजमा राख्नुपर्दछ ।

यसरी विधि प्रक्रिया पु¥याएको मासु मात्रै स्वास्थ्यका लागि हितकारक मानिन्छ । वि.सं २०५५ मा बनेको पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयन नहुँदा उपभोक्ताहरु दूषित मासु खान बाध्य छन् । फोहर र दूषित मासुमा साल्मोनेला, इकोलाई जस्ता मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने जीवाणु हुने गर्छ । यसले गर्दा पशुबाट मानिसमा रोग सर्ने र स्वास्थ्यमा असर पार्ने खतरा हुन्छ । अध्ययनबाट मानिसमा सर्ने रोगमध्ये ७५ प्रतिशतको कारण पशुपक्षी र तिनका मासु नै भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?