ट्रेंडिंग:

>> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित

साई ग्लोबल कपः लीलाराम र प्यारामाउण्टको लगातार जित

१५ फाल्गुन २०८०, मंगलवार
१५ फाल्गुन २०८०, मंगलवार

भैरहवा, १५ फागुन ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’मा मंगलबार भएका दुई खेलमा लीलाराम उच्च मावि र प्यारामाउण्ट इङ्गलिस बोर्डिङ हाई स्कूल विजयी भएका छन् । लीलारामले इडन इङ्गलिस बोर्डिङ हाई स्कूललाई १६ रन र प्यारामाउण्टले होराइजन जीबीएसलाई २६ रनले पराजित गर्दै जित निकालेका हुन् । यसअघि यी दुबै टिमले एक–एक खेल जितिसकेका छन् । यो लगातार दोस्रो जित हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको लीलारामले निर्धारित खेलमा १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १०० रनको योगफल बनायो । उसका लागि विजय कोहाँरले ४३, निरज मौर्यले २३ र अयन खाँनले १० रन बनाए । बलिङमा इडनका सागर गिरी र संदीप सुनारले समान ४–४ विकेट हात पार्दा विनय जिसी र विशाल भुसालले १–१ विकेट लिए ।

१ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको इडन १९ ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमै रोकियो । उसका लागि खडक बोहराले पारी सम्हाल्दै ५३ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले हार ब्यहोर्यो । बलिङमा लीलारामका तुलबहादुर थापा र अर्जुन करुशले समान ३–३ तथा गुल्शन कुर्मी र निरज मौर्यले १–१ विकेट लिए । खेलमा लीलारामका अर्जुन करुश म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको प्यारामाउण्टले निर्धारित खेलमा ६ विकेट गुमाउँदै १ सय १७ रनको बलियो योगफल बनायो । उसका लागि ड्रस सुनारले अविजित ५४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, रिषभ बेल्बासेले ३५ र आर्यन भण्डारीले नटआउट ९ रन बनाए । बलिङमा होराइजन जीबीएसका सुमित पराजुलीले २ तथा सुनिल लोध, विप्रशन केसी र अमित अधिकारीले समान १–१ विकेट लिए ।

प्रतिउत्तरमा होराइजन जीबीएस पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ९१ रन मात्रै बनाउन सक्यो र हार ब्यहोर्यो । उसका लागि विपे्रशन केसीले २४ र सचिन जिसीले २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो रन बटुल्न सकेनन् । बलिङमा प्यारामाउण्टका शिव कुँवर र ड्रस सुनारले २–२ तथा सन्देश थापा, मञ्जिल भण्डारी, सुमित थापा र दीलिप रेग्मीले समान १–१ विकेट लिए । खेलमा प्यारामाउण्टका ड्रस सुनार म्यान अफ द म्याच भए ।

भैरहवामा रहेको साई ग्लोबल एकेडेमीको प्रमुख प्रायोजनमा जारी प्रतियोगिताको विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टिम सहभागी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?