ट्रेंडिंग:

>> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै
शाइन रेसुंगा बैंक १६ औं वर्षमा

जिल्लाबाट शुरु भई राष्ट्रिय पहिचान,लुम्बिनीको एक नम्बर

११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

बुटवल,११ फागुन । तीन जिल्ला कार्यक्षेत्र भएर बुटवलबाट शुरु भएको शाइन र गुल्मी जिल्ला कार्यक्षेत्र भएको रेसुंगा विकास बैंक मिलेर  शाइन रेसुंगा डेभलपमेन्ट बैंक बन्यो । शाइन रेसुंगा बनेपछि तत्कालीन अवस्थामा राष्ट्र बैंकको मर्जर नीतिलाई समेत आत्मसाथ गर्दै बलियो र सुदृढ बैंक बनाउने उद्देश्यका साथ अन्य तीन बैंकलाई पनि गाभेर शाइन रेसुंगा राष्ट्रियस्तरको विकास बैंकको रुपमा राष्ट्रिय पहिचान बनाएको छ ।

पांच वटा विकास बैंकहरु मर्ज भएर लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफल बैंक पनि शाइन रेसुंगा नै बनेको छ ।

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै शाखा, धेरै कारोबार र धेरै ग्राहक सहित प्रदेशको बलियो बैंक पनि शाइन रेसुंगा नै भएको छ ।
२०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा स्थापना भएको गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंक २०६९ मा मर्ज भई १० जिल्ला कार्यक्षेत्रसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो ।

शाइन रेसुंगाले प्यूठान जिल्ला कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई २०७३ जेठमा गाभेको थियो भने २०७५ मा तीन जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक र पाँच जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको थियो ।

शाइन रेसुंगाले नेपाल राष्ट्र बैंकबाट २०७६ मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकको रुपमा कारोबार गर्न स्वीकृति प्राप्त गरेको थियो ।
‘राष्ट्र बैंकको नीति अनुसार हामीले आफूलाई अर्थन्त्रको जिम्मेवार अंगको रुपमा मनन् गरेर सबल र सुदृढ वित्तीय संस्था बन्न मर्जरमा जानुपर्छ भन्ने निर्णयमा पुग्यौं र पार्टनर बैंकहरुको विश्वास जित्दै राष्ट्रियस्तरमा स्तरोन्नति भएका थियौं – इतिहास सम्झिंदै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले भने –‘हामीले सुरुदेखि नै इथिकल बैंकिङ, संस्थागत सुशासन र पारदर्शितालाई अंगाल्यौं, जसले गर्दा मर्जर सफल भयो र अहिले राष्ट्रियस्तरको विकास बैंकका रुपमा पहिचान कायम गरेका छौं।’

लुम्बिनी प्रदेशमा मात्रै बैंकका ७२ वटा शाखा कार्यालय छन् । लुम्बिनी प्रदेशलाई आधार बनाएर राष्ट्रियस्तरमा अग्रणी विकास बैंकको पहिचान बनाउने लक्ष्य छ,’ पौड्यालले भने । संघीय राजधानी काठाडौंमा मात्रै पाँच स्थान नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा सहित उपत्यकामा ८ वटा  शाखा कार्यालयहरु सञ्चालन गरेको छ ।

बैंकले स्थापनाकालदेखि नै इथिकल बैकिङको अभ्यास र आर्थिक सुशासन कायम गर्दै अघि बढेकाले विकास बैंकहरुमा अग्रणी र सेवाग्राहीको रोजाईको बैंक बन्न सफल भएको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुच पु¥याउने उद्देश्यले बैंकले पहाडी जिल्लामा शाखाहरु विस्तार गरेको र सूचना प्रविधको विकसित युग सुहांउदो डिजिटल बैकिङलाई प्राथमिकता दिएर अगाडि बढेको बताए ।

बैंकमा कुनै जोखिम आउन नदिन राष्ट्र बैंक का नीति निर्देशनहरु तथा प्रचलित कानूनको पूर्ण पालना र संस्थागत सुशासनमा शुन्य सहनशिलता, प्रभावकारी आन्तरिक नियन्त्रण अपनाएको अध्यक्ष पौडेलले बताए । कोभिड महामारीपछि विश्वव्यापी रुपमा अर्थतन्त्रमा परेको असर नेपालको बैकिङ क्षेत्रमा पनि परेको उल्लेख गर्दै अध्यक्ष पौडेलले अर्थतन्त्र लयमा फर्काउन बैंकिङ क्षेत्र सबल र सुदृढ हुनुपर्नेमा सरोकारवाला सबैको सकारात्मक साथ चाहिने बताए ।

बैकिङ क्षेत्र कमजोर भयो भने मुलुकको अर्थतन्त्र पनि कमजोर हुनेतर्फ सबै सजग भई सकारात्मक सोंचले अघि बढ्न अध्यक्ष पौडेलले आग्रह गरेका छन् । ८ अर्ब अधिकृत पुंजी र ४ अर्ब ७३ करोड चुक्ता पुंजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा छन् । बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो ।

शाखा सञ्जाल   : 
लुम्बिनी प्रदेशका १० जिल्लामा (रोल्पा र रुकुम बाहेक) ७२ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन कार्यालय,बागमती प्रदेशको चितवनमा १, काठमाण्डौमा ६, ललितपुरमा १, भक्तपुरमा १, गण्डकी प्रदेशको कास्कि जिल्लाको पोखरामा १, बाग्लुङ्गमा १, नवलपुरमा १,सुदुपश्चिम प्रदेशको कैलालीमा २, कन्चनपुरमा १ , कर्णाली प्रदेशको सुर्खेतमा १  गरी २० जिल्लामा ८८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन कार्यालय र १८ स्थानमा एटिएम सञ्चालनमा छन् ।
बैंकका ६ लाख ८० हजार भन्दा बढी ग्राहक संख्या रहेको छन् ।
बैंकले   आन्तरीक श्रोतवाट  ७४८ जना , बाह्य श्रोतवाट २२६ जना (सुरक्षा गार्ड तथा सहयोगी कर्मचारी), पुरुष कर्मचारी : ६१.९२ प्रतिशत , महिला कर्मचारी  ३८.०८ प्रतिशत गरी ९७४  जनालाई रोजगारी दिएको छ ।
 
वित्तीय अवस्था (२०८० पौष मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार)
निक्षेप परिचालन  :
रु. ६१ अर्ब १८ करोड (वचत निक्षेप २९.९१ प्रतिशत, मुद्धती निक्षेप ६४.४३ प्रतिशत, कल चल्ती तथा अन्य ५.६६ प्रतिशत रहेको) ।
कर्जा लगानी :
रु. ५२ अर्ब ४२ करोड रहेको (ब्यापार कर्जा २१.११ प्रतिशत, कृषि कर्जा ५.८८ प्रतिशत, आवाश निर्माण कर्जा ७.३६ प्रतिशत, विपन्न बर्ग कर्जा ६.३६ प्रतिशत, जग्गा खरिद कर्जा ५.६७ प्रतिशत, होटल तथा पर्यटन कर्जा १६.९२ प्रतिशत, उद्योग कर्जा १३.९५ प्रतिशत, उपभोग्य कर्जा १३.४४ प्रतिशत, हायरपर्चेज कर्जा १.८९ प्रतिशत, अन्य सेवा ब्यवसाय कर्जा (अस्पताल, शिक्षा आदी) ४.३२ प्रतिशत र अन्य कर्जा ३.१० प्रतिशत   ।
सामाजिक योगदानमा पनि अग्रणी
समाजसंगै बैंक भन्ने हाम्रो अभियान अन्तर्गत संस्थागत सामाजिक क्षेत्र अन्तर्गत विभिन्न सामाजिक क्षेत्रमा कार्य गर्दै आएको छ । दुर्घटना न्यूनीकरण, सरसफाई तथा वातावरणको संरक्षण, शैक्षिक क्षेत्र लगायतका अन्य क्षेत्रहरुमा वित्तीय जागरणका क्षेत्रहरुमा बैंकले आफूलाई जोडेको छ ।
 वातावरण संरक्षण
बैंक तथा वित्तीय संस्थाहरुको प्रत्यक्ष संलग्नता आर्थिक क्षेत्रमा रहेता पनि सामाजिक रुपमा समेत बैंक समाजप्रति उत्तरदायी हुनु पर्ने  मान्यता अनुसार बैंकले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न सकारात्मक योगदान गर्न , स्वच्छ वातावरण, स्वस्थ समाजको सोंच अनुरुप शाइन ग्रो ग्रीन प्रोजेक्ट सञ्चालनमा ल्याई चौधौ बार्षिकोत्सवमा १४ हजार र पन्ध्रौं वर्षमा एक हजार गरी १५ हजार बिरुवा आफ्ना शाखा कार्यालय रहेका क्षेत्रमा रोपेको छ ।
शाइन डिजिटल स्कूल परियोजना 
आम नागरिकका  दैनिक क्रियाकलापहरु डिजिटलमैत्री बन्दै को सन्दर्भमा ग्रामीण क्षेत्रका सरकारी / सामुदायिक विद्यालयहरुलाई डिजिटलमैत्री बनाउन डिजिटल स्कुल प्रोग्राम  अन्तर्गत सरकारी/ सामुदायिक विद्यालयहरुमा डिजिटल उपकरणहरु प्रदान  गरिएकोे छ । यस परियोजनालाई बैंकले हरेक वर्ष निरन्तरता दिने लक्ष्य लिएको छ ।
शाइन उद्यमशिलता  विकास कार्यक्रम 
युवा तथा विद्यार्थीहरुलाई आत्मनिर्भर वन्न सहयोग गर्ने उद्धेश्यले रुपन्देही, नवलपरासी र कपिलवस्तुका विभिन्न क्याम्पसमा अध्ययनरत २२५ भन्दा बढी विद्यार्थीहरुलाई उद्यमशिलता विकास सम्बन्धी तालिम प्रदान गरीएको छ भने आम सर्वसाधारणलाई आधारभूत बैंकिङ्ग जानकारी प्रदान गर्ने उद्धेश्यले डिजिटल साक्षरता र बैंकिङ साक्षरता सम्वन्धी कार्यक्रमहरु अभियानका रुपमा सञ्चालन गरिएको छ ।
आगामी दिनमा युवा उद्यमशिलता विकासका लागी संभावित युवा उद्यमिहरुवाट आवेदन माग गर्ने, प्राप्त आवेदन हरु मुल्यांकन गरी संभावित उद्यमिहरु छनोट गर्ने, छनोट भएका संभावित उद्यमिहरुलाई उदमशिलता विकास सम्वन्धि तालिमहरु प्रदान गर्ने र उदमशिलता विकासका लागी आवश्यक पूँजी जुटाउन सहयोग गर्ने लक्ष्य बैंकले लिएको छ ।
यस्तै कोरोना महामारीका बेला लुम्विनी प्रदेश सरकारलाई २५ लाख बढी रकम प्रदान गरेको थियो भने स्थानीय स्तरमा पनि संघ संस्थालाई सक्दो सहयोग गर्दै आएको बैंक नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले बताए । त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीमा आर्थिक पत्रकारिता पुरस्कारका लागि ५ लाख रुपैंयाको अक्षयकोष स्थापना गरेको छ । यसको ब्याज बाट हरेक वर्ष ५० हजार राशीको पत्रकारिता पुरस्कार वितरण भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?