ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

अनेमसंघले दियो महिलाहरुलाई स्वास्थ्य सम्बन्धी प्रशिक्षण

२९ माघ २०८०, सोमबार
२९ माघ २०८०, सोमबार

बुटवल, २९ माघ ।

एमालेको महिला संगठन अनेमसंघले बुटवलमा आफ्ना सदस्यहरुलाई स्वास्थ्यसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिएको छ ।

अनेमसंघ क्षेत्र नम्बर २ रुपन्देहीले विशेषज्ञ चिकित्सक बोलाएर आफ्ना सदस्यहरुका लागि स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रमको संयोजन एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग रुपन्देहीले गरेको थियो ।

प्रशिक्षणअघि सहभागीहरुको निःशुल्क मधुमेह र कोलस्टेरोल परीक्षण गरिएको छ । जसमा एशियन डाइग्नोष्टिक ल्याव्रोटोरी बुटवलले प्राविधिक सहयोग गरेको थियो ।

महिला कार्यकर्तालाई प्रशिक्षण दिंदै देवदह मेडिकल कलेज तथा इन्द्रेणी हेल्थ क्लिनिकमा कार्यरत नसा, टाउको तथा मनोरोग विशेषज्ञ डा. राजेश श्रेष्ठले मानिसको बदलिंदो जीवनशैली, यसले पार्ने शारीरिक र मानसिक समस्या, खानपानलगायतका विविध विषयमा जानकारी दिएका थिए ।

डा. श्रेष्ठले तनाव व्यवस्थापनका उपाय, शारीरिक र मानसिक रुपमा स्वस्थ रहनका लागि गरिनुपर्ने दैनिक क्रियाकलापलगायतका विषयमा पनि प्रकाश पारेका थिए ।

त्यस अवसरमा एमाले केन्द्रीय सदस्य गुमादेवी आचार्य, अनेमसंघ केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज ज्ञानु केसी, सहइन्चार्ज कल्पना थापा, अनेमसंघ प्रदेश कमिटी सदस्य पुनम लिगल, अनेमसंघ क्षेत्रीय अध्यक्ष वसन्मती भुसाल, उपाध्यक्ष मना ढकाल, सचिव कमला ज्ञवाली लगायतले स्वास्थ्य सम्बन्धी यस्ता प्रशिक्षण आगामी दिनमा पनि जरुरी रहेको भन्दै यसबाट व्यवहार परिवर्तमा पनि सघाउ पुग्ने बताएका थिए ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग रुपन्देहीका प्रमुख सुनिल श्रेष्ठका अनुसार विभागले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधि वितरण समेत सम्पन्न गरिसकेको छ । अहिले विकराल बन्दै गैरहेको मधुमेह र मृगौला सम्बन्धी समस्या, तनावरहित जीवनका निम्ति पाँचवटै क्षेत्रमा स्वास्थ्य सचेतना जस्ता कार्यक्रमको योजना विभागले बनाएको पनि उनले बताए । श्रेष्ठले चिकित्सकसँग जनता कार्यक्रम गर्ने योजना रहेको भन्दै यसबाट उपचार खर्च महँगो भयो भन्ने गुनासोलाई संबोधन गरिने, चिकित्सकको सुरक्षाको लागि समेत सहजीकरण हुने बताए । उनले युवा र विद्यार्थी पनि कलतमा फस्ने प्रवृत्ति बढेकाले शारीरिक र मानसिक रुपमा स्वस्थ हुनुपर्ने सन्देश सहित कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?