ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

युनिग्लोब कलेज : व्यवस्थापन शिक्षामा उत्कृष्ट गन्तव्य

१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार

बुटवल, १६ फागुन ।

पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेको काठमाडौं नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज नेपालको व्यवस्थापन शिक्षामा उत्कृष्ट अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान र रोजगारमुखी जनशक्ति उत्पादन गर्ने शैक्षिक सस्थाको रुपमा स्थापित भएको छ ।

यो कलेजमा बि.बि.ए, वि.वि.ए.बि.आई बैंकिङ र इन्सुरेन्स एम.बि.ए र एम.बि.ए (फाइनान्स) शैक्षिक कार्यक्रमहरू सन्चालनमा छन् । सन २००९ मा स्थापित यो कलेज १५ वर्षे यात्रामा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजमध्ये नेपालभरमै उत्कृष्ट नतिजा ल्याई २१ जना विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेको कलेजले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कलेजका प्रवन्ध निर्देशक तथा प्रिन्सिपल नरबहादुर विष्टले जानकारी गराए ।

त्यस्तै उनका अनुसार सन् २०१८, २०१९ र २०२२ मा उत्कृष्ट व्यवस्थापन कलेजको रूपमा पुरस्कृत पनि भइसकेको छ । कलेजका प्रिन्सिपल डा. नरबहादुर विष्ट युएईको दुबईमा आयोजित कार्यक्रममा उत्कृष्ट पिन्सिपलको रुपमा सम्मानित भएका छन् । उच्च शिक्षामा विशिष्ट पहिचान बनाएका डा. खगेन्द्रप्रसाद ओझा, डा. गंगाधर दाहाल, डा. नरबहादुर विष्टले सञ्चालन गरेको यो कलेजमा स्वदेशमा मात्रै नभई विदेशमा समेत ख्याती प्राप्त अनुसन्धानमुखी कृतिका विद्वान प्रा.डा. राधेश्याम प्रधानको प्रत्यक्ष मार्गदर्शन रहेको छ ।

कलेजले हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलन गर्ने र अहिलेसम्म १२ वटा अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको जनाएको छ । त्यस्तै ३५ भन्दा बढी विदेशी विश्वविद्यालयसंग सम्झौता रहेको छ । त्यसैगरी ४७ भन्दा बढी अन्तर्राष्ट्रिय प्राध्यापकहरुले कलेजमा अध्यापन गरिसकेका छन् भने ३५० भन्दा बढी विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन तथा अनुसन्धानमुलक कार्यका लागि विदेश भ्रमण गरेका छन् । यस्ता गतिविधिका कारण कलेजको अन्तर्राष्ट्रिय छवि पनि उच्च रहेको उहाँले जानकारी गराए ।

कलेजले उद्यमशिलता विकासलाई पनि जोड दिएको जनाएको छ । कलेजमा अध्ययन गर्ने विद्यार्थीको उद्यमशिलता विकासको लागि कलेजमा विजिनेस इन्क्वेसन सेन्टर, फाइनान्स ल्याब र कम्युनिकेसन ल्याब समेत स्थापना गरिएको र नियमित व्यवस्थापन तथा उद्यमशीलता मेला, एक दर्जन भन्दा बढी सीप विकासमूलक तालिमहरु र व्यक्तित्व विकासको लागि कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको जनाएको छ ।

कलेजमा हालसम्म २ हजार ५५० भन्दा बढी दक्ष जनशक्ति उत्पादन भएको र उत्पादित जनशक्ति प्रतिष्ठित प्रतिष्ठानमा रोजगार तथा स्वरोजगार गरिरहेको पनि उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?