ट्रेंडिंग:

>> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

कांग्रेस महासमिति बैठक : हिन्दुराष्ट्रको पक्षमा धमाधम हस्ताक्षर अभियान

८ फाल्गुन २०८०, मंगलवार
८ फाल्गुन २०८०, मंगलवार

काठमाडौँ ।

नेपाली कांग्रेसको महासमिति बैठकस्थल ललितपुरको गोदावरीमा हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको छ। कांग्रेसका २२ नेताहरूद्वारा गठित हिन्दुराष्ट्र स्थापना अभियानले गोदावरीस्थित बन्दसत्रको हलबाहिर हस्ताक्षर अभियान चलाएको हो।

अभियानका सह-संयोजक एवम् कांग्रेस नेता लोकेश ढकालका अनुसार हिन्दुराष्ट्रको पक्षमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र अर्का पूर्वमहामन्त्री तारानाथ रानाभाटसहितले हस्ताक्षर गरेका छन्।

‘नेपाली कांग्रेस वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियानले महासमिति बैठकस्थलमा हस्ताक्षर संकलन कक्ष बनाएको छ’, उनले भने, ‘जहाँ वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य डा. शशांक कोइराला र पूर्वसभामुख एवम् पूर्व महामन्त्री तारानाथ रानाभाटले हस्ताक्षर गर्नु भयो।’

बन्दसत्र चलिरहँदा मुख्य हलअगाडि सनातन हिन्दू राष्ट्र महाअभियानले हस्ताक्षर संकलन गरेको हो। कांग्रेस महासमिति सदस्यहरू अहिले हस्ताक्षर गरिरहेका छन्। हस्ताक्षर गर्नेमा सबै उमेर समुहका देखिन्छन्।

महासमिति बैठकअघि हिन्दु राज्यको एजेन्डामा पार्टीलाई फर्काउन केन्द्रीय समन्वय समिति बनाइएको थियो।

केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीको अध्यक्षतामा बसेको बैठकले समिति बनाएको थियो।

यो महाअभियानको सहसंयोजकमा पूर्वगृहराज्यमन्त्री तथा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र काठमाडौं जिल्लाका पूर्वसभापति तथा समाजवादी चिन्तक लोकेश ढकाल चयन भएका थिए।

समितिको कोषाध्यक्षमा भानुभक्त ढकाल चयन भएका थिए। सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानको सल्लाहकार परिषद संयोजकमा पूर्वमन्त्री तथा कांग्रेसका पूर्व प्रमुख सचेतक लक्ष्मण घिमिरेलाई तोकिएको थियो।

त्यो बैठकले केन्द्रीय कार्यसमिति बैठकमा हिन्दु राष्ट्रको एजेन्डा उठाउने निर्णयसमेत गरेको थियो। त्यहीअनुसार २२ नेताले हिन्दुराष्ट्रको पक्षमा पार्टीलाई लैजान पूरक प्रस्ताव दर्ता गराएका थिए।

तर कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हिन्दु राष्ट्रको अभियानलाई अहिले पार्टीले छलफलको एजेन्डा नबनाउने बताएका थिए।

प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार महासमिति बैठकमा अहिले २२ सयजना सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?