ट्रेंडिंग:

>> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित

युवा पलायन रोक्न नीति र कानुन मात्र प्रयाप्त छैन : गृहमन्त्री पाण्डेय

१३ फाल्गुन २०८०, आईतवार
१३ फाल्गुन २०८०, आईतवार

भैरहवा, १३ फागुन ।

लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले युवाहरुलाई रोक्न सरकारले बनाउने नीति र कानून मात्रै पर्याप्त नहुने धारणा राखेका छन् । उनले यसका लागि समाज र अभिभावकको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।

सन शाइन आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर–८, रुपन्देहीको ४२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई शनिबार भैरहवामा सम्बोधन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् ।

उनले भने, ‘युवाहरुलाई स्वदेशमै रोक्न सरकारले नीति तथा कानून बनाउँछ । तर, कानूनले मात्र युवा रोकिदैनन्, यसका लागि समाज र अभिभावकको भूमिका आवश्यक छ । पैसाले व्यक्तिको मूल्यांकन र तुलना गर्नुहुँदैन । अभिभावकहरुले निराशाका कुरा गर्दा त्यसले सन्तानमा पनि नकारात्मक असर पुग्छ ।’

उनले विदेश जाने मान्छे मात्र ठूलो र महान हुन्छ भन्ने जस्तो दृष्टिकोण तथा विचार बनाइएको भन्दै पैसाले व्यक्तिको तुलना र मूल्यांकन गर्न नहुने बताए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले सकारात्मक सोच विश्वको लागि सबैभन्दा ठूलो चुनौति रहेको बताए । सकारात्मक सोचका साथ अघि बढे मात्र जीवनको लक्ष्य प्राप्त गर्न सकिने उनले बताए । उनले नकारात्मक सोच र परनिर्भरताबाट माथि उठ्न आग्रह गरे । लागूऔषध दुव्र्यसनीमा फसेका युवाहरुलाई दुव्र्यसनीबाट टाढा राख्न र समाज निर्माणमा लगाउन सरकारले जनचेतनामूलक कार्यक्रम गर्ने उनको भनाइ छ ।

मन्त्री पाण्डेयले भने, ‘हामी गौतमबुद्धको जन्मस्थल पवित्रभूमि लुम्बिनीमा छौं । भगवान बुद्धको मूल मन्त्र अप्पदिपो भवः अर्थात आफ्नो दीप आफैं बन्नुपर्छ । परनिर्भरताबाट बच्नुपर्छ । लुम्बिनी क्षेत्रका जग्गा कठ्ठा, धुर र बिगाहमा तथा यहाँको माटो टिप्पर र ट्रलीमा नभइ ग्राममा विक्री गर्न सक्छौं । एक ग्राम माटो एक डलरमा विक्री गर्न सकिन्छ  । ’लुम्बिनीको विकासमार्फत मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने उनको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादनको ब्राण्डिङ र बजारीकरणमार्फत दुई लाख युवाहरुलाई रोजगारी दिने नीति तथा कार्यक्रम बनाएको मन्त्री पाण्डेयले बताए । नयाँ नेपाल नभइ व्यवस्थित नेपाल बनाउनुपर्ने उनले धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?