ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

पेडा, खुवा र पनिर बनाउँदै विद्यार्थी

१५ फाल्गुन २०८०, मंगलवार
१५ फाल्गुन २०८०, मंगलवार

सल्यान, १५ फागुन । शैक्षिक गतिविधिलाइ नमुनाको रूपमा संचालन गरिरहेको सल्यानको निराजन माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई विभिन्न जीवनोपयोगी सीप सिकाउँदै आएको छ । सिद्ध कुमाख गाउँपालिका वडा नम्बर ३ स्थित निराजन मावि ढोरचौरमा पशु बिज्ञान तर्फ कक्षा १० का विद्यार्थीले अहिले पढाइ संगै पेडा, खुवा र दुधजन्य परिकार बनाउने सीप सिकिरहेका छन् ।

पाठ्यपुस्तक पढ्ने मात्र नभई व्यवहारिक सीप सिक्दै विद्यार्थीले आफ्नो क्षमता अभिबृद्धिका क्रियाकलापमा संलग्न भएका हुन् । दुधबाट बन्ने स्वादिष्ट परिकार पेडा र खुवा बनाउने सीप सिकेका ४८ जना विद्यार्थीले यस लगत्तै पनिर बनाउने तरिका सिक्दैछन् । सबै कुरा किताबमा लेखेको पढेर मात्रै हुँदैन भन्ने निष्कर्षसहित प्रयोगात्मक कक्षालाई पनि प्राथमिकता दिइएको निराजन माविका प्रधानाध्यापक धर्मराज घर्तीमगरले जानकारी दिए । सफल व्यवसायी बन्न सक्ने दक्षता दिलाउन र पशुपालन व्यवसाय तर्फ आकर्षित गर्नका लागि विद्यार्थीलाई दुधजन्य परिकार बनाउने तरिका सिकाइएको उनको भनाई छ ।

प्रयोगात्मक रूपमै जीवनोपयोगी सीप सिक्न पाउँदा विद्यार्थी पनि उत्साहित छन् । कक्षा १० मा अध्ययनरत छात्र यमराज सुनारले पढाईलाई व्यवहारिक रूपमा अगाडी बढाउन सहयोग पुगेको बताए । सीप सिकेर दक्षता बढाएका विद्यार्थीमा भविष्यमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको देखिन्छ । यस प्रकारको क्रियाकलापले विद्यार्थीमा मिहेनत गर्ने बानी र सीपको विकास भएको र आगामी दिनको लागि हौसला पनि प्रदान भएको विद्यालयले जनाएको छ । केही दिनमै पशु विज्ञानका विद्यार्थीलाई विभिन्न अनुसन्धान केन्द्रमा शैक्षिक भ्रमणमा लगिने पनि प्रधानाध्यापक घर्तीमगरले जनाए ।

विज्ञानलाई सर्वव्यापी बनाउने र विद्यालयमा औपचारिक कक्षामा सिकेका सैदान्तीक पक्षहरूलाई व्यवहारमा उतार्ने तथा जीवनसंग सान्दर्भीक बनाउन विभिन्न परियोजना बनाउने, कार्यान्वयन गर्ने, वैज्ञानिक चासो र रुचीका विषयमा खोजतलास गर्ने लगायतका उद्देश्य निराजन माविको छ । यी उद्देश्य प्राप्तीका लागि विद्यालयले केही महिना अघि ‘निराजन साईन्स रिसर्च क्लव’ समेत गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?