ट्रेंडिंग:

>> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

परासीमा फागुन १६ देखि औद्योगिक व्यापार मेला, तयारी तीव्र

९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

सुनवल, ९ फागुन ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा यही फागुन १६ देखि ३० गतेसम्म छैठौं नवलपरासी औद्योगिक व्यापार मेला हुने भएको छ । मेलाको तयारी तीव्र पारिएको आयोजक नवलपरासी उद्योग वाणिज्य संघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । रामग्राम ५ परासी स्थित बाईपासमा हुने व्यापार मेलामा कृषि, पर्यटन र उद्योग क्षेत्रको प्रवद्र्धन गर्दै यस क्षेत्रको व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष ओमप्रकाश अग्रहरीले बताए ।

पुरातात्विक तथा ऐतिहासिक धार्मिक स्थल रामग्राम स्तुप, पण्डितपुर लगायत विभिन्न स्थलको स्थलहरुको थप प्रवद्र्धन गर्न पनि मेला सहयोगि हुने विश्वास लिइएको छ । मेलामा सूचना प्रविधिको प्रदर्शनी सहित यस क्षेत्रको विकास तथा व्यापार प्रवद्र्धनका सवालमा विभिन्न सेमिनार तथा अन्तत्र्रिmया कार्यक्रम पनि आयोजना गरिएको उपाध्यक्ष गिरिराज पाण्डेले जानकारी दिए ।

साथै बाल उद्यान सहित विभिन्न खानाका परिकार, जातिय पहिचान झल्कने कला संस्कृतिको प्रदर्शनी र स्थानीय तथा राष्ट्रिय कलारकारको प्रस्तुती रहने जनाईएको छ । मेलामा विभिन्न विधाका १ सय ५० स्टल रहने छन् । मेला यस क्षेत्रको आर्थिक विकासका लागि सहयोगी हुने विश्वास व्यक्त गर्दै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले अर्थतन्त्र ओरालो लागिरहेको विषम परिस्थितिमा निर्यात बढाउनुपर्नेमा जोड दिए ।

दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको व्यापार मेलामा करिब पाँच करोड बराबरको आर्थिक कारोबार हुने अनुमान छ । मेलामा एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थी तथा समूह बनाई आउनेको हकमा पचास रुपैयाँ र विद्यालय कार्डको आधारमा ७० रूपैयाँमा टिकट उपलब्ध गराईने छ । मेलालाई सबैको गौरवको विषय बनाउनुपर्ने र उद्योगी व्यापारी मात्रै नभई यस क्षेत्रका नागरिकले अपनत्व महसुस गर्नुपर्नेमा संघका सल्लाहकार श्याम कुमार बस्यालले जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?