ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

बाख्रा स्याहार्ने खुबी

झमसराले बाख्रा पालिरहेकी छिन् भने बाख्रा बेचेको पैसाले उनको परिवार पालिएको छ । उनी भन्छिन्, घर खर्च यहि बाख्राबाट भइरहेको छ । यसैको आम्दानीबाट जग्गा जमिन जोडियो, घर बन्यो, छोरा छोरीको विहेदान भयो ।
१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

बुटवल, १२ फागुन ।  झमसरा छन्त्याल ६४ वर्षकी भईन । लामो समय बाख्रापालनमा रमाएकी छन्त्याललाई यहि व्यवसायले नै पालेको छ । सन्तानको रहर, घरायसी खर्चको व्यवस्थापन उनले बाख्रा पालेर नै पुयाएकी छिन् । गाउँमा उनी र बाख्रा पर्यावाचीको रूपमा चिनिन्छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिकाकी झमसरामा यति धेरै बाख्रा र पाठापाठी मायाले हुर्काउन सक्ने खुबी छ ।
उनी भन्छिन्–‘जीवनलाई आर्थिक रूपमा माथि उठाउनको लागि यो व्यवसाय नै फलदायी बन्यो । शुरुमा महिला बहुउद्देशीय सहकारी संस्थाबाट २ हजार रुपियाँ ऋण लिएर बाख्रा पाल्न शुरु गरेकी हुँ, यो २०५७ सालको कुरा हो । त्यससबेला उन्नत जातको भनेर एउटा बाख्रालाई १८ सय रुपियाँमा किनेकी थिए । त्यसलाई संरक्षण गर्दै हुर्काउदै गरे, त्यो बाख्रो नै आर्थिक जोहोको माध्यम बन्यो । त्यसमा मेरो श्रीमानको सहयोग धेरै थियो, उहाँले पनि काम गर्न हौसला दिनुभयो । त्यहाँबाट पाल्न शुरु गरेको बाख्रा अहिलेसम्म मलाई पछाडी फर्किन परेको छैन । बिस्तारै बाख्रा बढ्न थाले, हुर्किएका पाठाहरू बेचेर आम्दानी हुन थाल्यो । अहिले पुराना दिन सम्झदा सपना जस्तो लाग्छ । देख्दा के होला जस्तो छ तर आम्दानी राम्रो हुन्छ ।

छन्त्याल भन्छिन्–‘बाख्रा भनेर हँुदैन यिनीहरूलाई असाध्यै माया र स्नेहले हुकाउनुपर्छ जसरी हाम्रा बाल बच्चाको स्यार सुसार गर्छाैं हामी । यसो गर्न नजान्दा नै हो धेरैले यो व्यवसाय गर्न चाहेर पनि सफल हुन सक्दैनन् । यिनीहरूको खानेकुरा स्याहार गर्ने तरिका सिक्न जरुरी छ । उनीहरूले के खाँदा स्वास्थ्य हुन्छन् भन्ने हेक्का राख्नुपर्छ । अनि मात्र बाख्राका साना पाठापाठी हुर्काउन सकिन्छ ।
पहिले पहिले त मैले पनि जानेर धेरै नोक्सान भएको छ । कहिले काँही व्यवसाय नै छोडु जस्तो पनि भएको थियो । तर पछि सिक्ने अवसर आयो । पहिले गाउँ विकास समितिले दिने तालिमहरू लिन पाए । सहकारीले पनि मलाई व्यवसायमूलक तालिम दियो । कतिपय अवस्थामा आर्थिक सहयोग पनि भयो त्यसैको सहाराले आजसम्म आई पुगे । अहिलेसम्म आई पुग्दा त कति बाख्रा पाठापाठी बेचे भन्ने हिसाब राखेर साध्य पनि भएन । आफ्नो घर खर्च यहिबाट पुग्यो जग्गा जमिन केहि थिएन जोडियो । घर बन्यो, छोरा छोरीको विहेदान भयो । यो सबै यहि बाख्राबाट जोडेको मेरो जीवनको सम्पत्ति हो ।

तर यहाँ सम्म आईपुग्न मसँगै मेरो परिवारले धेरै संर्घष गर्नु परेको छ । बाख्रा जसका लागि विहानै उठ्ने दाना पानी तयार गर्नु , उनीहरूलाई खोर सफा गर्नेदेखि घाँस तयार गर्ने चरनका लागि लैजाने दैनिकी हो । यसमा सबैको बराबर मिहनेत त छदैछ । त्यसमाथि म आफैले विभिन्न समयमा लिएको तालिमले सहज बनाएको हो । तालिम लिएपछि पशु बिरामी परेको थाहा पाउने देखि सामान्य उपचार पनि आफैले गर्ने हुदा सहज भएको हो । शुरुमा त यस्तो विषयमा जानकारी नहुँदा खानपान बिग्रेर एउटा माउ बाख्रा मरेको थियो । त्यसबेला मलाई ज्ञान कमी भएको थियो ।
छन्त्याल बाख्रा फर्ममा अहिले साना ठूला गरेर ४५ वटा बाख्रा छन् । त्यस मध्ये २० वटा माउ छन् । बेच्नका लागि तयार हुदै गरेका १२ वटा र अरू साना छन् भने केही जन्मने प्रक्रियामा रहेको छन् । उनको खोरमा अहिलेसम्म २ वर्ष पालेको बोका ६५ किलोसम्म भएको छ । अरू बाकी १ वर्षमा १८ किलो, २२ किलो, ३०, ३५ किलो हुने बित्तिकै बुटवल बजारबाट व्यापारी आएर किन्ने गरेका छन् । उनी भन्छिन्–तयार हुन परो बिक्रिका लागि बजारको गाह्रो छैन । गाँउघरमा पनि किन्नेको कमी छैन ।

अहिले छन्त्यालको खोरमा जमुनापारी (कान लामो) बयर जात, सिरोही जातका बाख्राहरू छन् । यिनीहरूलाई हुर्काउन बढाउनका लागि मन, तन दुबैले काम गर्नुपर्ने हुन्छ । त्यसका लागि मसँगै हाम्रो परिवारले ठुलो मेहनेत गरेका छौ । छन्त्याल भन्छिन्, अब यति लामो समयसम्म यी बाख्राहरूसँग बिते आज पनि उनीहरूसँग रमाईरहेकी छु । यो बेला रमाईलो लागे पनि उमेरले नेटो काटेको महसुस हँुदैछ । काम गर्नुपर्छ भने पनि काम शरिरले सक्न छाडेको छ । त्यसैले यो फर्म अब बुहारीको नाममा दिन मन लागेको छ । मैले गरेको काम उनीहरूले पनि राम्रोसँग गर्न सक्छन् । यो मेरो मनमा आएको सोच हो कस्तो हुन्छ हेरौ ।

अहिलेसम्म व्यवसायिक रूपमा बाख्रा पालेकी छन्त्यालले केही रकम पाएको बताउँछन् । बाख्राका लागि घाँस बाट्ने मेसिन र खोर बनाउन सहयोग भएको बताईन । त्यतिले मात्र व्यवसाय गर्न सहज हुदैन । स्थानीय पालिकाले प्रोत्साहन गर्न जरुरी छ । युवाहरूलाई व्यवसाय गर्न प्रोत्साहन गर्नुपर्छ । हिजोको दिनमा आर्थिक अवस्था कमजोर हुँदा शुरु गरेको व्यवसाय अब छोरा बुहारीलाई हस्तान्तरण गर्दै गर्दा सहयोग र प्रोत्साहन दिने हो भने आफ्ना सन्तानले पनि व्यवसायलाई निरन्तरता दिन सक्छन्, छन्त्यालले आत्मविश्वासका साथ भनिन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?