ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

‘नेपाल उत्कृष्ट गन्तव्य हो, सस्तो गन्तव्य होइन ।’–एनएचए अध्यक्ष पाठक

१४ फाल्गुन २०८०, सोमबार
१४ फाल्गुन २०८०, सोमबार

बुटवल, १४ फागुन । नेपाल उत्कृष्ट गन्त्ब्य भएको भन्दै यहा गुणस्तरीय सेवामा जोड दिन जरुरी रहेको होटल ब्यवसायीहरुले जोड दिएका छन । ऐतिहासिक, परम्परागत, सास्कृतिक र भौगोलिक बनावटको हिसाबबाट समेत नेपाल उत्कृष्ट गन्तव्य भएको भन्दै यहा रहेका सेवा उद्योग गुणस्तरीय सेवामा ध्यान दिन जरुरी रहेको नेपालिज होटलियर्स एशोसिसयन लुम्बिनीका अध्यक्ष प्रविण बहादुर पाठकले सोमबार पत्रकार सम्मेलनमा बताए । आफ्नो सेवाको विविधतालाई पहिचान गरि बिक्रि गर्न जरुरी रहेको उनले बताए । नेपालको भौगोलिक बनावट र अवस्थितिको कारण पनि संख्यात्मक भन्दा पनि गुणस्तरीय पर्यटन भित्राउन सकिने सम्भावना रहेको बताए । यसतर्फ कार्ययोजना अघि बढाउने लक्ष्य अनुसार संस्था जन्माएको उनले बताए ।

विश्व सम्पदा सुचिमा सुचिकृत सात वटा स्थल काठमाडौ रहेको, जिवित भगवान कुमारी लगायत धेरै नेपाललाई विश्वमा चिनाउन सकिने हाम्रो चिनारी रहेको उनले बताए । पर्यटकलाई लक्षित गरि बुद्ध जन्मस्थल लुम्बिनीमा वर्थिङ केन्द्र स्थापना गर्न लुम्बिनी विकास कोषसंग सुझाव पेश गरेको दाबी गर्दै पछिल्लो समय यो कुरा निक्कै प्रचारमा रहेको बताए । ‘हामीले पर्यटन सुधारका २४ बुदे माग सरकारसंग राखेको छौ, साथै धेरै पटक डेलिगेसन समेत दिएका छौ ।’—उनले भने । गुल्मीको कफि, छपियाको माछा परिकार, बुटवलमा नाईट लाईफ जस्ता अभियानलाई अघि बढाएको उनले बताए । पर्यटक ६ घण्टा भन्दा बढि सवारी गर्न नपाउने प्रावधान रहेपनि नेपालको सडक विकास कार्यको कारण धेरै समस्या रहेको छ । विश्वका धेरै देशहरु पर्यटक भित्राएर समृद्धि भईरहेको उनले उदाहरण दिदै उनले पर्यटनबाट आर्थिक समृद्धि सम्भव रहेको बताए । यहाँ रहेका सरोकारवाला संघसंस्थाहरु बिच समन्वय अभाव, सरकारको उदारनितिका कारण समस्या रहेको उनले बताए । नेपालमा साहसिक पर्यटन अर्को बिकल्प रहेको उनले बताए ।

कार्यक्रममा एशोसियसनका उपाध्यक्ष दिलिप गौचनले पर्यटन मुख्य मुद्दा बनाएर सेवा उद्योगलाई अघि बढाएको बताए । नेपाल पर्यटनबाट आर्थिक समृद्धिको सम्भावना रहेपनि त्यसको फाईदा लिन नसकेको यथार्थ रहेको उनले बताए । विश्व शान्तिका दुत भगवान गौतम बुद्धको जन्मस्थलमा केही प्रतिशत धार्मिक पर्यटक भित्राउन सके ठूलो आर्थिक लाभ लिन सकिने उनले बताए । देशमा रहेका समयसापेक्ष नीति अभाव कै कारण वर्तमान पर्यटन उद्योग नकारात्मक दिशामा जान लागेको उनले बताए । ‘नया युग अनुसारको नीति सरकारले ल्याउन जरुरी छ ।’– उनले भने ।

कार्यक्रममा एशोसियसनका महासचिव विकास पाण्डेले लुम्बिनीमा धार्मिक पर्यटकको सानो हिस्सामात्र भित्रदै गरेको भन्दै यसलाई बढाउने गरि अभियानलाई अगाडी बढाउन जरुरी रहेको बताए । एशोसियसनमा हाल ४१ वटा होटलहरु संस्थागत भएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?