ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

दाङ क्रिकेट लिगः तुलसीपुर रोयल्स र घोराही टाईगर्स विजयी

१५ फाल्गुन २०८०, मंगलवार
१५ फाल्गुन २०८०, मंगलवार

दाङ, १५ फागुन ।

घोराहीमा जारी दोश्रो संस्करणको नेपाल टेलिकम दाङ क्रिकेट लिगमा मंगलबार भएको खेलमा तुलसीपुर रोयल्स र घोराही टाईगर्स विजयी भएका छन् । दाङ क्रिकेट संघको आयोजनामा सोमबारबाट घोराही १७ गुलरियास्थित क्रिकेट मैदानमा भईरहेको खेल अन्तर्गत बिहान भएको खेलमा तुलसीपुर रोयल्सले दंगाली लायन्सलाई २७ रन तथा दिउँसो भएको खेलमा घोराही टाईगर्सले पुरन्धारा च्यालेन्जर्सलाई २ विकेटले पराजित गरेको छ । पाँच फ्रेन्चाईज टोली रहेको खेलमा तुलसीपुर रोयल्सको विजयी शुरुवात हो भने घोराहीले पहिलो खेलमा हार व्यहोर्दा दोश्रो खेलमा जीत दर्ता गरेको छ ।

जारी लिगमा दोश्रो दिनको पहिलो खेलमा विराटसिंह भण्डारी र विपिन रावलले कीर्तिमानी ९५ रनको ओपनिङ साझेदारी गर्दै टीमका लागि राम्रो स्कोर गरेपछि तुलसीपुर रोयल्सले विजयी शुरुवात गरेको हो ।

प्रतियोगिताको सबै ठूलो साझेदारी गर्दै १६ दशमलव २ ओभरमा ३ चौका र १ छक्कासहित ४२ रन बनाएर खेली रहेका कप्तान विपिन रावल बसिर अहमदको बललाई हिट गर्ने क्रममा विकेट किपर अंकित बुढा मगरले स्टम्पिङ आउट भए । तुलसीपुरका लागि विपिनले बनाएको ४२ रन सर्वाधिक रह्यो ।

यसैगरी विराटसिंह भण्डारी १ चौका र १ छक्कासहित ३८ रन बनाउँदै प्रकाश जैशीको बलमा एलबीडब्लू आउट भए । रुपेश सिंह १ चौकासहित ८ रन बनाएर विपिन खत्रीको बलमा एलबीडब्लूको सिकार भए । अर्का मार्की खेलाडी अमरसिंह रौटेला २ चौकासहित १० रन बनाउँदै रनआउट भए । भुवन कार्कीले अविजित ७ रन बनाए ।

दंगाली लायन्सका लागि विपिन खत्री, बसिर अहमद र प्रकाश जैसीले समान १–१ विकेट लिए ।

१ सय २६ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको दंगाली लायन्सका खेलाडीले ओभरमा १० विकेट गुमाउँदै ९८ रन मात्रै बनाउन सके ।

दंगाली लायन्सका लागि ओपनरद्वय सन्तोष कार्की र अंकित बुढा मगरले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरे पनि त्यसपछिका ब्याटरहरु क्रिजमा टिक्न सकेनन् ।

व्यक्तिगत १६ रन बनाएर क्रिजमा खेली रहेका अंकित बुढा मगर तुलसीपुरका कप्तान दिवान पुनको बलमा बोल्ड आउट भएपछि दंगाली लायन्सको विकेट पतनको सिलसिला शुरु भएको थियो ।

सन्तोष कार्कीले टीमलाई जीत तर्फ लैजाने प्रयास गरेपनि सफल हुन सकेनन । उनले सर्वाधिक ३१ रनको योगदान दिए ।

त्यसअघि अमरसिंह रौटेलाको बलमा दंगाली लायन्सका महत्वपूर्ण खेलाडी बसिर अहमद फाईन लेगमा सट हान्ने क्रममा बल ग्लोबमा लागेर विकेट किपरबाट क्याच हूँदै आउट भएपछि खेल थप धर्मराएको थियो ।

बसिरले १ छक्काको मद्दतमा ८ रन बनाए । त्यसलगत्तै क्रिजमा लिएका शंकर रानालाई रौटेलाले बोल्ड गरे । यसैगरी, बिपिन खत्री पनि रौटेलाको बलमा १२ रन बनाउँदै आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

शिशिर डाँगी २ रन, प्रकाश जैसी ३ रन, सनम श्रेष्ठ ७ रन, वीरबहादुर घर्ती ५ रन, किशन भारती ७ रन तथा हेमराज रानाले ३ रन बनाउँदै ९ड रनमा सिमित भएपछि खेल तुलसीपुरले जितेको हो ।

तुलसीपुर रोयल्सका लागि प्लेयर अफ द म्याच घोषित भएका अमर सिंह रौटेलाले ४ ओभरमा २२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । स्माईल अन्सारीले ३ विकेट लिँदा दिवान पुनले २ तथा रुपेश सिंहले १ विकेट लिए ।

यस्तै, मंगलबार भएको खेलमा घोराहीले २ विकेटको पहिलो जित दर्ता गरेको छ । टस हारेर व्याटिङको निम्तो पाएको पुरन्धाराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ बनाएको थियो । पुरन्धाराका लागि राजु रिजालले अर्धशतकीय योगदान रहेपनि जित भने हुन सकेन । जारी प्रतियोगितामा यो पहिलो अर्धशतक पनि हो ।

रिजालले ४४ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाउँदै दिपेश कँडेलको बलमा वृषभ सेन्चुरीको हातबाट क्याच हुँदै पेभेलियन फर्किए ।

टीमका लागि ओपनर रित गौतमले १६, दिपेन्द्र रावतले १५ रन, कप्तान मोहन खत्रीले ११ रन, प्रनित थापाले १० रन बनाउँदा राजवीर सिंहले ३ रन बनाए ।

प्लेयर अफ द म्याच भएका दिपेश कँडेलले घोराही टाइगर्सका लागि कसिलो बलिङ गर्दै ४ ओभरमा जम्मा १२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । मिलन बुढाथोकीले २ तथा युनिश विक्रम सिंह र अर्जुन घर्तीले समान १–१ विकेट लिए ।

१ सय १८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको घोराहीको शुरुवात राम्रो नभएपनि मध्यक्रमका ब्याटरले बलियो साझेदारी गरेपछि जित निकालेको हो ।

घोराहीले १९ दशमलव ४ ओभरमा ८ विकेट गुमाउँदै जित निकाल्ने क्रममा अर्जुन घर्तीले सर्वाधिक ४१ रनको योगदान दिए । ३ चौका र २ छक्काको मद्दतमा अर्जुनले उक्त रन बनाए ।

उनलाई दिपेश कँडेलले साथ दिएका थिए । टीमले दशौँ ओभरमा ५२ रन बनाउँदै ४ विकेट गुमाईसकेको अवस्थामा दिपेश कँडेल र अर्जुन घर्तीले ४२ रनको महत्वपूर्ण साझेदारी गरेपछि खेल घोराहीको पक्षमा आएको हो । दिपेशले २ चौकाको मद्दतमा १९ बनाउँदै कृष्ण कार्कीको बलमा बोल्ड आउट हुँदा दिल्साद अलीले १५ रन, दिलिप नाथले १० रन, युनिश विक्रम सिंहले ९ रन, वृषभ सेन्चुरीले ७ रन, अनुप न्यौपानेले २ रन तथा रविन थापाले १ रनको योगदान दिए ।

पुरनधाराका लागि कृष्ण कार्की, दिपेन्द्र रावत र सुजल वलीले समान २–२ विकेट लिए । यसैगरी रीत गौतम र राजबीर सिंहले समान १–१ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन ।

योसँगै पाँच वटै टीमको समान २–२ अंक भएको छ । प्रतियोगिता राउण्ड रोबिन फम्र्याटमा भइरहेको छ । हरेक क्लबले ४–४ खेल खेल्नेछन् । उत्कृष्ट दुई टिमले फाईनल खेल्नेछ । प्रतियोगिताको फाईनल फागुन १९ गते हुनेछ ।

लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश–दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार प्रदान गरिनेछ भने हरेक दिन प्लेयर अफ द म्याचलाई पाँच हजार प्रदान हुँदै आएको छ ।

प्रतियोगिता अन्तर्गत अब तेश्रो दिन बुधबार पनि दुई खेल हुनेछन् । पहिलो खेल विहान तुलसीपुर रोयल्स र पुरन्धारा च्यालेन्जर्सको तथा दोश्रो खेल दिउँसो घोराही टाइगर्स र देउखुरी वारियर्सबीच हुने संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?