ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

दुध खरीद गर्न माग गर्दै किसान महासंघले बुझायो ज्ञापनपत्र

९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

भैरहवा, ९ फागुन ।

अखिल नेपाल किसान महासंघ रुपन्देहीले विभिन्न माग राख्दै रुपन्देहीको प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको छ । महासंघले नेपाली किसानहरुले उत्पादन गरेको दुध बिना शर्त दुग्ध विकास संस्थानले खरिद गर्नुपर्ने, दुधको वक्यौता रकम अविलम्ब भुक्तानी गर्नुपर्ने, स्वदेशी कृषि तथा पशुजन्य वस्तुको उत्पादन हुँदाहुँदै बिना अवरोध विदेशी कृषि, पशुजन्य, दुग्धजन्य वस्तुको आयात तथा बजारीकरणलाई निरुत्साहित तथा पूर्ण रुपमा बन्देज गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै पशु आहारको गुणस्तर अनुगमन, मूल्य निर्धारण तथा पशु आहारमा अनुदानको व्यवस्था, वैदेशिक कृषि उपजहरुमा पूर्ण रोक र केहीमा कृषि सुधार शुल्क लगाउँदै आयातमा भन्सारदर बढाउनुपर्ने महासंघको माग छ । त्यसै गरी सीमा क्षेत्रमा रहेका दुध संकलन केन्द्र अविलम्ब बन्द गर्न माग गरिएको अखिल नेपाल किसान दुग्ध उत्पादक संघ रुपन्देहीका अध्यक्ष दिल्लीराज कंडेलले बताए ।

पशुमा लाग्ने रोगको औषधि किसान आफैले किन्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज तिलकराम घिमिरेले बताए ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले किसान महासंघसँग सहकार्य गर्दै अघि बढ्ने बताए । उनले भने, ‘यहाँहरुसँग भएका सूचना, तथ्य र प्रमाण उपलब्ध गराएर सहयोग गर्नुहोस् । नेपाली किसानको समस्या समाधानका लागि तत्पर छौं ।’

ज्ञापनपत्र बुझाउन बुधबार अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र गिरी, रुपन्देही जिल्ला अध्यक्ष कृष्ण प्रसाद पन्थी, केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज तिलकराम घिमिरे, अखिल नेपाल किसान दुग्ध उत्पादक संघ रुपन्देहीका अध्यक्ष दिल्लीराज कंडेललगायत जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?