ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

लुम्बिनी अस्पताललाई पश्चिम क्षेत्रकै विशिष्टकृत अस्पताल बनाउँछौं : मन्त्री खनाल

१५ फाल्गुन २०८०, मंगलवार
१५ फाल्गुन २०८०, मंगलवार

बुटवल ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रका जनताले सबै विशिष्टिकृत स्वास्थ्य उपचार प्राप्त गर्न सक्ने अस्पतालको रुपमा बिकास गरिने बताएका छन् । अस्पतालमा बन्न लागेको अत्याधुनिक संरचनासहितको १० तल्ले नयाँ भवन निर्माण समयमै सक्नुपर्नेमा जोड दिँदै उनले निर्माण कम्पनीबाट प्रतिवद्धता अनुसारको काम हुनेमा विश्वास व्यक्त गरे ।

अस्पतालको ११४ औं वार्षिकोत्सवको अवसरमा मँगलबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको योजना अनुसार अगाडि बढाउने प्रयास अनुसार सरकारले काम गरिरहेको उल्लेख गरे । ‘हाम्रा आवश्यकताहरु धेरै छन्, यसको गुणस्तर वृद्धि गरेर जान सकेनौं, जनशक्ति र उपकरण दिन सक्दैनौं भने जनताले चाहेको जस्तो उपचार सेवा उपलब्ध गराउन सक्दैनौं’–मन्त्री खनालले भने, आवश्यक स्रोत व्यवस्थापनका लागि सरकारले पहल गर्छ । अस्पताललाई साधन स्रोत र उपकरणको कमी हुन नदिने प्रतिवद्धा गर्दै मन्त्री खनालले नेपाली मात्र नभई विदेशीहरु समेत उपचार गर्न आउने थलोको रुपमा अस्पताललाई बिसका गरिनु पर्नेमा जोड दिए । मन्त्री खनालले अस्पतालमा क्याथल्यावको समेत उद्घाटन गरेका छन् ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री सुदर्शन बरालले अस्पतालको बिकासका लागि आफ्नो पालामै गुरुयोजना तयार भएर काम अघि बढेको बताउँदै विगतका प्रतिवद्धता सरकारले पालना गर्नुपर्नेमा जोड दिए । अस्पतालको नियमित आर्थिक स्रोतको रुपमा रहेको व्यावसायिक सटरहरु भत्काएर गुरुयोजना अनुसार काम अघि बढेको अवस्थामा त्यसबापतको शोधभर्ना प्रदेश सरकारले उपलब्ध गराउनु पर्ने बताए । आफू मन्त्री हुँदासम्म अस्पतालले शोधभर्ना बापत पाउनुपर्ने वार्षिक ६ करोड आर्थिक अनुदान उपलब्ध गराउँदै आएको भएपनि हाल आएर उक्त रकम रोकिनु गलत भएको उल्लेख गरे । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका मुख्यन्यायधिवक्ता बुद्धबहादुर थापा, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. जनार्दन पन्थी लगायतले अस्पतालमा बन्ने १० तले नयाँ भवनको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । अस्पतालप्रति जनताको चासो, भरोसा र आकर्षण बढी रहेका कारण सोही अनुसार गुनासो र प्रतिक्रियाहरु आउनु स्वभाविक भएको उल्लेख गर्दै सकेसम्म गुनासो नआउने गरी सेवा प्रवाह गर्न सुझाव दिए ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले स्वागतसहित वार्षिक प्रतिवेदन प्रस्तुत गरे । अस्पतालले चालू आर्थिक वर्षमा मात्रै करिब डेढ दर्जन बढी सेवा बिस्तार गरेको उनले बताए । १५ बेड क्षमताको एसएनसीयू स्थापना, ६ बेड क्षमताको पीआईसियू स्थापना, ८ बेडको एनआईसीयूलाई १२ बेडमा बिस्तार, बर्थिङ सेन्टर स्थापना, क्याथल्याव संचालन, इन्टेरेस्कोप सञ्चालन, बालउद्यान स्थापना लगायतका उपब्धि बारे मेसु थापाले जानकारी गराए । यसैगरी निकट भविष्यमै अनलाइन टिकटको समेत व्यवस्था गरिने उल्लेख गरे ।

अस्पतालमा चिकित्सक (विशेषज्ञं मेडिकल अधिकृत) १२७ जना, नर्सिङ्ग कर्मचारी २९४ जना, पारामेडिक्स कर्मचारी १५७ जना, प्रशासनिक कर्मचारी (प्रशासन, लेखा र आई टी) २८ जना, कार्यालय सहयोगी÷सरसफाईकर्मी १८९, सुरक्षागार्ड २६ जना तथा अन्य २८ जना कर्मचारी गरी जम्मा ८५१ जना कर्मचारीहरु कार्यरत रहेका छन् । तत्कालिन राणाप्रधानमन्त्री श्री ३ चन्द्र समशेर ज.व.रा को पालामा वि.स. १९६७ फागुन १५ गते सेन वंशी राजा मणिमुकुन्द सेनको दरवार (हालको पारि बुटवलफुलवारी पार्क) मा २ जना भारतीय चिकित्सक र ६ शैयाबाट लुम्बिनी प्रादेशिक अस्पतालको सुरुवात भएको थियो । वि.स.१९९८ सालमा रक्तसंचार गृह रकेको स्थानहुँदै बुटवलउप–महानगरपालिका वडा नं.६ हाल अस्पताल रहेको स्थानमा स्थापना भई यस अस्पतालले स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालले ११४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप समेत आयोजना गरेको थियो । अस्पताल परिवार बीच आयोजना गरिएका प्रतियोगिताहरु फुटबल, भबिल, क्रिकेट, म्याराथन, कविता बाचन तथा रक्तदान कार्यक्रममा सहभागीहरुलाई मूल समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?