ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

‘गाउँमै बस्छु—केही गर्छु’

२३ बर्षको दौरानमा कृष्ण प्रसाद पाण्डेले श्रीकृष्ण ब्रान्डको कफी बजारीकरण गर्दै आएका छन् । उनको उद्योगबाट जैविक कफी तथा मसला जन्य उत्पादन हुन्छ । उत्पादित कफीका विभिन्न प्रकारमा ए, वि, सी ग्रेडका कफी, धूलो कफी रहेका छन् ।
१५ फाल्गुन २०८०, मंगलवार
१५ फाल्गुन २०८०, मंगलवार

बुटवल, १५ फागुन । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ६ ठुलापोखराका कृष्ण प्रसाद पाण्डे भारतमा एक बैंस समय बिताए । भारतका विभिन्न स्थानमा १६ बर्ष समय विताएका पाण्डेले होटल भारतका आफ्नै होटल चलाएका थिए । त्यहाँ राम्रो आम्दानी भएन । उनी २०५७ सालमा नेपाल फर्किए । गाउँमा उनले सबैको घरमा कफीका बोट देखे तर कफीको प्रसोधन उत्पादन केही भएको थिएन । कतिपय किसानले भने धमाधम कफीका बोट समेत काट्दै थिए । त्यो देखेपछि उनी भारत जान मन लागेन । उनी आफ्नै जन्मघर मै बस्ने र कफीलाई ब्रान्डीङ्ग गर्ने सोँच बनाए । र अठोट गरे अव ‘गाउँमै बस्छु र केही गर्छु’ । उनले आफ्नो घरको बाँजो बारीमा कफी मात्रै रोपण गरेन्न । अन्य किसानहरूलाई पनि कफीका बोट लगाउन प्रेरित गरे । उनी यसरी कृषि क्षेत्रमा पूर्णकालिन कृषकको रूपमा लागेको २३ बर्ष भएको छ । यो २३ बर्षको दौरानममा कृष्ण प्रसाद पाण्डेले श्रीकृष्ण ब्रान्डको बजारीकरण गर्दै आएका छन् ।

गाउँमा उनले जैविक कफी तथा मसला उद्योग सञ्चालन गरेका छन् । जसमा हालसम्म करिब २५ लाख लगानी भएको छ । उनले उत्पादन गरेको कफीका विभिन्न प्रकार, ए, वि, सी ग्रेडका कफी, धुलो कफी लगायतका बेसार समेत उनको उद्योगले उत्पादन गर्दै आएको छ ।
पाण्डेको फार्ममा अहिले १०० बढि बोट कफी छन् भने गाउँका अन्य किसानहरू गरी करिव २ हजार भन्दा बढि बोट छन् । बार्षिक रूपमा ६ देखि ७ टन कफी उत्पादन हुदै आएको छ ।

कफीसंगै उनले बेसार उत्पादन गर्दै आएका छन् । केही बर्ष पहिला जैविक बायोमास उत्पादन गर्दै आएका पाण्डेले उत्पादन गरेको कफी लाई अन्य कम्पनी मार्फत विदेश समेत निर्यात गर्दै आएका छन् । गुल्मी कफी संगको सहकार्यमा उनको कफी अहिले कोरिया, जापान लगायतका देशहरूमा जाने गरेको छ । अहिले उनको उद्योगमा उत्पादन गरेको कफी लाई केही मात्रा प्रसोधन गरी अन्य भने कन्ट्याक्टमा विक्री गर्दै आएका छन् । उनी भन्छन्–‘अर्घाखाँचीमा कफीलाई ब्रान्ड बनाउने गरी हामीले लागीपरपेका छौ । ’

कफी को उत्पादन देखि प्रसोधन, बजारीकरण समेत गर्दै आएको उद्योग सानो स्केलमा भएको र उत्पादन र बजारीकरण समेत नभएको कारणले गर्दा समस्या भएको उनको भनाई रहेको छ । साना किसान भएको कारण सहुलियत कर्जा समेत नपाएको किसान पाण्डेको भनाई रहेको छ । उनी भन्छन्–‘कृषिमा सहज कर्जा, सहुलियत कर्जा समेत नपाउने अवस्थाछ, बैंकहरूले पनि यसमा लगानी गर्न चाँसो दिएका छैनन, जसको कारण समस्या छ । ’ उनले स सानो लगानगीमा स्थापना भएका कृषि जन्य उद्योगमासरकारले सहुलियत कर्जा दिएर प्रोत्साहन गर्नुपर्ने बताउँछन् ।

कफीको माग उच्च भएको भन्दै उनले बार्षिक २५ टन सम्म कफी उत्पादन भएमा यसको बजारीकरण सुनिश्चित भएको बताउँछन् । त्यहाँ उत्पादन भएको कफी गुल्मी कफी ले समेत सम्झौता गरी लैजाने गरेको छ । बार्षिक ४ लाख रूपैयाँ आम्दानी गर्दै आएको बताउने कृषक पाण्डेले कफीको अलवा, बेसार, अदुवा लगायतको समेत संकलन, प्रसोधन र बजारीकरण गर्दै आएका छन् । किसान बाट पाकेको कफीलाई प्रतिकिलो ८० रूपैयाँमा खरिद गर्दै आएको उनको भनाई रहेको छ । कफी जोन सञ्चालक समितिका अध्यक्ष समेत रहेका पाण्डेले अहिले समुहमा ३ सय बढि किसान आवद्ध भएको बताउँछन् । ३ वटा वडामा कफी जोन विस्तार गरिएको छ ।

कफी जोन लाई जिल्ला स्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रर्वद्धन गर्दै आएको छ । यो कार्यालयको सहयोगमा कफी रोस्टर गर्ने मेसिन समेत जोन ले अनुदानमा प्राप्त गरेको छ । जोनमा अहिले व्यवसायीक किसान २ हजार बढिको काफि संकलन हुदै आएको छ ।
कफीको ब्रान्डीङ्ग गर्दै आएका उनी कफी सम्बन्धी काम गर्ने संस्थाको सहयोगमा दुई पटक दक्षिण कोरिया समेत भ्रमण गरेर आएका छन् । गाउँमा अगुवा किसानकोरूपमा पहिचान बनाएका पाण्डेको ‘श्रीकृष्ण ब्रान्ड’ विभिन्न मेला महोत्सवमा समेत सहभागिता हँुदै आएका छन् । मेला महोत्सवमा पूर्णरूपले अर्गानिक, जैजिक खेतीबाट उत्पादन भएको कृषि जन्य पद्धार्थ भएको कारण राम्रो प्रतिक्रिया पाउने गरेको उनको भनाई रहेको छ । अर्घाखाँची जिल्ला कफी खेतीको लागि उपयुयक्त मौसम भएको जिल्ला भएको कारण गुल्मी संगको सहकार्यमा अर्घाखाँची र गुल्मीलाई कफीको सुपर जोन समेत बनाउने कुरा भएको भएको पनि कार्यान्वयन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?