ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

नयाँपनको समस्यामा बुटवलको ‘कृषि मेला’

११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

बुटवल, १० फागुन ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बिहीबारदेखि सुरु भएको कृषि मेलाले फरकपन दिन सकेको छैन । कृषि मेला भनिए पनि नगदे बालीलाई स्थान दिइएको छैन । मेलामा नयाँपन नहुँदा किसानको उपस्थिति हुन नसकेको चर्चा चलेको छ । संघले मेलास्थल निःशुल्क लिइ संचालन गरेको हो । सहभागी ८८ वटा स्टल मध्ये केही निःशुल्क गरिए पनि खाजा तथा नास्ताका स्टलबाट भने शुल्क उठाइएको छ । संघ र प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहीबारदेखि बुटवल मण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको हो । बिहीवार मेलामा किसान तथा अवलोकनकर्ताको उपस्थिति पातलो देखिएको छ । उद्घाटनका बेला किसानभन्दा विद्यार्थी बढी देखिएपछि आयोजकको आलोचना भएको थियो ।

मेलामा उत्पादन प्रवद्र्धन गर्ने खालका कार्यक्रम नदेखिदा आगामी दिनमा मेलाको आकर्षण नहुने डर बढेर गएको छ । मेला आयोजक बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले प्रदेश सरकार, बुटवल उपमहानगरपालिका, विभिन्न स्थानीय सरकार र संघसंस्थाले मेलाका लागि आर्थिक सहयोग गरेको बताए । “करिव १५ लाख रुपियाँ आर्थिक सहयोग उठ्ने देखिएको छ, कतिपयबाट आश्वासन प्राप्त भएको छ”–उनले भने ।
यहि फागुनको १४ गतेसम्म सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री मण्डारीलाल अहिरले गरेका थिए । मेलाको उद्घाटन गर्दै मन्त्री अहिरले नीति निर्माता, कर्मचारी र किसान विचको तालमेल नमिल्दा कृषिमा सोचेअनुसारको प्रगति गर्न नसकिएको बताए । उनले त्यसमाथि पनि दुःखले काम गरेका किसानलाई हुनुपर्ने भुक्तानी रोकिनु दुःखद रहेको बताए । मन्त्री अहिरले कृषि कर्म गरेका किसानलाई प्रोत्साहन र आवश्यक वातावरण बनाउन मन्त्रालय लागि परेको बताउदै किसानलाई सम्मान भएन भने देशको लागि कृषि क्षेत्रको योगदान बढ्नुको साटो घट्दै जाने बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरणको लागि मेला आयोजना गरिएको बताए । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले कृषिमा प्रशस्त सम्भावना भएपनि उपयुक्त वातावरण बनाउन नसक्दा देशले त्यसबाट लाभ लिन नसकेको बताए ।
बुटवल उद्योग वाणिज्य संघले २०६२ सालदेखि नियमित रूपमा विशिष्टिकृतको नाममा कृषि मेला गर्दै आएको छ । मेलामा सहभागी एक स्टलधनीले आफू जवर्जस्ती सहभागी भएको बताए । “मलाई आउने रुची थिएन, आयोजकले जसरी भएपनि आइदिनु पर्यो, मान्छे जुटाइदिने र उत्पादनको बजारीकरणमा हामीले सहयोग गर्छौं भनेर धेरैपटक अनुरोध गरेकाले सहभागी भएका हौं”–ती स्टलधनी कृषकले भने । प्रदेश स्तरीय कृषिमेलामा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका कृषक तथा उत्पादन को प्रर्वद्धन गर्ने भनिए पनि वागमती, गण्डकी प्रदेशका जिल्लाबाट सहभागि रहेका छन ।

पाँचदिनसम्म सञ्चालन गरिने मेलाको पहिलो दिन विभिन्न स्कुलका विद्यार्थीलाई सहभागी गराइएको थियो । मेलामा उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्ंछी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना जगाउने गरी कुनै योजना नदेखिएको अर्का स्टलधनी कृषकले बताए । कृषि मेलाका लागि मेला आयोजक बुटवल उद्योग बाणिज्य संघले लुम्बिनी प्रदेश सरकार, विभिन्न स्थानीय तह र संघसंस्था तथा कार्यालयहरूबाट २२ लाख बजेट सहयोग र अनुदान लिएको बताइन्छ । लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले कृषि मेलाका लागि ५ लाख बजेट छुट्टयाएको छ भने बुटवल उपमहानगरपालिकाले पनि ५ लाख बजेट बिनियोजन गरेको छ । त्यस्तै रूपन्देहीका तिलोत्तमा नगरपालिका, देवदह नगरपालिकालगायत विभिन्न स्थानीय तहहरूले पनि आर्थिक सहयोग गरेका छन् । मेलामा मुख्य प्रायोजन गरेको राष्ट्रिय बाणिज्य बैंकले २ लाख रुपियाँ सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?