ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

बौद्ध शिक्षाभित्रको कल्याणकारी अर्थशास्त्र

१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार

अर्थशास्त्री पिगुले यसलाई समाजमा मानिसहरूले प्राप्त गर्ने उपयोगिताको कूल योगफल मानेका छन् । आधुनिक अर्थशास्त्री परेटोले भने यसलाई उत्पादन एवम् विनिमयका माध्यमले समाजमा रहेका मानिसहरूले प्राप्त गर्ने कल्याणसँग जोडेका छन् । उनले उत्पादन गर्ने क्रममा साधन र स्रोतको उच्चतम् प्रयोग गरी यसलाई खेर जान नदिने ढङ्गले उपयोग गर्नु पर्दछ भन्ने मान्यता राख्दछन् । त्यतिमात्र होइन उनले वितरणको सन्दर्भमा जबसम्म एक व्यक्तिको सन्तुष्टी वृद्धि गर्दा अर्काे वस्तुको सन्तुष्टिमा कमी ल्याउनु पर्दैन, तबसम्म विनिमयलाई निरन्तरता दिई समग्रमा सन्तुष्टी अधिकतम गराउन सकिन्छ भन्ने मान्यता राखेका छन् । अर्काेतिर बुद्धले दिनुभएको शिक्षामा बहुजन हिताय र बहुजन सुखायको अवधारणा रहेको पाइन्छ, जुन कल्याणकारी अर्थशास्त्रको मूल मर्म हो । यस प्रकार अधिक मानिसको सुख (सन्तुष्टी) लाई प्राथमिकता दिएको हुँदा बुद्धका विचारहरू कल्यांणकारी अर्थशास्त्रसँग नजिक रहेका छन् भन्न सकिन्छ ।

बुद्धले बुद्धत्व प्राप्तिपछि पैतालीस वर्षसम्म विभिन्न स्थानमा पुगेर जे जस्ता उपदेशहरू दिनुभयो । तिनीहरूलाई मूलरूपमा तीन भागमा विभाजन गरेर हेर्न सकिन्छ । सर्वप्रथम सामाजिक कार्यका लागि समुदायलाई दिइएका उपदेश । दोस्रो भिक्षुगणलाई दिइएका उपदेश । तेस्रो शासन व्यवस्था संचालन गर्ने शासकहरूलाई दिइएका उपदेश । वास्तवमा यी सटै क्षेत्रका लागि दिइएका उपदेशहरूको सार लोककल्याण अर्थात बहुजन हित र बहुजन सुखका लागि भएको देखिन्छ । बुद्धका उपदेशहरूलाई विश्लेषण गर्ने हो आधुनिक लोककल्णकारी व्यवस्थाका चरित्रहरूसँग मेल खाने खालका देखिन्छन् । जसले गर्दा बौद्ध विचारहरू कल्याणकारी राज्य स्थापनाको पक्षमा रहेको मान्न सकिन्छ । बुद्धले ४५ वर्षसम्म मानव जगतलाई उपदेश दिँदै सक्रिय रूपमा विताउनु भयो । त्यतिमात्र होइन, आफ्ना भिक्षुहरूलाई संघ निर्माण गरी मानव समाजमा बौद्ध शिक्षा प्रचार प्रसार गरी मानव कल्याणका लागि निर्देशित गर्नु भयो । त्यसैले पनि बौद्ध शिक्षा कल्याणकारी अर्थशास्त्रको जग निर्माणमा महत्वपूर्ण छ भनी अनुमान गर्न सकिन्छ । आर्थिक दौडमा जित्नेले धेरै प्राप्त गर्ने र दौडमा उत्कृष्ट नहुनेले प्राप्त गर्न सक्दैन भन्ने पश्चिमा अर्थशास्त्रीय चिन्तन छ । उनीहरूको मतमा समतामूलक समाजको परिकल्पनाको कुनै अर्थ छैन र यो फगत भ्रम मात्र हो । तर, बौद्ध शिक्षा यसको ठीक विपरीत छ । बौद्ध विचारमा भौतिक सुख सुबिधाभन्दा सम्पुर्ण मानवलाई समट्ने समतामुलक सुबिधालाई जोड दिइन्छ । यसमा मानव–मानब बिचको असमानताको समुल नष्टगर्ने कुरामा जोड दिइन्छ । जसले गर्दा लोककल्याणकारी अर्थशास्त्रको जिम्मेवारी पूरा गर्न सहयोग पुग्दछ । बुद्धले भोकलाई सबैभन्दा ठूलो रोग मान्नु भएको छ । त्यसैले उहाँ मानिसको आर्थिक क्रियाकलाप आफ्नो र अरूको भोक निवारणतर्फ परिलक्षित हुनुपर्ने तर्क गर्नु हुन्छ । वास्तवमा तत्कालीन परम्परावादी समाजमा “जिघच्छा परमा रोगा”, “आरोग्य परमा लाभा” जस्ता कालजयी देशना दिएर मानव कल्याणको मार्ग प्रसस्त गर्नु भएको थियो ।

कल्याणकारी राज्यमा अवसरहरूको समान वितरण आवश्यक हुन्छ । यस्तो वितरणले समाजलाई सन्तुलित रूपमा अगाडि बढाउन उत्प्रेरणा दिन्छ । तर, यसको विपरीत नागरिकलाई असमान व्यवहार गरियो भने त्यसले जनतामा अनेक किसिमका अकुशल कर्महरू गर्न बाध्य पार्दछ । समाजमा चोरी बढ्छ । मानिसहरू झुठो बोल्न थाल्छन् । ठग्ने प्रवृत्ति बढ्दै जान्छ । किनकि भोको पेट भर्न मानिसले गलत बाटो पनि अपनाउन सक्दछ । त्यसैले बुद्ध भेकलाई मानिसको ठूलो रोग मान्नु हुन्छ र यसको मूल कारण गरिबी मान्नु हुन्छ । अतः बुद्ध सबैभन्दा पहिले गरिबी हटाउनुपर्ने सुझाउनु हुन्छ । वास्तवमा बुद्धले भने जस्तै कल्याणकारी अर्थशास्त्रले गरिबी र असमानताको अन्त्यको लक्ष्य लिएको हुन्छ । अतः बुद्ध शिक्षाहरूमा कल्याणकारी अर्थशास्त्रको छनक पाउन सकिन्छ । बुद्धले ‘व्याघपज्ज सुत्त’मा मानिसमा आर्थिक सम्पन्नता ल्याउन उन्नति कल्याण सम्बन्धि चार वटा सर्तहरू उल्लेख गर्नु भएको छ । (१) दृढता पूर्वक प्रयत्न (उत्थान सम्पदा), (२) जागृतपना (आरक्ष सम्पदा), (३) असल संगत (कल्याण मित्त) र (४) सन्तुलित जीविका (सम जीविका) । आजभन्दा पच्चीस सय वर्ष पहिले बुद्धले यस्तो उपाय दिएर कल्याणकारी अर्थशास्त्रको बलियो दृष्टिकोण प्रस्तुत गर्नु भयो । यसलाई बौद्ध शिक्षाभित्रको महत्वपूर्ण कल्याणकारी अर्थशास्त्रीय अवधारणा मान्न सकिन्छ ।

वर्णव्यवस्था र जातिवादलाई प्रश्रय दिइरहेको तत्कालीन वैदिक समाजमा बुद्धले यस्तो व्यवस्थालाई अन्धविश्वांसको संघ्या दिएर समानताको शिक्षा दिनुभयो । सुत्तनिपातमा बुद्धले जन्मका कारण कोहि पनि ठुलो सानो हुदैन भनी आफ्नो धारणा प्रष्ट पार्नु भएको छ । कालो, गोरो, जातपात, धनीगरीब र सबै जातका लागि बुद्धले समान व्यवहार देखाउनु भयो । भिक्षु संघमा विभेदलाई पूर्ण रूपमा निस्तेज पार्नु भयो । महिलालाई समेत समान अवसर दिएर बुद्धले तत्कालीन रुणीवादी समाजमा पनि आधुनिक र कल्याणकारी राज्यको अधार खडा गर्नु भयो । विभेदरहीत शिक्षाकै कारण तत्कालीन समाजमा धेरैले बुद्धको शिक्षालाई अनुशरण पनि गरे । दीघनिकायको कुटदन्त सुत्तमा बुद्धले समाजमा अपराध घटाउन निम्न आय भएका व्यक्तिहरूको आर्थिक उन्नति गर्नुपर्ने सुझाउनु भएको छ । त्यसैगरी कुटदन्त सूत्रमा राज्यले अपराधीहरूलाई सजाय दिएर होइन उनीहरूको गरिबीलाई हटाई आर्थिक सुधार गर्ने दिशामा काम गर्नुपर्ने अवधाराणा उल्लेख गरिएको छ । यसले बुद्ध शिक्षा समाज सुधारको पक्षमा मात्रै होइन कि बरु लोककल्याणकारी राज्यका पक्षपातीको रूपमा उभिएको कुरा प्रष्ट पार्दछ । बुद्धका अनुसार राज्यले व्यापारी व्यवसायीहरूका लागि पुँजी र समानहरू उपलब्ध गराउनु पर्दछ । साथै मजदुरी गर्नेहरूका लागि उचित ज्याल दिने व्यवस्था गर्नु पर्दछ । त्यसैगरी कृषकहरूका लागि बिउ, खानका लागि भात वेतन, खेतमा काम गर्दा चाहिने अन्य सरसामान उपलब्ध गराउनु पर्दछ । यस्तो गर्न सके मात्र राज्यको उत्पादन बढ्छ । यसले सबैको आय बढ्न गई सन्तुष्टी पनि बढ्दछ । बौद्ध शिक्षामा उल्लेखित यस्तो धारणा पनि कल्याणकारी अर्थव्यवस्थाकै पक्षमा रहेको मान्न सकिन्छ । बुद्धले व्यक्तिलाई आत्मनिर्भर बनाउने विषयमा उपदेश गर्नु भएको छ । आफ्ना लागि आफै प्रकाश बन्नुपर्ने कुरा सुझाउनु भएको छ । सिंगालोवाद सूत्रमा छोराछारीलाई शिल्पविद्या सिकाउनुु बाबु आमाको कर्तव्य मानिएको छ । व्यक्तिले आफूमा भएको अल्छीपना त्यागेर आत्मनिर्भर बन्नसक्ने बुद्धको राय छ । आलस्यले मानिसलाई प्रगति गर्न नदिने उहाँको तर्क छ ।

बुद्धले आर्यअष्टाङ्गिक मार्गमा सम्यक आजिवीकाको रूपमा उल्लेख गर्नु भएको छ । यसमा व्यवसायीहरूलाई मित्थ्या आजीविकाबाट टाढा रही ठीक तरिकाले कमाएर आजिवीका गर्नुपर्ने कुरा सुझाइएको छ । बौद्ध शिक्षामा मैत्री र करुणालाई निकै महत्व दिइन्छ । चाहे उपभोग होओस् वा उत्पादन । सबै आर्थिक क्रियाकलापमा मैत्री र करुणालाई पनि ख्याल गरियो भने कल्याणकारी राज्यको निर्माण गर्न सहज हुन्छ । यस अर्थमा बौद्ध शिक्षाभित्र कल्याणकारी अर्थशास्त्रको अवधारणा रहेको मान्न सकिन्छ । बुद्धको प्रतीत्यसमुत्पाद सिद्धान्तले कार्य कारण सम्बन्धको व्याख्या गरेको छ । संसारमा घटित हरेक घटनाको कुनै न कुनै कारण हुन्छ र ब्रमाण्डका हरेक चिज वा जीवहरू आपसमा अन्तर सम्बन्धित हुन्छन् । त्यसैले आफ्नो उन्नति ख्याल गर्दा अरूको अवनति हुनु हुँदैन । बरु अरूको पनि उन्नतिको ख्याल गर्नु पर्दछ । यो सिद्धान्तले मानव समाजको परम्परावादी र व्यक्तिवादी दृष्टिकोणमा परिवर्तन गरी समग्र बुझाइको स्तर बढाउन र फराकिलो पार्न प्रोत्साहित गर्दछ । कल्याणकारी अर्थशास्त्रले अन्तरनिर्भरताको विचारलाई समेटेर व्यक्ति र बृहत् इकोसिस्टम दुवैको कल्याणलाई सम्बोधन गर्ने नीतिहरू विकास गर्न सक्छ । कुनैपनि देशको कूल ग्राहस्थ्य उत्पादन बढेको छ वा आर्थिक वृद्धि तीब्र छ भन्दैमा त्यहाँका जनताको आर्थिक उन्नति भएको छ भनी मान्न सकिँदैन । गरिबी र आय असमानता नघटाएसम्म जनताको कल्याणमा वृद्धि गर्न नसकिने हुँदा त्यस्तो आर्थिक वृद्धिले कुनै पनि अर्थ राख्दैन । अतः बौद्ध शिक्षालाई व्यवहारिक रूपमा कल्याणकारी अर्थशास्त्रको अवधारणा लागू गर्नमा प्रयोग गर्ने हो भने त्यसबाट मुलुक समृद्ध र सुखी बन्ने कुरालाई नकार्न सकिँदैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?