ट्रेंडिंग:

>> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी

च्याउमा बिनाको व्यस्तता

चार जनाको परिवारको मुख्य आम्दानीको स्रोत नै यहि च्याउ हो विनाले भनिन्, यसैबाट कमाएर छोरा छोरी पढाए विहे गरे । अहिले पनि आम्दानीको मुख्य स्रोत यहि हो । कार्तिकमा लगाउने फागुनसम्म बिकि गर्ने सिर्जनको खेती हो यो ।
१ फाल्गुन २०८०, मंगलवार
१ फाल्गुन २०८०, मंगलवार

बुटवल, १ फागुन । रूपन्देहीको तिलोत्तमा नगरपालिकाकी विनाकुमारी पुनलाई बिहानै उठेदेखि राती अवेरसम्म खेतीपातीमा रमाउँदा आन्नद लाग्छ । उनी जतिबेला पनि आफूले लगाएका बाली बिरुवासँगै हुन्छिन् । सिर्जन अनुसारका तरकारी लगाउनु आफूले पालेका बाख्रा, बंगुरसँगै हुनु उनको दैनिकी हो । गएको कार्तिक महिनादेखि पुन च्याउसँग रमाईहेकी छन् । च्याउ टिप्ने, बेच्ने, सरसफाई गर्ने स्यारसुसार गर्देमा आजभोलि उनलाई फुर्सद छैन । उनी सुनाउछिन्, बिहानै ३ बजे नै च्याउ टिप्नु पर्छ नत्र व्यापारी आउदा बेच्न सकिँदैन । उनीहरूले पनि सबेरै बजारमा पु¥याउनु पर्छ । र्फममा हुर्कदै गरेका च्याउमा पानी छर्दै गर्दा भेटिएकी बिना भन्छिन् यी साना कोपिलाहरूलाई मायाले स्याहार गर्नुपर्छ मानिसका बच्चा जस्तै संवेदनशिल हुन्छन् । यीनको स्याहार सुसारमा केहि तलमाथि हुने बित्तिकै मरिहाल्छन् । दैनिक दुई सय किलो च्याउ बिक्रि गर्दै आएकी बिना मन लगाएर काम गर्न सके आम्दानी गर्नेलाई टाढा जान नपर्ने बताउँछिन् ।

चार जनाको परिवारको मुख्य आम्दानीको स्रोत नै यहि च्याउ हो यसैबाट कमाएर छोराछोरी पढाए विहे गरे । अहिले पनि आम्दानीको मुख्य स्रोत यहि हो । कार्तिकमा लगाउने फागुनसम्म बिक्री गर्ने सिजनको खेती हो यो । २०६६ सालबाट च्याउ लगाउन सुरु गरेकी विना भन्छिन् शुरुमा थोरै लगाए घरमा खाने र आफन्तलाई बाड्न पुग्दा नि खुब राम्रो गरे जस्तो महसुस हुन्थियो । तर बिस्तारै यसलाई व्यवसायिक बनाएको हो हाम्रो परिवारले । यसमा श्रीमान छोराछोरी सबैले बराबर काम गर्ने गरेका छौं ।

उनी भन्छिन् पहिले पहिले कम उत्पादन हुँदा श्रीमान आफैले बजार लगेर बेच्नु हुन्थियो तर अहिले हामीले धेरै लगाएका छौ बजारमा लैजान सक्ने वातवारण छैन । थोरै जस्तो बजारमा लगेर बिक् िग र्न पनि सहज नभएका कारणले घरमा नै केहि कम पैसामा बिक्री गर्नु परेको छ । यहाँ उत्पादन भएको च्याउ बुटवल, भैरहवा, मुर्गिया परासी सहित केहि पहाडी जिल्लामा समेत बिक्रीका लागि पुग्ने गरेको छ । व्यापारहरू यहि आउँछन् हामीलाई बजारको मूल्य हेरर मूल्य दिन्छन् । गत वर्ष त मूल्य राम्रो थियो यो वर्ष अझै सम्म राम्रा हुन सकेको छैन । यो वर्ष धेरै मुनाफा नहुने संकेत देखा परेको छ । यो वर्ष किलोको ९० रुपियाँमा बेच्नु परेको छ गत वर्ष १ सय ४० रुपियाँ किलो बेचेको हो । तर पनि आफनै ठाँउमा बसेर घर परिवारले गर्न सक्ने भएर सहज छ । यो वर्ष मैले करिब ५३ सय च्याउका बलहरू राखेको छु यसको रेखदेख गर्न गरी दुईजना कामदार पनि छन् । उनीहरूले च्याउ टिप्ने तौल गर्ने र सफा गर्ने काम गर्ने गर्दछन् ।

२०६६ सालमा गाउँमा नै युएनडिपी र नासो संस्थाले च्याउ लगाएर खान सकिन्छ भन्दै सिकाएर शुरु गरेकी हुन् बिनाले । त्यसबेला आफूलाई यसरी व्यवसायिक रूपमा खेती गर्छु भन्ने विश्वास थिएन उनमा । उनी भन्छिन् गाउँका साथीहरू भएर घर खान सकिने गरी तयार हुँदा पनि निकै खुशी लागेको बताईन । त्यस पछि स्थानीयस्तरमा रहेको प्रगतिशील महिला बहुउद्देश्यीय सहकारीले पनि सहुलियत ऋण दिएर खेती गर्न प्रोत्साहन गरेको बताउँछिन् । त्यस पछि नियमित रूपमा आफूले तालिमहरू लिएर कसरी विउ रोप्ने स्याहारसुसार कसरी गर्ने मलपानी कसरी राख्ने सबै सिकेपछि व्यवसायिक रूपमा अगाडी बढेको बताईन ।

पछिल्लो समयमा यसैलाई आम्दानीको मुख्य स्रोत बनाएकी विनाले यो वर्ष लगाएका ५३ सय बलबाट करिब २० टन च्याउ उत्पादन हुने लक्ष्य लिएकी छन् । उनले अहिलको बजार गत वर्ष भन्दा कम भएका कारण सोंचे जति मुनाफा नभए पनि करिब ७ देखि ८ लाख रुपियाँ मुनाफा हुने अपेक्षा गरेकी छन् । उनलाई बेमौसमी च्याउ उत्पादन गर्ने रहर छ तर त्यसका लागि लगानी धेरै हुने भएकाले आफूले तत्काल शुरु गर्न नसकेको बताईन । उनी भन्छिन् त्यसका लागि चाहिने वातावरण मिलाउन खर्च बढी लाग्ने भएकाले पनि अहिले आफू आँट्न नसकेको बताईन । त्यसका लागि स्थानीय सरकारले केही सहयोग गरे आफूले बेमौसमी च्याउ उत्पादन गर्न सक्ने उनको भनाई छ ।
अहिले च्याउ उत्पादनका लागि सहकारी र यूएनडिपीले पराल पकाउने करिव ७ लाख बराबरको मेसिन प्रदान गरेका कारणले उत्पादनमा सहज भएको र धेरै च्याउका बलहरू राख्ने सकिएको छ । यो मेसिनमा हामी गाँउका सबै दिदीबहिनीहरूले पालै पालो पराल पकाएर बिउ राख्ने गछौ ।

उनीसँगै पल्छिलो समयमा गाँउका अरू महिला पनि यो व्यवसायमा जोाडिएका छन् शुरुबाट नै घरमा खानका लागि उत्पादन गर्दे आईरहेकी सोहि ठाउँकी शान्ति क्षेत्री पनि व्यवसायिक रूपमा च्याउ उत्पादन गरिरहेकी छन् उनले बजार व्यवस्थापन नहँुदा उत्पादन गरेको च्याउ सस्तो मूल्यमा बेच्नु पर्ने अवस्था रहेको बताउँछिन् । उनले यो वर्ष १३ सय बलमा च्याउ उत्पादन गरेर बिक्री गरिरहेकी छन् । गत वर्ष घरबाट नै १ सय ४० रुपियाँमा बिक्रि भएको च्याउ यस वर्ष जम्मा ९० रुपियाँ किलोमा बेच्नु परेको छ ।

उनीहरू भन्छन् हामी किसानले च्याउको बिउ र मल व्यवसायीको मूल्यमा किन्नु पर्छ अनि तयार भएको च्याउ पनि व्यापारीको मूल्यमा दिनु पर्छ अनि कसरी सोचे जस्तो हुन्छ किसान सधै नै मारमा हामीले हाम्रो बस्तुको पनि मूल्य निर्धारण गर्ने वातावरण छैन । यहाँ आउने व्यापारीले जति दिन्छु भन्छ त्यसैमा चित्त बुझाउनु पर्छ नत्र त्यहि पनि बिक्री नहोला भन्ने अवस्था छ । यस तर्फ सरकारले ध्यान दिन आवश्यक छ ।
विना र शन्ति जस्तै अरूले पनि यो गाँउमा च्याउ व्यवसाय गरेका छन् तर बजारसम्म पु¥याउन नसक्दा सोंचे जस्तो आम्दानी हुन नसकेको उनीहरूको बुझाई छ । स्थानीय सरकारले किसान आफैलाई बजार सम्म उत्पादन भएको तरकारी पु¥याउने वातावरण तयार गर्न सके च्याउ उत्पादन र बिक्री गर्ने संख्या बढ्न सक्छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?