ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

३४ विमानस्थलमा टेलिकमको फ्रि वाइफाई

११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं ।

नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच शुक्रबार सहमति भएको छ ।

सो सहमतिपत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्र अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रि वाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा फ्रि वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्नेछ ।

त्यसैगरी विमानस्थलभित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ ।

फ्रि वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ । त्यसैगरी यात्रुहरुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेशन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्रि वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुने टेलकमका प्रवक्ता हरि ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?