ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

‘महिलाले वर्ष दिन कुर्नुपर्ने छैन पालो’

१४ फाल्गुन २०८०, सोमबार
१४ फाल्गुन २०८०, सोमबार

नवलपरासी, १४ फागुन । जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालले पाँच बर्ष पछि पुनः पाठेघर खसेका महिलाहरूको निःशुल्क अप्रेसन गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको पहलमा जिल्ला स्थित विभिन्न संघ संस्था र स्वास्थ्य मन्त्रालयसँगको पहलबाट संभव भएको हो ।
स्वास्थ्य कार्यालय तथा विभिन्न पालिकाको सहयोगमा गाउँ गाउँमा पाठेघर खसेका महिलाहरू स्क्रिनिङ गर्ने कार्य गरि प्रादेशिक अस्पताल पठाउने गरेको थियो । प्रादेशिक अस्पतालले पालो मिलाउदा ति महिलाहरूको पालो एक बर्ष पछि आउँदा जिल्लाका महिलाले पीडा सहँदै पालो पर्खिनुपर्ने बाध्यता थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पंथीका अनुसार जिल्ला अस्पतालमै जटिल प्रकारका पनि अप्रेसन निरन्तर भइरहेको हुँदा पृथ्वीचन्द्रमै अप्रेसन शुरु गराउन लागिएको हो । गरिब विपन्न महिलाहरूलाई अप्रेसनमा लाग्ने खर्च ब्यहोरिँदै सेवाग्राहीलाई निःशुल्क गराउने पहल गरिएको छ । । उनका अनुसार बर्दघाट नगरपालिका र सरावल, सुस्ता, प्रतापपुर गाउँपालिकाका महिलाहरूलाई सिजी फाउण्डेसनले खर्च ब्यहोर्नेछ । त्यसैगरि पाल्हीनन्दन गाउपालिकाका महिलाहरूलाई इन्द्रेणी समाजिक विकास मञ्च र बाँकी रामग्राम र सुनवल नगरपालिकाका महिलालाई पर्ने खर्च लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले ब्यहोर्नेछ । पृथ्वीचन्द्र अस्पतालमा अहिले स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.अजेन्द्र यादव पुनः कार्यरत हुँदा सो अप्रेसन गर्न सहज हुने देखिएको छ ।

विगत पाँच बर्ष पहिला पनि डा.यादव नै कार्यरत हुदा लुम्बिनी प्रदेश सरकारले अनुदान उपलब्ध गराएर ८५ जना महिलाको पाठेघर खसेका महिलाहरू सफल अप्रेसन भएको थियो । सरकारी निर्देशिका अनुसार पाठेघर खसेका महिलाहरूको अप्रेसन गर्दा प्रति महिला १५ हजार खर्च लाग्ने कार्यविधि अनुसार अस्पतालले खर्च पाउने छ । जसमा अप्रेसन गराउन आउने महिलाहरू १ हजार यातायात खर्च समेत जोडिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले अप्रेसनका लागि स्रोत ब्यवस्थापन गरि ल्याएको हुदा फागुन १३ गते अस्पताल,सम्बन्धित संघसस्था र जिल्ला स्वास्थ्य कार्यालयका विच सम्झौता गरि १३ गते बाटै सो अप्रेसन शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.किरन पाण्डेले बताए । अस्पतालमा अहिले सेवाग्राहीको विश्वास बढदै गएको छ, उनले भने, बर्षाै कुरेर अप्रेसन गराउने बाध्यता अब हटेको छ । निशुल्कका लागि विभिन्न स्रोतको ब्यवस्थापन गर्न परेर पनि सहुलियत शुल्कको सेवा अस्पतालले निरन्तर दिदै अप्रेसन गर्दै आएको उनले बताए । अस्पतालमा अहिले सेवा थप्दै गुणस्तर बनाउने कार्य निरन्तर हुदै आएको दाबी डा.पाण्डेको थियो । सबैको सहयोग निरन्तर हुदै गयो भन्ने अस्पतालले आफ्नो सेवा निरन्तर प्रभावकारी बनाउदै जाने योजना रहेको उनको भनाई थियो ।

कम उमेरमा विवाह गर्ने,धेरै सन्तान पाउने,गर्भवती र सुत्केरी भएको वा महिनवारीका बेला पनि क्षमता भन्दा बढि भारी उठाउने,पोषणको कमी लगायतका विभिन्न कारणले महिलाहरू पाठेघर तल खस्ने गरेको डा.यादवको भनाई थियो । त्यसका लागि गाँउ घरमा निरन्तर पाठेघरको स्क्रिनिगँ गराउने कार्य गर्नु पर्छ । त्यसले पाठेघरको समस्या जानकारी हुन्छ । पाठेघरको अप्रेसन गरेर झिकिदिए पछि धेरै जसो समस्या समाधान हुनेछ । अहिले पनि गाँउघरका महिलाहरू पाठेघरको समस्या लिइएर भारत विहार चम्पारनको बाल्मिकीनगर(भैसालोटन) बजारमा जाने गरेको सुनिएको छ । तर त्यहाँबाट फर्कदा धेरै जासो इन्फेक्सनका समस्याहरू समेत आउने गरेको उनले सुनाए । यसकारण सरकारी अस्पतालमै आएर अप्रेसन गराई निरन्तर फ्लोअपमा बस्दा जटिलता नहुने डा.यादवले भने, यसका लागि स्थानिय सरकारले पनि आफ्नो बजेट कार्यक्रममा महिलाहरूको पाठेघर स्क्रिनिगँ गराउने र अप्रेसन खर्चको ब्यवस्थापन गर्नुू पर्छ ।

अस्पताल सञ्चालनमा आएसँगै यहाँका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार हुनुका साथै समयमा नै उपचार सुविधा पाउने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए । अस्पतालको सेवालाई थप गुणस्तर बनाउदै लैजाने योजनामा पनि लागेको उनको भनाई थियो । उनका अनुसार पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा, सुचर सेवा,बहिरँग सेवा(ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा, जनरल मेडिसिन, स्त्रिी तथा प्रसुती, मानसिक रोग, बालरोग, नाक कान घाँटी, दन्त रोग विभाग, फिजिओथेरापी सेवा रहेका छन् । त्यसैगरि अल्ट्रासाउण्ड, डिजिटल एक्सरे, इसिजी, प्रयोगशाला, विरामी भर्ना जनरल, फर्मेसी सेवा, प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा, एचआईभि परामर्श केन्द्र, लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन (ओसीएमसी), क्षयरोग, कुष्टरोग क्लिनिक,जीन स्पट सेवा, सस्थागत क्लिनिक सेवा,प्लाष्टर। सामाजिक सेवा इकाई, सोधपुछ परामर्श तथा नियमित रूपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?