ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

आकाश देखिने कक्षाकोठा !

१५ फाल्गुन २०८०, मंगलवार
१५ फाल्गुन २०८०, मंगलवार

प्यूठान, १५ फागुन 

ढलान गरिएको छत । त्यसमुनी वारपार देखीने खुल्ला हल । बिचबिचमा पिल्लर ठडिएका । त्यसबाहेक यहाँ अन्य बिचमा छेकबार केही छैन । यसैको तिन कुनामा अध्ययन गर्छन तिनवटा कक्षाका बिद्यार्थीहरू । यो हो प्यूठानको झिमरुक गाउँपालिका ४ बांगेमरोटको दिपेन्द्र प्राथमिक बिद्यालय । विद्यालयको भवन निर्माण अलपत्र भएपछि यहाँ यसैगरी तिनवटा कक्षाका बिद्यार्थीहरूलाई राखेर पढाउन थालिएको दुई शैक्षिक शत्र भैसक्यो । ३, ४ र ५ कक्षाका विद्यार्थीहरूलाई एउटै भवनमुनी राखेर पढाउने गरिएको बिद्यालयकी प्रध्यानाध्यापक सुधा सिंहले बताइन् ।
कक्षाकोठा अभावमा बिद्यार्थीहरू एकै ठाउँमा बसेर अध्ययन गर्ने गरेका छन् । बिद्यार्थी राख्ने ठाउँ नहँुदा कहिले खुल्ला आकास त कहिले खुल्ला छतमुनीको भवनमा बिद्यार्थी राखेर पढाउने गरिएको छ । ‘ब्यक्तिका घरमा पनि बिद्यार्थीहरूले केही महिना बिताए,’ उनले भनिन, ‘खुल्ला जाडो महिनामा त बाहिर खेलमैदानमा पनि राखेर पढायौं ।’ पुरानो भवन भत्काएर नयाँ बनाउने काम थालिएको दुईबर्ष भैसक्यो । तर अहिलेसम्म भवन निर्माणले पूर्णता पाउन सकेको छैन ।

‘भवन निर्माण गर्नभन्दै पुरानो भवन भत्काइयो, नयाँ भवन कहिले बन्छ थाहा छैन्,’उनले भनिन, ‘बिद्यालयका कुनैपनि भवन सुरक्षित छैनन ।’ कक्षा पाँचसम्म अध्ययन हुने यस बिद्यालयमा बालविकासका बिद्यार्थी खुल्ला चौरमा बसेर पढ्दै आएका छन् । कक्षा एकका बिद्यार्थीलाई पुस्तकालयमा राखेर पढाउने गरिएको प्र.अ. शिंहले बताईन् । कार्यालय भएको भवनपनि २०७२ सालको भुकम्पले चर्किएको थियो ।
पछिपछि भकम्पका पराकम्पले ठाउँ ठाउँमा चिरा परेर जिर्ण अवस्थामा रहेको छ । कक्षाकोठा अभावमा बालवालिकाको पठनपाठन प्रभावित हुने गरेको छ । विद्यार्थीले साह्रै असजिलो मान्छन् । तिनवटा कक्षाका बिद्यार्थी एउटै भवनमा तिनवटा कुनामा राखेर पढाउने गरिएको विद्यालयका प्रध्यानाध्यापक उदय बिश्वकर्माले बताए । घाम लागेको समयमा त बाहिर बसाउँछौं, नत्र सबै तिनवटा कक्षाका बिद्यार्थी कोहि पुर्व कोहि पश्चिम भएर पढ्नुपर्छ । ‘एउटा कक्षालाई पढाउदै गर्दा त्यसको आवाज अर्काेले सहजै सुन्छ, एकै पटक तिनवटा कक्षा चल्दा कतैको आवाजपनि बिद्यार्थीले बुझ्दैनन, उनले भने,‘बिचमा छेकबार केहि छैन्, बाहिरीभागपनि छेकिएको छैन् । पार्टि पौवाजस्तो भवनमा बिद्यार्थी बस्ने गरेका छन् ।’

कक्षा ३,४ र पाँचका बिद्यार्थीहरू एकै ठाउँमा बसेर पढ्ने गरेका छन् । जहाँ पढाइकै समयमा एउटा कक्षामा हुने पढाई अर्काे कक्षाका बिद्यार्थीले सहजै सुन्नेहुदा पढाईमा समस्या भैरहेको छ । दायाँबायाँ गर्दा अर्काे कक्षाको बिद्यार्थी देखेपछि पढाईमा पनि मन लगाउन नसक्ने बिद्यार्थीहरूको गुनासो रहेको शिक्षक बिश्वकर्माले बताए । बालबिकास देखी कक्षा पाच सम्म पढाई हुने यस बिद्यालयमा हाल दुईवटा पुराना भवन छन् । चार कोठाका ति दुईवटा भवनमा हाल कक्षा एक लाई पुस्तकालय कोठामा राखेर पढाउने गरिएको छ । कक्षा दुई अर्काे कोठामा बस्छन् । त्यो पनि भुकम्पले चर्किएको छ । प्रध्यानाध्यापक शिंहका अनुसार बिद्यालयका कुनैपनि भवन अहिले बिद्यार्थी राखेर पढाउन सकिने खालका छैनन् । समय समयमा आउने भुकम्पका कारण पढाउन पनि समस्या भैरहेको छ । अलि ठुलो भुकम्प आए ति पुराना भवन भत्किने डर हरेकजसो समय हुने गरेको छ । चारैतिरबाट चर्किएका भवनको पनि मर्मत भएको छैन् ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष भरत बिक्रिम जि.सीले बिद्यालयको भवनका बिषयमा स्थानिय तहलाई जानकारी गराईएको तर सुनवाई नभएको बताए । वडाका जनप्रतिनिधी, गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधी पटक पटक यहाँ आएका छन् । तर अलपत्र भवन बनाउन पहल भएको छैन् । आबश्यक बजेट बिनियोजन गर्ने आस्वासन दिएपनि दुईबर्षदेखी बालवालीका टहरोमै बसेर बढ्न बाध्य छन् । केहि समय अघि गाउँपालिकाबाट आएको अनुमगन टोलिले पुराना भवन पुननिर्माणका लागी बजेट बिनियोजन गर्ने आस्वासन दिएका थिए । तर अहिलेसम्म भवनको पुननिर्माण समेत हुन सकेको छैन् । ‘नयाँ शैक्षिक शत्र सुरुहुन केहि समय मात्रै बाकी छ,’उनले भने,‘भवनको अवस्था देखेर बिद्यार्थीहरू अन्यत्रै जाने समस्या बढ्दो छ ।’ एकै ठाउँमा बसेर पढाईहुदा बिद्यार्थीको नतिजामा समेत असर पर्ने गरेको छ ।

२०४६ सालमा स्थापना भएको यो बिद्यालयमा हाल एक सय जना बालबालिका अध्ययन गरिरहेका छन् । दुईबर्ष पहिले निर्माण सुरु भएपनि प्रयाप्त बजेट नभएकाले भवन निर्माणको काम सम्पन्न नभएको झिमरुक गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहन बिसीले बताए । आर्थिक बर्ष २०७८÷०७९ बाट प्रदेश सरकारको सहयोगमा १८ लाख रूपैयामा भवन निर्माणको काम सुरु भएको थियो । तर ठेकेदारले काम सम्पन्न नगर्दा आधामात्रै बजेट सकिएको बिसीले बताए । आर्थिक बर्ष २०७९/०८० मा गाउँपालिका र मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्र्तगत १० लाख रूपैयामा काम भएपनि अहिलेसम्म भवनको ढलान बाहेकको काम भएको छैन् ।

दुईकोठे भवन निर्माण अहिले बिचमै अलपत्र परेको र थप बजेटका लागी प्रदेश सरकारसंग माग गरिएको बताए । स्थानिय तहसंग अहिले बजेट छैन्, माथीबाट आएपछि त्यसले पुर्णता पाउछ उनले भने । सुमन्तेकाना, उपल्लो बांगे, उर्लेनी, डौडाली, तल्लोबांगे लगायतका टोलबाट बालबालिका अध्ययन गर्न उक्त विद्यालयमा आउने गरेका छन् । सबै कक्षाका बिद्यार्थी एकै ठाउँमा बस्दा पढन समस्या हुने गरेको छ । ‘यता पढाएको उताको कक्षाका साथीले प्रष्टै सुन्छ, खुल्ला चौरमा बसेर पढाएको जस्तै छ,’ कक्षा ५ मा अध्ययनरत अमिर जि.सीले भने । कहिले त बढि हल्ला भएपछि कक्षाकोठा नै सारेर बाहिर खुल्ला चौरमा गएर पढ्ने गरेका छौ । गाउँपालिकाका जनप्रतिनिधिले पनि यसै बर्ष उक्त बिद्यालयको भवनको समस्या समाधान हुने बताएका छन् । ‘पुरानो भवन पुननिर्माणका लागी पालिकाबाट एक लाख बजेट बिनियोजन भएको छ,’गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले भने,‘नयाँ भवनको पनि प्रकृया अघि बढेको छ, चाडै काम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?