ट्रेंडिंग:

>> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु

अबदेखि कर्णालीमा पोषणयुक्त चामल

१० फाल्गुन २०८०, बिहीबार
१० फाल्गुन २०८०, बिहीबार

सुर्खेत, १० फागुन ।

अबदेखि कर्णालीमा पोषणयुक्त चामल वितरण हुने भएको छ । पोषणमा सुधार ल्याउन खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले कर्णालीका जिल्लाहरूमा पोषणयुक्त चामल वितरण गर्न लागेको हो ।

यसअघि वितरण गरिएको चामलमा कम पौष्टिक तत्व हुँदा कुपोषण कायमै रहेपछि पौष्टिकयुक्त चामल वितरण गरिन लागिएको हो । जसका लागि कम्पनीले पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल’ (फोर्टिफाइड राइस) उत्पादन गर्न थालेको छ । गत पुसमा बर्दियाको राजापुर मिलबाट चामल उत्पादन सुरु गरिएको र कर्णालीमा बिक्रीका लागि वितरण शुरू गरिएको हो ।

पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलमा भिटामिन ‘ए’, भिटामिन ‘बी’, भिटामिन ‘बी २’, भिटामिन ‘बी ६’, भिटामिन ‘बी १२’, जिंक, आइरन, फोलिक एसिडलगायत शरीरलाई आवश्यक पर्ने तत्वहरु पाइन्छ ।

यसैबीच कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल उत्पादन तथा बिक्रीवितरण कार्यक्रमको शुभारम्भ समेत गरिएको छ । मिलमा कुटेर प्याक गरेको अर्थात अरू कुनै तत्व नमिसाइएको चामल खाँदै आइरहेकाले नागरिकको भान्सामा केही फेरबदल ल्याउन स्तरोन्नति गरिएको चामल’ कम्पनीले बिक्री शुरू गरेको खाद्य व्यवस्था तथा व्यापार केन्द्रका बिक्री–वितरण विभागका प्रमुख भीम थापाले जानकारी दिए ।

उनका अनुसार विभिन्न सूक्ष्म पोषण तत्व मिसाइएको चामल कर्णालीबासीको भान्सामा पाक्ने छ । ठुला मिलहरूबाट आठ थरी सूक्ष्म पोषण तत्व मिसाएर चामल उत्पादन सुरु गरिएको कम्पनीले उपलब्ध गराइरहेका कर्णालीका हिमाली तथा पहाडी जिल्लाहरूमा सुर्खेतबाट पठाउन शुरू गरिएको थापाले बताए । पहिलो चरणमा कर्णालीका जिल्लाहरूमा वितरण गर्ने गरी ६०० मेट्रिक टन चामल सुर्खेत पठाइसकिएको छ । उत्पादनको पहिलो चरणमा कर्णाली प्रदेशमा र क्रमशः अन्य प्रदेशहरूमा उत्पादन तथा वितरण सुरु गर्ने विभागका प्रमुख थापाले जनाए । आगामी भदौसम्म प्रदेशभर यस्तो चामल वितरण गरिसक्ने केन्द्रको तयारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?