ट्रेंडिंग:

>> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

अर्थमन्त्रीले गरे महेशपुर भन्सारको निरीक्षण, राजश्व संकलन वृद्धि गर्न निर्देशन

एक्जीम कोड र प्लान्ट क्वारेन्टाईनको व्यवस्था गर्ने प्रतिवद्धता
१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार

सुनवल, १६ फागुन ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले पश्चिम नवलपरासीको मूल भन्सार, महेशपुर भन्सार नाकाको स्थलगत निरीक्षण गरेका छन् । नेपाल र भारतको सिमावर्ती क्षेत्र महेशपुरको स्थलगत निरीक्षणपछि मन्त्री महतले महेसपुर भन्सार कार्यालयको राजश्व संकलनको अवस्थाका विषयमा जानकारी लिएका हुन् ।

भन्सार कार्यालयबाट अपेक्षित रुपमा राजश्व संकलन हुन नसकेकाले राजश्व संकलनको अवस्था सुधार गर्न मन्त्री महतले कर्मचारीहरुलाई निर्देशन समेत दिए । सिमावर्ती क्षेत्रबाट हुने चोरी निकासी नियन्त्रण गरी प्रहरी प्रशासनसंगको समन्वयमा भन्सारको राजश्व सकंलन वृद्धि गर्न उनले निर्देशन दिएका हुन् । सो क्रममा अर्थमन्त्री महतले महेशपुर भन्सारको पूर्वाधार विकासका लागि छिट्टै प्रक्रिया अगाडि बढाउने बताउँदै महेशपुर नाकाबाट सुरु भएको सडक विस्तारको कार्यका लागि पनि बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

साथै महेशपुर भन्सारमा आवश्यक एक्जिम कोड, प्लान्ट क्वारेन्टाईनको लगायतका आवश्यक व्यवस्था गर्ने पनि मन्त्री महतले प्रतिवद्धता व्यक्त गरे । सो क्रममा भन्सार कार्यालयका प्रमुख वुद्धिकुमार चुँडालले भन्सारमा प्लान्ट क्वारेन्टाईन लगायतका पूर्वाधार अभावका कारण लक्ष्य अनुरुपको राजश्व संकलन हुन नसकेको बताएका थिए । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले सबै पक्षसंगको समन्वयमा सिमावर्ती क्षेत्रमा निगरानी बढाई सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको बताए । सो क्रममा पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कंडेल, प्रदेश सभा सदस्य वैजनाथ कलवार, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी लगायतले भैरहवा भन्सारमा भएको बढ्दो चाप नियन्त्रण गर्न महेसपुर भन्सारको पूर्वाधार विस्तार गर्नुपर्नेमा अर्थमन्त्रीको ध्यानार्कषण गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?