ट्रेंडिंग:

>> एसीसी प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य >> लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत, पक्षमा ४८,विपक्षमा २८ , राप्रपा र लोसपा तटस्थ >> संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस >> ‘बा–आमासँग नगरप्रमुख’ कार्यक्रमको प्रभावकारिता बढ्दै >> गाउँपालिकाको अनुदानमा खेतबारी जोत्ने आधुनिक उपकरण >> वर्षको अन्तिम दिन,सुनको भाउमा नयाँ रेकर्ड >> म्यानमारमा सैन्य कुपछि ह्वात्तै बढ्यो गरिबी दर >> बाजुरा केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प >> वाणिज्य बैंकहरूले घटाए ब्याजदर >> एसीसी प्रिमियर कप : नेपाल मलेसियासँग भिड्दै >> लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने >> कोरियामा देखेको कफीले जव प्रेमको ध्यान मोड्यो…! >> देश बचाउन कांग्रेस–एमाले मिलौंः डा. शेखर कोईराला >> पशु बधशालाः १५ वर्षदेखिको सपना पूरा हुँदै >> विद्यार्थीहरूलाई जोडौं भर्ना अभियानमा >> उजाडिएका गाउँघरमा छरौं– आशाको सुनौलो किरण >> पर्यटन केन्द्र बन्दै ‘गौतमबुद्ध राष्ट्रिय उद्यान’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सत्ता समिकरणमा प्वाल पारेर नेपाली कांग्रेस सत्तामा आउन चाहान्छ: पौडेल >> गुल्मीको हिमालय आधारभूत विद्यालयमा दिवाकर पन्थीले गरे टीकाराम गुरु स्मृति अक्षयकोष स्थापना >> हरेक परिवर्तन एमालेको विचारबाट निर्देशित : पद्मा अर्याल >> ठुलाखर्क सेवा समाज रूपन्देहीद्वारा भित्तेपात्रो विमोचन >> ‘सफा हिमाल अभियान २०२४’ को ध्वजारोहण समारोह सम्पन्न >> जेसीआई तिलोत्तमाको नया वर्ष शुभकामना तथा क्यालेण्डर विमोचन >> बिग्रिए सिसिटिभी, अपराधका घटनामा वृद्धि >> सुप्रिम सहकारी पीडितको गृहमन्त्रीलाई प्रश्न : जिबि र सागर कहिले पक्रिन्छन् ? >> अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि कर्णालीमा अभियान >> स्कलर्समा कक्षा १२ का विद्यार्थीलाई बिदाई >> नेशनल प्याथल्याब भयो आइएसओ प्रमाणीकरण (भिडियोसहित) >> आगलागी सम्बन्धी कृत्रिम घट्ना अभ्यास >> गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बन्दैन : प्रधानमन्त्री >> `ई-ड्राईभ नेपाल´ को सेवा लुम्बिनीमा >> झाडापखाला नियन्त्रणमा ढिलाई किन ? >> अग्नी जोखिम व्यवस्थापनमा ध्यान दिने बेला >> कार्यालयमा नारा, वनमा डढेलो >> चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> आईपीएल क्रिकेटमा शीर्ष स्थानको राजस्थानलाई गुजरातले हरायो >> ईद उल फित्रमा एमाले रुपन्देहीको शुभकामना >> इस्लाम धर्मावलम्बीले इद–उल–फित्र मनाउदै, आज सार्वजनिक बिदा, प्रधानमन्त्रीले दिए शुभकामना >> एसीसी प्रिमियर कपमा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सीमा क्षेत्रका वासिन्दासँग परिवारमैत्री वातवरण बनाउँदै सशस्त्र प्रहरी >> रुपन्देही ईभेन्टसको ईफतारीमा सहयोग >> बुटवलमा पहिलो पटक कलेजोको बायोप्सी जाँचको सुरुवात ग्यास्ट्रो सेन्टरमा >> गण्डकी सरकारलाई दीर्घकालीन निर्णय गर्न सर्वोच्चको रोक, वैशाख १० मा पूर्ण सुनुवाइ >> नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ >> कोशीमा बैसाख ६ गते विशेष अधिवेशन >> होराइजन जिबिएसमा शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न >> राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे विजयी >> बुटवलको प्लान बी मा ‘न्यू ईयर ईभ’

कपिलवस्तु साझेदारी वनमा चुनावी रौनक

१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार

चन्द्रौटा (कपिलवस्तु), १६ फागुन । कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ । यहि फागुन १६ गते हुने अधिवेशनमा वर्तमान अध्यक्ष गंगेशनाथ तिवारी र राजेन्द्र कुमार यादव (राम कुमार यादव) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । साझेदारी वनका संस्थापक अध्यक्ष समेत रहेका तिवारीले अघिल्लो कार्यकालमा गरेका उत्कृष्ट कामलाई निरन्तरता दिँदै आउने वर्षमा जनतालाई प्रत्यक्ष फाइदा हुने खालका कार्यक्रम लागु गर्ने बताए । उनका अनुसार ‘बजारमा ५ देखि ६ हजार प्रति क्यु फिटमा ए ग्रेडको सालको चिरान पाइन्छ । आधा भन्दा कम मूल्य पर्नेगरी वितरण गर्ने योजना रहेको छ । त्यसका लागि चिरान मिल स्थापना भएको छ । अध्यक्ष तिवारीले भने : “पछिल्लो कार्यकालको समिक्षा गर्दै उपभोक्ताको हितमा सधैँ काम गर्ने पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु ।“ पछिल्लो कार्यकालमा १६५ हेक्टर क्षेत्रफलमा अतिक्रमण हटाएको २ सय हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरेको, प्रत्येक वर्ष १ लाख बिरुवा नर्सरीमा उत्पादन लगायत सराहनीय कार्य गरेको आधार रहेकोले जित सुनिश्चित रहेको तिवारीले जिकिर गरे ।

यता यादव आफू नयाँ अनुहार भएपनि जित हुने दावी गरेका छन । “जनताको माग पूरा गर्न आफू चुनाव लडने योजना बनाएको छु“ : उनले भने । सामाजिक क्रियाकलापमा सक्रिय रहेकोले चुनाव जित्ने दाबी गरे । साझेदारी वनको बडेगावमा लागेको सःमिल त्यहाँबाट अन्त सार्ने उनको भनाइ छ ।जिल्ला साझेदारी वनका अध्यक्ष समेत रहेको गंगेश तिवारी प्रभावशाली नेताको रूपमा आफ्नो परिचय बनाएका छन् । भने यादवलाई नयाँ अनुहार हुन् । निर्वाचनमा कडा प्रतिस्पर्धा रहेको पनि तिवारी जित्ने निश्चित रहेको एक सदस्यले भने ।

अध्यक्ष तिवारी नेकपा एमालेका नेता हुन भने यादव नेपाली कांग्रेस निकट रहेका छन । १७ हजार बढी उपभोक्ता रहेको वन २०६७ सालमा स्थापना भएको थियो । २०६९ सालमा कार्ययोजना स्वीकृत भई काम सुरु भएको थियो । अतिक्रमण हटाउन उत्कृष्ट काम गरेकोले नेपाल सरकारबाट सम्मानित समेत भएको थियो । कपिलवस्तु र अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ११ गरी ५ स्थानीय तहका २२ वडा समेटिएका छन । १५४ जना प्रतिनिधिबाट अधिवेशनमा मतदान हुनेछ । वन क्षेत्र ५ हजार ८७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np