ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

दुर्लभ रक्तदाताको बुटवलमा भेला

नगरबासीको स्वास्थ्यप्रति सरकार गम्भीर छ । –उपप्रमुख अर्याल
१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

बुटवल, १२ फागुन । नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देही दुर्लभ रक्तदाता भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्वस्थ्य रगतः सबैको लागि नारासहित दुर्लभ रक्तदाताहरुको भेला सम्पन्न भएको हो । कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गर्दै नगरबासीको स्वस्थ्यको बारेमा आफुहरु गम्भिर भएको बताईन । रक्तदान मानव स्वस्थ्यसंग जोडिएको पवित्र काम भएको भन्दै उनले गरबासीहरुलाई निशुल्क रक्तदानको ब्यवस्थापन गरेको समेत बताईन । स्थानिय सरकार रगत ब्यवस्थापनको अभियानलाई सधै साथसहयोग गर्दै आएको बताईन । रगत अभावमा कुनै पनि बिरामीलाई मृत्युवरण हुन नदिन संस्थागत रुपमा भएको अभियान महत्वपूर्ण भएको उनले बताईन । दिर्घरोगीहरुलाई वार्षिक कार्ययोजना बनाएर सहयोग गर्दै आएको उनले बताईन ।

कार्यक्रममा ३० जना बढि रक्तदाताहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले दुर्लभ रक्तदाताहरुको भेला तथा सम्मान गरि संस्थागत एकतावद्घ बनाईने बताए । निशुल्क रक्तदान गर्ने रक्तदाताहरुको सहि तथ्याक राख्ने कामको जिम्मा लिएको नेपाल रेडक्रसबाट काममा चुकेको उनले दुखेसो गरे । रुपन्देहीमा ३५७ जना दुर्लभ रक्तदाताहरु रहेको उनले बताए । ब्लड बैकको २०७९/८० मा ३२ हजार पोजिटिभ खपत हुदा ७९४ युनिटमात्र नेगेटिभ रक्तदान खपत भएको उनले बताए । प्रत्येक शनिबार निरन्तर १२ वर्ष देखि रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए । रगत खपतका हिसाबमा पुरुषको तुलनामा महिलाहरुलाई धेरै रगत खपत हुने गरेको भन्दै रक्तदानमा अग्रसरता बढाउन विभिन्न कार्यक्रम गरिदै आएको उनले बताए । शरिरमा खेर जाने रगतलाई ३–३ महिनामा दान गरिदा त्यसबाट उपचारमा रहेका बिरामीहरु दुर्लभ रक्तदाताहरुलाई सहज हुने उनले बताए ।

कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा विवि राउतले बिरामीको उपचारमा चिकित्सक सधै गम्भीर हुने भन्दै कतिपय अवस्थामा शल्यक्रियाको क्रममा रगत अभावमा देखिँदा कठिनाई आईपर्ने बताए । कार्यक्रममा बालरोग विशेषज्ञ डा सन्तोष पोखरेल, चौराह हस्पिटल प्रालिका एमडी बिरु भण्डारी, रुपन्देही व्यापार संघका कोषाध्यक्ष मणि खनाल, लुम्बिनी प्रादेशिक अस्पतालका सत्यराज शाक्य, महासचिव अर्जुन प्रसाद पौडेलले रुपन्देहीलाई रक्तदाताको जिल्लाका रुपमा पहिचान बनाउन सफल भएको बताए ।

रुपन्देहीमा छरिएर रहेका दुर्लभ रक्तदाताहरुलाई संगठित गरि रगत अभावलाई पूरा गर्न संस्थागत रुपमा सहयोग गर्ने गरि संगठित गरिएको कार्यक्रम संयोजक भगवती अर्यालले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?