ट्रेंडिंग:

>> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

प्राकृतिक बिपद र विस्थापनको पीडा

१४ फाल्गुन २०८०, सोमबार
१४ फाल्गुन २०८०, सोमबार

अहिले विश्वभरी आफ्नो थातथलो छोडेर अन्यत्र जानेहरूको संख्या बढिरहेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धि उच्चायोगका अनुसार सन् २००८ यता प्रतिवर्र्ष करिव २ करोड ७० लाख मानिसहरू प्राकृतिक विपत्तिको कारणले विस्थापित हुने गरेका छन । सन् २०२२ मा मात्र विस्वभर ३ करोड २६ लाख मानिस विभिन्न किसिमका प्राकृतिक विपत्तिको कारणले विस्थापित भएका थिए । मानिसहरूलाई विस्थापित हुन बाध्य गराउने प्राकृतिक विपत्तिहरूमा मौसमजन्य विपत्ति, वातावरणीय प्रतिकुलन र मानव सिर्जित वातावरणीय विपत्तिहरू पर्दछन । आन्तरिक विस्थापन अनुगमन केन्द्रका अनुसार विश्वका कुल विपत पिडित विस्थापितहरू मध्ये ९२ प्रतिशत मौसमजन्य प्रकोपको कारणले उत्पन्न भैरहेका छन । बाढी, पहिरो, सामुन्द्रीक आंधी, सुख्खा र खडेरी, भूकम्प, ज्वालामुखी विस्फोटन, डढेलो जस्ता विपदहरू आन्तरिक विस्थापनको मुख्य कारण बनिरहेको भएपनि नेपालमा मुख्यगरी बाढी पहिरो र भूकम्प नै विस्थापनको कारण भएको देखिन्छ ।

विषम भू–बनोट र अव्यवस्थित संरचनाको कारणले नेपालले वर्र्षेेनी धेरै प्राकृतिक विपत्तिहरूको सामना गर्नु परिरहेको छ । ग्लोबल डिजास्टर मनिटरिंग सेन्टरका अनुसार नेपाल मौसमजन्य प्रकोपको जोखिममा भएका देशहरू मध्ये चौथो स्थानमा पर्दछ । त्यसैगरी नेपाल भूकम्पीय जोखिमको दृष्टिमा एघारौं र बाढीको जोखिमको दृष्टिमा तीसौं स्थानमा रहेको छ । राष्ट्रिय अनुकूलन कार्ययोजनाका अनुसार नेपालका ७५ जिल्लाहरू मध्ये बाढीबाट १६ जिल्ला, पहिरोबाट ४८ जिल्ला, हिमताल विस्फोटनबाट १९ जिल्ला र सुख्खाको जोखिममा ४० जिल्लाहरू रहेका छन । त्यसैगरी विपद व्यवस्थापन केन्द्रका अनुसार नेपालका २३ जिल्लाहरू डढेलोको उच्च जोखिममा रहेका छन । यी तथ्यांकहरूलाई हेर्दा नेपालका सबैजसो जिल्लाहरू कम्तिमा पनि एउटा प्राकृतिक विपत्तिको जोखिममा रहेको देखिन्छ । कमजोर भूबनोट, छोटो समयमा अत्यधिक वर्षा, वन विनास, अनियन्त्रित निर्माण कार्य र जलाधार क्षेत्रमा अतिक्रमण जस्ता कारणहरूले गर्दा नेपालमा हरेक वर्ष ठूलाठूला प्राकृतिक विपत्तिहरू दोहोरिईरहेको पाइन्छ । नेपालमा वर्र्षेनी एक हजार भन्दा बढी प्राकृतिक प्रकोपका घटनाहरू हुन्छन । प्राकृतिक विपत्तिबाट धनजनको ठूलो क्षति मात्र भैरहेको छैन, लाखौं मानिसहरू विस्थापित समेत भैइरहेका छन् । वर्षायाममा नदि कटान र डुबानबाट हरेक वर्ष तराईमा सयौं हेक्टर जग्गा बलौटे भूमिमा परिणत हुने र त्यहाँका बासिन्दाहरू विस्थापित हुने क्रम दोहोरिएको पाईन्छ । २०८० बैशाख १ गते यता मात्र देशभर बाढी, पहिरो, भूकम्प, लू, शितलहरका १४७३ घटनामा ८७४७ परिवार प्रभावित भएका छन् भने २०० जनाको मृत्यु भएको देखिन्छ. शितलहर, लू जस्ता प्रकोपबाट मानिस विस्थापित नहुने भएपनि बाढी, पहिरो र भूकम्पपछि मानिसहरू आफ्नो थातथलो छोड्न बाध्य हुने गरेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा आफ्नो थातथलो छोडेर अन्यत्र बसोबास गरिरहेका कूल ९३४१४०८ जना मध्ये ०.६५ प्रतिशत अर्थात ६१०२९ जना प्राकृतिक विपत्तिको कारणले आफ्नो पुरानो थातथलो छोडेको देखिन्छ. प्रत्यक्ष रूपमा देखेको यो संख्या सानै भएपनि अप्रत्यक्ष रूपमा विपदसंग जोडिएका विस्थापितको संख्या ठुलो हुने गरेको छ ।

नेपालमा ९० प्रतिशत भन्दा बढी जनसंख्या आधारभुत खानेपानीको पहुंचमा भएको देखीएपनि नियमित र सुरक्षित पिउनेपानि सुविधा पाउने जनसंख्या थोरै मात्र छ । धेरै पहाडी र चुरे क्षेत्रका वस्तीका बासिन्दाहरू अझैपनि आधारभुत पिउने पानीको पहँुच भन्दा टाढा छन । केही पहाडी जिल्लाहरूका केहि ठाउमा मानिसहरूले खानेपानीको जोहो गर्न दिनहुँ तीन घण्टासम्म हिड्न बाध्य भएका समाचारहरू बेलाबेलामा आइरहन्छन । खानेपानीको कारणले गाउँ नै बसाइ सरेर अन्यत्र जाने क्रम पनि बढेको छ । त्यसैगरी भारतले सिमानामा बनाएका विभिन्न बाँधको कारणले तराईको दक्षिणी क्षेत्रमा वर्षेनी हुने डुबान, चुरे क्षेत्रको मरुभूमिकरण,सिंचाइको असुबिधा, घाँस दाउराको अभाव जस्ता कारणले पनि आफ्नो ठाउ छोडेर अन्तै जाने र जान खोज्नेहरूको कारणले गर्दा आन्तरिक विस्थापितहरूको संख्या वर्षेनी बढ्दो छ ।

प्रकोपजन्य समस्याको कारणले विस्थापित बन्न बाध्य हुनेहरूमा अधिकांश मानिसहरू विपन्न र ग्रामिण क्षेत्रकै हुने गरेका छन । वातावरणीय विपत्तिबाट धनीहरू समेत प्रभावित हुने भएपनि प्रकोपपछि उनीहरू अझ सुरक्षित र सुविधाजनक ठाउँमा बसोवास गर्न थाल्छन तर विपन्न र गाउँलेहरूले सुरक्षित ठाउँको व्यवस्था गर्न र नयाँ बसोबासको व्यवस्था गर्न सक्दैनन् । जसले गर्दा उनीहरू पहिलेकै विपद प्रभावित क्षेत्रमा फर्कन वा अन्य जोखिमयुक्त ठाउमा बस्न बाध्य हुन्छन । विपद् प्रभावित विस्थापितहरूको सहज रोजाई नदि किनारका जग्गा, सडक किनारा र जंगल क्षेत्र हुने गरेका छन । गत वर्षका बाढी प्रभावितहरू मध्ये अधिकांश मानिसहरू सरकारी र सामुदायिक वन क्षेत्र मै अझै सम्म बसोबास गरिरहेको देखिएको छ । यसपालिको भूकम्प प्रभावितहरू मध्ये धेरैले वन, सार्वजनिक पर्ती जग्गा, र नदी किनारमा अस्थायी बसोबास बनेका खबरहरू आइरहेका छन । केहि मानिसले बाध्यताले यस्तो ठाउँमा बसिरहेका छन भने केहि मानिसहरू भूकम्प प्रभावितको नाममा योजनावद्ध ढंगले वनजंगल अतिक्रमण मा लागेको देखिएको छ । यसरि हेर्दा वातावरणीय समस्याको कारणले विस्थापित हुन बाध्य भएकाहरूको कारणले प्राकृतिक श्रोत साधनमा अतिक्रमण गर्ने र त्यसबाट फेरी अर्को वातावरणीय समस्याहरू उत्पन्न हुने क्रम चलेको देखिन्छ ।

प्राकृतिक प्रकोप आफैमा एक पिडा हो र विस्थापित भएर अर्को ठाउँमा जानुपर्ने बाध्यता उत्पन्न हुनु त्यो भन्दा ठूलो पिडा हो । नेपालमा दशकौंदेखि वातावरणीय विस्थापनको चक्र चलिरहेको छ र यसबाट वातावरणीय, आर्थिक र सामाजिक क्षेत्रमा नकारात्मक प्रभाव समेत परिरहेको छ । अहिले नेपाल सरकारले भूकम्पबाट विस्थापित भएकाहरू र भूकम्पको कारणले जोखिममा परेका केहि वस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने योजना अघि सारेको छ । सरकारले योजना कार्यान्वयन गर्दा प्रकोप प्रभावित विस्थापितहरूलाई सके सम्म उनीहरूकै थातथलोमा सुरक्षित ढंगले बसाल्ने कुरालाई प्राथमिकता दिनु पर्दछ । यदि पुरानो ठाउँ वातावरणीय सुरक्षाको दृष्टिले अनुपयुक्त छ भने मात्र नयाँ ठाउँमा वातावरणीय दोहन नहुने गरि एकीकृत वस्ती निर्माण गर्ने काम कडाइका साथ गर्नु पर्दछ । सरकारले नया वस्ती निर्माण गर्दा जल, खेतीयोग्य जमिन र जंगलमा असर नपुग्ने र भविस्यमा प्राकृतिक प्रकोप आउने सम्भावना नभएको ठाउमा वस्ति निर्माण गर्ने कुरामा ध्यान दिनु पर्छ । प्रकोप पीडितहरूलाई आफुखुसी जमिन र जंगलको उपभोग र दोहन गर्न दिनु हुदैन । प्रकोपको कारणले विस्थापित भएकाहरूलाई बसोबासको पहँुच उपलब्ध गराउनु मानवीय धर्म र राज्यको कर्तब्य हो तर मानवियता र कर्तव्यको नाममा विस्थापितहरूलाई वातावरणीय श्रोतहरू दोहन गर्न दिनु भनेको फेरी अर्को विपत्तिलाई निम्तो दिनु हो । यसतर्फ सम्बन्धित सबैले बेलैमा ध्यान दिनु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?