ट्रेंडिंग:

>> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु

भारतमा ‘नेपाली लज’

गोरखपुरको विकासका साक्षी हुन, भक्तराज हिराचन । उनी विगत ५० वर्षदेखि यहाँ नेपाली लज चलाएका छन । ८२ वर्षिय हिराचन अहिले पनि बिहानै सबेरै उड्छन । नित्यकर्म गर्छन । लजमा सेवाग्राहीसँग कुराकानी गर्छन । बहादुरबाट पर्यटन उद्योगमा नेपालीको उनले पहिचान बनाएका छन ।
१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

बुटवल, ९ माघ । ईमलीका बोटहरू, साना बाटा, सानासाना घरहरू, मुखमा पान चबाएका मानिसहरू तत्कालिन समयको गोरखपुरको स्वरूपलाई भक्तराज हिराचनले स्मरण गर्छन । वि.सं. २०३२ सालमा परिवारका दुई छोरा र छोरीसहित उनी गोरखपुर जाँदाको परिवेश उनलाई सम्झदा अचम्म लाग्छ । सुनौली कटेपछि रूपरंग र हाउभाउबाट पहाडीया र बहादुर भनेर सम्बोधन हुने नेपालीको पहिचानलाई फेर्न सफल भएका छन । पर्यटनसँग जोडिएको होटल ब्यवसायबाट उनले आफ्नो नयाँ पहिचान स्थापित गरेका छन । ‘धेरै परिवर्तन भए ।’–उनले सुस्केरा हाल्दै भने । पैसा तिरेर बास बस्ने भन्ने हुदैनथ्यो पहिले खाना खाएपछि बसाइँ निःशुल्क हुने गरेको उनी बताउँछन । जीवनमा धेरै उचारचढाव ब्यहोरेका उनी ५० वर्षदेखि गोरखपुरमा ‘नेपाली लज’ चलाएका छन । भर्ति हुन जानेदेखि ब्यापार ब्यवसाय र अन्य काममा जानेहरूको पहिलो रोजाईमा पर्छ नेपाली लज । जात अनुसार पनि थकाली भन्ने बित्तिकै मिठो खाना र सेवाबाट चिनिन्छन । उनै थकाली परिवारका हिराचन गोरखपुरमा आफनो छुट्टै पहिचान बनाएका छन ।

उमेर ८२ वर्ष टेकेको उनि अहिले पनि बिहान सबेरै उठेर आफै पुजापाठ सकेर ग्राहकको सेवामा लागेको पाउछौ । बुढेसकालमा पनि उनि निक्कै मेहनत गर्छन । लजको शुरुवाती चरणमा धेरै डाका आउने, नक्कली पुलिसबाट धम्कि खानुपर्ने जस्ता कुरा भन्दा अहिले नया पुस्तालाई कुनै फिल्मको कथा जस्तो लाग्ने उनि बताउछन । ‘सन ७२ मा खोलेको नेपाली लजको आफनै अस्तित्व छ ।’– उनले भने । शुरुवातका ४ वर्षमा ४ जना ब्यवसायीहरू भागेको उनले बताए । त्यो बेलाको नाम कमाएका श्याम थकाली बुटवलका भागे । ‘मैले यहा आईपरेका समस्याहरूको समाधानमा शारिरिक नभई बौद्धिक क्षमताको प्रयोग गर्दा सफल भए ।’–उनले भने । गोरखनाथ मन्दिर ट्रष्टको जग्गामा निर्माण भएको उनको लजको न्युन भाडादर छ । अर्को कुरा गान्धिजीको प्रणाली लिजको कारण सहजता रहेको उनि बताउछन । उनले आफनो पचास वर्षको अवधिमा गोरखपुरको बाटा बिस्तार देखि घरका बनावटका समेत धेरै परिवर्तन देखे ।

खासमा थाकखोला टुक्चे भएका उनि ५ भाइ मध्ये कान्छा थिए । मुस्ताङबाट १२ वर्षको उमेरमा हिडेका उनी पाल्पामा आफनो प्रारम्भिक अध्ययन पुरा गरे । त्यसपछि लागे गोरखपुर । जहा एमजी कलेजमा उनले हाई स्कुलसम्म अध्ययन गरे । पढ्दापढ्दै उनलाई स्वस्थ्य समस्या देखियो । क्षयरोगका लक्षणका कारण कमजोर भए । ‘त्यो बेला क्षयरोगभन्दा मानिस डराउने अवस्था थियो ।’–उनले भने । बिरामी परेसंग उनी पढाइ छाडे । करीब २ वर्ष बिश्राम गरे । निको भएपनि उनि ठेक्कापट्टा र ब्यापारमा लागे । गाउगाउमा गल्ला घुम्ने र भर्तिमा युवा जाने गर्थे । अझ उनि रहेको गोरखपुरमा गल्लाहरूले ल्याएका युवाहरू देख्थे । उनि केही समय नेपाल फर्किए । नेपालमा उनी सुब्बाको जागिर खाए ।
जागिरकै क्रममा उनी नेपालका धेरै ठाउ घुमे । महाकाली पुग्दा उनलाई स्मरण छ । यही समयमा उनी बैवाहिक बन्धनमा बाधिए । तनहु दुलेगौडाबाट उनले बिहे गरे । देशभित्र नै केही गर्ने सोच बनाएका उनि आफनो कर्मभुमि गोरखपुर जाने सोच बनाए । श्रीमति र दुई छोराछोरी लिएर उनि गोरखपुर हिडे । मान्छेलाई समस्या नपरेसम्म समाधानको बाटो नखुल्ने उनि बताउछन । ‘मैले धेरै संघर्ष गरे ।’– उनले भने । सधै सकारात्मक सोच र निरन्तर मेहनतका कारण परिवर्तन आफनो अनुकुल बनाउन सफल भएको उनी बताउछन । जिवनमा जुवातास, मादक पदार्थको लत भने कहिलै नभएको उनि सधै युवाहरूलाई प्रोत्साहन गर्छन । गोरखपुर बसाईमा उनि यहाको परिवर्तनको साक्षी हुन । भौतिक रूपमा परिवर्तन आएको यहाका जनतामा भने अझै परिवर्तन आउन बाकी रहेको उनि बताउछन । समग्र भारत र उत्तर प्रदेशसमेत अर्थ ब्यवस्थाका हिसाबमा अगाडी छ ।

‘आफूले आफै चिन्नुपर्छ । आफुलाई नचिन्नेले अरूलाई धोका दिन्छ ।’–उनले भने । पावरको दुरूपयोग महापाप हो । सानोठुलो भन्ने भन्दा पनि सफल हुनु ठूलो हुने उनी ठान्छन । ५० वर्ष लामोसमयदेखि गरेको मेहनतबाट उनी आफुलाई सफल र सन्तुष्ट ठान्छन । छोरा ब्यवस्थापन र छोरी चिकित्सक छन । छोरी अहिले काठमाण्डौमा मेडिकल कलेजको प्रोफेसर र छोरा ब्यवस्थापनमा काम गर्ने उनले बताए । शिक्षा र सकारात्मक भावनालाई जोड दिनुपर्ने उनि बताउछन । पैसा कमाउनुमात्र होईन यसलाई ब्यवस्थापन महत्वपूर्ण हुने उनी बताउछन । उनि अहिले लजमा एक्लै छन । श्रीमती पोखरा बस्छिन । लजमा ६ जना कामदार छन । उनि आफनो छोराछोरीकै रूपमा माया गर्छन । लजबाट हुने आम्दानीबाट सबैको खर्च उनले तिरिदिन्छन । घरमा विजुली, पानीदेखी छोराछोरीको पढाई खर्चसम्म तिरिदिन्छन । भैरहवा एयरपोर्टमा ४ कट्टा जग्गा, पोखरामा घर, काठमाडौमा छोराछोरी हुर्काएका उनि आफु भने गोरखपुरमा रमाएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?