ट्रेंडिंग:

>> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु

दादुरा रुबेला खोप अभियान सफल पारौं

११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

यही फागुन १३ अर्थात आईतबारदेखि प्रथम चरण र फागुन २० देखि दोस्रो चरण गरी उच्च जोखिम भनी पहिचान गरिएको तराईका २१ जिल्ला र काठमाण्डौं उपत्यकाका ३ गरी २४ जिल्लाहरूमा ९ महिनादेखि १५ बर्ष मुनिका सबै बालबालिका र न्युनतम जोखिम भनि पहिचान गरिएका बाँकी ५१ जिल्लाहरूमा ९ महिनादेखि ५ बर्षसम्मका सबै बालबालिकालाई अनिवार्य दादुरा रुबेलाको खोप लगाईने अभियान भएको हुनाले आ–आफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर खोप लगाउन जानकारी गराईन्छ । साथै यस अभियानमा ५ बर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाईने भएकोले बच्चाको पहिला खोप लगाउँदाको खोप कार्ड अनिबार्य लिएर जानको लागि पनि जानाकारी गराईन्छ । दादुरा रुबेला रोग लागेको १ जना ब्यक्तिले १८ जनासम्मलाई दादुरा रुबेला रोग सार्न सक्दछ । त्यसैले यो रोगबाट सुरक्षित रहन सम्पूर्ण बालबालिकालाई अनिवार्य रूपमा दादुरा रुबेला बिरुद्धको खोप लगाऔं । नेपालबाट दादुरा रुबेला रोग निबारण गरौं । रुकुम पश्चिम र जाजरकोट जिल्लालाई भुकम्पबाट प्रभावित जिल्लाको रूपमा पहिचान गरी ६ महिनादेखि १५ बर्ष मुनिका सबै बालबालिकालाई लक्षित उमेर निर्धारण गरी २०८० पौष ५ देखि १४ गतेसम्म खोप लगाई सकेको हुँदा देशका ७७ वटै जिल्लामा यो अभियान संचालन हुने जानकारी गराईन्छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग अन्तरगत रहेका सम्पूर्ण खोप कार्यक्रम संचालन भएका सुचिकृत स्वास्थ्य संस्थाहरूमा निशुल्क रूपमा राष्ट्रिय खोप तालिका अनुसार बिभिन्न घातक रोगहरूको बिरुद्धमा खोपहरू उपलब्ध भएको कुरा सर्बबिदितै छ । यस्ता घातक रोगहरूबाट भविष्यका कर्णधारको रूपमा रहेका बालबालिकाहरूलाई पूर्ण रूपमा बचाउनको लागि हरेक बाबा आमा दाजुभाई दिदिबहिनी र सम्पूर्ण स्वास्थ्यका सरोकारवालाहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यी घातक रोगहरूबाट बचाउन हरेक परिवारले आफ्ना बालबालिकाहरूलाई जन्मपश्चात १५ महिनाको उमेर पूरा हुँदासम्म अर्थात दुई बर्षभित्र स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीहरूसंग बच्चालाई भेटगरी खोप लगाई आफ्ना बच्चालाई घातक रोगबाट बचाउनु अत्यन्तै जरुरी र महत्वपूर्ण कार्य मानिन्छ । भनिन्छ नि रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस । ठिक त्यसैको उपजलाई मानेर यो कार्यलाई निकै महत्वको साथ हेरिएको छ । त्यसकारणले गर्दा हरेक स्वास्थ्य संस्थाहरूबाट सञ्चालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै सम्बेदनशील र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रूपमा हेरिने गरिन्छ । त्यसैले गर्दा यो खोप कार्यक्रमलाई पिवान कार्यक्रम अर्थात कार्यक्रमको पनि महत्वपूर्ण कार्यक्रम भनिएको छ । खोप नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको कार्यक्रम मानिन्छ । खोप कार्यक्रम देशैभरी नै नियमित रूपमा संचालन गरिदैै आएको छ ।

राष्ट्रिय खोप कार्यक्रमको सफलताले नेपालको शिशु तथा बाल मृत्यु दर घटाउनमा उल्लेखनीय रूपमा योगदान पु¥याएको छ । यो कार्यक्रमले खोपबाट बचाउन सकिने रोगहरूको नियन्त्रण, निवारण र उन्मूलनतर्फ हासिल गरेका उपलब्धिहरूमा जापानिज ईन्सेफ्लाइटिस रोगको नियन्त्रण मातृ तथा नवशिशु धनुष्टंकार रोगको निबारण र पोलियो रोग शुन्य अवस्थामा कायम गरी उन्मूलन गर्नेतर्फ अग्रसर भएको तथ्यलाई लिन सकिन्छ । दादुरा रुबेला रोग नियन्त्रण गर्न हामी सक्षम भएका छौं भने सन २०२६ सम्ममा यी दुबै रोगहरूलाई निवारण गर्ने लक्ष्य लिएका छौं । यसको लागि नियमित खोप सेवाको माध्यमबाट दादुरा रुबेला खोप ९ महिनाको उमेरमा पहिलो मात्रा र १५ महिनाको उमेरमा दोस्रो मात्रा दिदैं आएका छौं भने ४÷४ बर्षको फरकमा देशब्यापी रूपमा दादुरा रुबेला अभियान पनि संचालन गरिदैं आएको छ । अभियानमा दिईने यो खोप अतिरिक्त मात्रा भएकोले पहिला यो खोप लगाएका वा नलगाएका सबैले यस अबसरमा दादुरा रुबेला खोप लगाउनु पर्दछ । खोपबाट बचाउन सकिने कुनैपनि रोगको उन्मूलन निबारण नियन्त्रण गर्न नियमित खोपको कभरेज आधारस्तम्भको रूपमा रहेको हुन्छ । त्यसैले यस अभियानमा दादुरा रुबेला खोप लिन आउने ५ बर्ष मुनिका बालबालिकाहरूको नियमित खोपको अबस्था पहिचान गरेर छुटमध्ये केही खोपहरू समेत दिईने छ । यसको लागि खोप तथा खोप सामाग्री खरीद र सञ्चालन खर्चको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गाभीमा पेश गरेको प्रस्ताप स्वीकृत भई तदनुरूप सहयोग प्राप्त भएको छ ।
खोपको महत्व :
खोप निशुल्क पाईन्छ । खोप सुरक्षित छ । खोपले जीवन रक्षा गर्दछ । खोप ठूलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो । प्रत्येक पाँचजना बालबालिकाको मृत्युमध्ये एकजनालाई खोपबाट बचाउन सकिन्छ । खोपले जीवन बचाउँछ । खोप सबैभन्दा राम्रो खरिद हो । जनताको लागी निशुल्क अधिकार हो भने रोग लाग्ने दर, अपाङ्ग हुने दर र मृत्यु हुने दर घटाउने खोप कार्यक्रमको लक्ष्य हो । एकजना बच्चालाई सम्पूर्ण खर्च बेहोरेर हेर्ने हो भने सम्पूर्ण खोप पूरा गर्नको लागि ३० हजार रूपैंया खर्च लाग्ने भनिएको छ । त्यसकारणले पनि नेपाल सरकारले बच्चाको लागि निशुल्करूपमा बितरण गर्दै आएको खोप कार्यलाई निकै महत्वका साथ हेरि सम्पूर्ण अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाई घातक रोगबाट बचाउनु अत्यन्तै महत्वपूर्ण कार्य मानिन्छ ।

नेपाल सरकारले निशुल्क रूपमा बालबालिकाहरूका लागि संचालनमा ल्याएको यो खोप कार्यक्रमबाट प्राप्त हुने खोप हरूलाई बाहिरी रूपमा किनेर प्रयोमा ल्याउनको लागि हामी नेपालीहरूको क्षमता भन्दा अलि टाढाको बिषय भएको अर्थात हाम्रो क्षमताले भेट्न नसक्ने हुनाले आफ्ना बालबालिकालाई बिभिन्न घातक रोगबाट बचाउन तथा बालबालिकाहरूलाई लुलो, लङ्गडो, लठेब्रो, सुस्तमनस्थीति र बिक्षप्त क्षमताबाट जोगाउन तथा बच्चाको शारीरिक, मानसिक, सामाजिक र सम्बेगात्मक विकासमा पछि गएर कुनै असर नपरोस भन्नका लागि यी महत्वपूर्ण र निशुल्क रूपमा प्रगोगमा आएका नियमितरूपमा हरेक महिना संचालनमा ल्याईएका खोपहरूलाई आफ्नो पायक पर्ने नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा आफ्ना बालबालिकाहरूलाई लगेर अनिबार्य खोप लगाऔं । भविष्यका कर्णधारको रूपमा रहेका बालबालिकाहरूको स्वास्थ्यलाई बचाऔं । आफ्ना बालबालकिाहरूको भविष्य उज्वल बनाऔं । जानेर वा नजानेर कुनैपनि अभिभावकले बालबालिकाहरूको खोप लगाउन पाउनुपर्ने नैसर्गिक अधिकारबाट बञ्चित नगरौं । हरेक समय अभियानकै रूपमा चल्ने कुनैपनि खोप लगाउन आफ्ना बालबालिकालाई नछुटाऔं । अभियान सफल पारौं । बिभिन्न घातक रोगका साथै दादुरा रुबेला रोग निबारण गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?