ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

नगरपालिकामा हुलहुज्जत गर्नेमाथि कानुनी उपचार खोजिने

१५ फाल्गुन २०८०, मंगलवार
१५ फाल्गुन २०८०, मंगलवार

बुटवल, १५ फागुन ।

देवदह नगरपालिकाले कार्यालयभित्र हुलहुज्जत गर्ने र तोडफोड गर्नेमाथि कानुनी उपचार खोज्ने बताएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख ध्रुवप्रसाद खरेलले प्रमुख प्रशासकीय अधिकृतमाथि ह्यारेसमेन्ट गरेर लखेट्ने योजना अनुरुप नगरपालिकाभित्र हुलहुज्जत गर्ने र प्रमुख प्रशासकीयको कार्यकक्षमा तोडफोड गर्ने काम भएको भन्दै यसका विरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिए ।

नगरपालिकाले सबै काम कानुनसम्मत, पारदर्शी र विधि प्रक्रिया पु¥याएर गरेको अवस्थामा केही वडाअध्यक्ष र व्यक्तिहरुले आफ्नो नीहित स्वार्थ सि गर्ने उद्देश्य अनुरुप तालाबन्दी गर्ने र गैरकानुनी उच्छृंखल गतिविधि गरेको भन्दै नगरप्रमुख खरेलले हरेक विषयमा सर्वसम्मत निर्णय सम्भव नभएको र सर्वसम्मत नभएको अवस्थामा बहुमतका आधारमा निर्णय गर्ने प्रचलन र अभ्यास सर्वत्र रहेको बताए ।

सोमबार रूपन्देहीको देवदहमा जनप्रतिनिधिहरुले नै अराजक शैलीमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तोडफोड गरेका थिए । नगर खेलकुद विकास समितिको अध्यक्षमा स्थानीय कमल पाण्डेलाई नियुक्त गरेकोमा असन्तुष्ट नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुले नगरप्रमुख ध्रुव खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै तोडफोड समेत गरेका थिए ।

सोमबार बिहान नगरपालिका कार्यालय पुगेका उनीहरुले प्रमुख प्रशासकीय अधिकृत सापकोटाको कार्यकक्षमा प्रवेश गरी उनलाई हातपातको प्रयास गर्दै नाम प्लेट र टेबुल, सिसा फुटालेर फालेका थिए।

आफ्नो कार्यकक्षमै बसेर काम गरिरहेका सापकोटालाई जवरजस्ती बाहिर निकाल्न खोजेपछि प्रहरी र नगर प्रहरीले सुरक्षा दिएर बाहिर निकालेको थियो । सापकोटालाई प्रहरीले कार्यकक्षबाट सुरक्षा दिएर बाहिर निकालेपछि उत्तेजित उनीहरुले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको गन समेत खोस्ने प्रयास गरेका थिए ।

आफ्नो काम लिएर कार्यालय पुगेका सेवाग्राहीले समेत जनप्रतिनिधिको क्रियाकलापलाई गैरजिम्मेवार, अलोकतान्त्रिक र अराजक चरित्र भनेका छन् । प्रमुख प्रशासकीय अधिकृत सापकोटा आएपछि नगरपालिकाको काम कारवाहीले गति लिन थालेको अवस्थामा कामको गतिलाई रोक्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने उद्देश्यले यस्तो क्रियाकलाप गरिएको नगरप्रमुख खरेलले बताए ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले स्थानीय शासन सञ्चालन ऐनभित्र रहेर नगरपालिकाले काम अगाडि बढाउने भन्दै त्यसविपरित अघि बढ्न नसकिने बताए । “मैले प्रमुख प्रशासकीय अधिकृतको हिसावले ऐन कार्यान्वयन गर्ने हो, ऐनले जे भनेको छ, जनप्रतिनिधि वा कर्मचारी सबैलाई त्यही गर्नुपर्छ, ऐन विपरित हुने कुनै पनि क्रियाकलाप कसैले पनि गर्न हुँदैन”–उनले भने ।

नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले देवदह नगरपालिकामा केही समयदेखि सुधारका काम अगाडि बढेको अवस्थामा त्यसलाई पचाउन नसक्ने स्वार्थ समूहले विभिन्न बहानामा अराजकता फैलाउन खोजेको आरोप लगाए ।

यसैबीच नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिले विज्ञप्तीमार्फत देवदहमा कर्मचारीमाथि भएको हुलहुज्जतको विरोध जनाएको छ । संगठनका महासचिव जीवन काफ्लेद्वारा जारी विज्ञप्तीमा यस्तो अमानवीय क्रियाकलाप गर्ने र कर्मचारीलाई त्रसित बनाई काममा अवरोध सिर्जना गर्नेमाथि कारवाहीको माग गरिएको छ । त्यस्तै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले देवदह नगरपलिका रुपन्देहीका केही जनप्रतिनिधिहरु प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी कार्यालयको भौतिक सामग्री तोडफोड गर्नुका साथै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई लक्षित गरी गरिएको अमानवीय कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जीवन पौडेलद्वारा जारी विज्ञप्तीमा नागरिकको सेवामा दिन रात नभनी सेवा प्रदान गर्ने कर्मचारीहरुको सेवामा बढ्दै गएको असुरक्षाले कर्मचारीहरुद्वारा गरिने सेवा प्रवाह कमजोर र कठिन हुँदै गएको उल्लेख छ । उक्त घटनाले सम्पूर्ण राष्ट्रसेवक कर्मचारी असुरक्षित भएको र निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्थामा प्रश्न चिन्ह खडा भएको विज्ञप्तीमा उल्लेख छ ।

राजनैतिक द्वन्द्व र समस्याको समाधान राजनीतिक तवरबाट नै गर्नुपर्नेमा सो नगरी स्वयं निर्वाचित जनप्रतिनिधिवाट हुलहुज्जत एवं अमर्यादित कार्य हुनु आफैमा दुखद घटना भएको संगठनले बताएको छ । “राष्ट्रसेवक कर्मचारी प्रति जोसुकैबाट गरिने दुव्र्यवहारले नगारिकको सेवामा अहोरात्र खटिने कर्मचारीको मनोबल खस्किने हुँदा हामी त्यस्ता क्रियाकलाप प्रति भत्र्सना एवं खेद प्रकट गर्दछौं”–विज्ञप्तीमा भनिएको छ ।
यस्ता अपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न र कार्यस्थलको सुरक्षा प्रत्याभूति दिलाइ कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण मिलाउन समेत संगठनले माग गरेको छ ।

एमाले देवदह नगर कमिटीले समेत विज्ञप्ती जारी गर्दै घटनाको निन्दा र भत्र्सना गरेको छ । नगर अध्यक्ष केशवप्रसाद भट्टराईúारा जारी विज्ञप्तीमा घटनाको घोर भत्र्सना गर्दै संलग्नमाथि कानुनी कारवाहीको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?