ट्रेंडिंग:

>> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

केबलकारमा भारतीय पर्यटक बढाउन बजारीकरण जरुरी : मुख्य सचिव अर्याल

६ फाल्गुन २०८०, आईतवार
६ फाल्गुन २०८०, आईतवार

बुटवल,६ फागुन । नेपाल सरकारका मुख्य सचिव डा. वैकुष्ठ अर्यालले नेपालका पहाडी इलाकामा बनेका केबलकारहरुमा धेरै भन्दा धेरै भारतीय पर्यटक आकर्षित गर्न बजारीकरणलाई प्राथमिकता दिनुपर्ने औंल्याएका छन् ।
बुटवलको लुम्बिनी केबलकारको यात्रा र कामाख्या देवी मन्दिर दर्शनपछि सञ्चारकर्मीसंग बोल्दै मुख्य सचिव अर्यालले नेपालको आर्थिक समृद्धिको एउटा प्रमुख आधार पर्यटन भएको र पछिल्लो समय केबलकारहरु आन्तरिक र वाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको बताए ।
उनले केबलकार र बसन्तपुरमा कामाख्या देवी मन्दिर निर्माणले बुटवल र पाल्पामा नयां र आकर्षक पर्यटकीय गन्तव्य थपिएको बताए ।
मुख्य सचिव अर्यालले भारतको उत्तर प्रदेशमा मात्रै २४ करोड हाराहारी जनसंख्या रहेकाले त्यो जनसंख्याको सानो हिस्सालाई हरेक वर्ष नेपालका पहाडी इलाकामा बनेका केबलकारमा ल्याउन सके देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेे औंल्याए ।

निजी क्षेत्रले ठूलो लगानीमा तयार गरेका पर्यटकीय स्थलको बजारीकरणमा साथ दिन सरकार तयार रहेको पनि उनले बताए । ‘भारत उत्तर प्रदेशका नागरिकलाई नेपालको पहाडी इलाका र त्यसमाथि केबलकार नौलो र रमणीय गन्तव्य हो,त्यसैले यस्ता गन्तव्यको भारतसम्मै बजारीकरण गर्न जरुरी छ, त्यसमा निजी क्षेत्रले गर्ने अभियानमा सरकारले पनि सहयोग गर्नुपर्छ’–मुख्य सचिव अर्यालले भने ।

सो अवसरमा केबलकारका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ सैजूले केबलकारको टप स्टेशनमा ३ अर्ब लागतमा दुई वर्षभित्र एक सय ५० कोठा,एक हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनो सहित साढे पांचतारे होटेल बनाउने योजना रहेको मुख्य सचिवलाई जानकारी गराए । उनले कम्पनीले प्र्रत्येक टिकट दरको एक–एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई स्थानीय कर वापत दिंदै आएको जानकारी समेत गराए ।

लुम्बिनी प्रदेश सरकारकी प्रमुख सचिव राधिका अर्यालले लुम्बिनी केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार भएकाले यसले प्रदेशको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान दिने भएकाले यसको प्रवद्र्धन र बजारीकरणमा प्रदेश सरकारको साथ रहने बताइन् ।

मुख्य सचिव अर्यालसहित प्रधानमन्त्री कार्यालयका मुख्य सचिव एकनारायण अर्याल,लुम्बिनी प्रदेश सरकारकी प्रमुख सचिव राधिका अर्याल,प्रधानमन्त्री कार्यालयका सहसचिव खुमराज कोइराला र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लुम्बिनी केबलकारको तल्लो र माथिल्लो स्टेशनमा बनेका पर्यटकीय पुर्वाधारको अवलोकन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?