ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

मुक्त कमलरीहरुको प्रश्न : पुनस्थापना कहिले ?

२९ माघ २०८०, सोमबार
२९ माघ २०८०, सोमबार

दाङ, २९ माघ ।

मुक्त कमलरी विकास मन्चको १३ औँ वार्षिक केन्द्रीय साधारण सभा तथा सामाजिक लेखाजोखा कार्यक्रम भएको छ । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले सामाजिक न्यायका क्षेत्रमा मुक्त कमलरीहरु आफै सशक्तीकरणको बाटोमा अग्रसर हुँदै जानु समाजका लागि निकै सराहनीय काम भएको बताइन् ।

पूर्व कमलरी वकालत गर्ने अवस्थामा आई पुग्न गरेको संघर्षलाई राज्यले गर्नुपर्ने दायित्वमा ध्यान दिन सकेमा मुक्त कमलरीहरुको पुनस्र्थापनाको सवाल बारम्बार उठान गर्ने अवस्था नआउने उनले बताइन् ।

पछिल्लो समय भईरहेका प्रयासले मुक्त कमलरी, अति विपन्न, सिमान्तकृत समुदायले सीप र क्षमताको विकास गरी उद्यमशील बन्दै गएका थुप्रै उदाहरण भएको देख्दा खुशी लागेको उनले बताइन् ।

कमलरी दासतापछिको जीवनयापनलाई सजिलो र सहज बनाउने उद्देश्यले कमलरीहरुको हक अधिकारको वकालत गर्दै २०७० साल असार १३ गते नेपाल सरकारबाट मुक्त कमलरी घोषणा भएको थियो । सरकारले यसअघि गरेको सहमति र सम्झौता सही रुपमा कार्यान्वयन गर्न नसक्दा कैयौँ मुक्त कमलरीहरु पीडादायी जीवन बाँची रहेका जिल्ला अध्यक्षहरुको भनाई थियो । अब आफुहरु अन्तिम पुनस्थापनाको पर्खाइमा रहेको उनीहरुरुले बताए ।

नेपाल सरकारसँग भएको १० बुँदे सम्झौता अनुरुप आफ्नो हक अधिकारको अगुवाइ गर्नका लागि नायफ नेपालको सहयोगमा २०६७ असार १ गते मुक्त कमलरी विकास मन्चको संस्था स्थापना भएको हो ।

यद्यपि, संस्थाले मुक्त कमलरीहरुको सामाजिक, आर्थिक सशक्तिकरण तथा उचित पुनः स्थापना गर्न सरकारी, गैरसरकारी निकाययसँग सहकार्य गरेर थुप्रै काम गर्दै आएको छ ।

संस्थाले नेपाल सरकार, संघ, प्रदेश र स्थानीय सरकारबाट भवन निर्माण सीप विकास तालिम व्यवसायमुलक तालिम बिउ पूँजी सहयोग, नेपाल यूथ फाउन्डेशनबाट सीप क्षमता विकास तालिम नेतृत्व विकास तालिम बिउ पूँजी सहयोग, गल्र्स फस्ट फण्ड अन्तर्गत बालविवाह न्यूनिकरण परियोजना र आईएम स्वीडीस नेपाल अन्तरगत मुक्त कमलरी सशक्तिकरण परियोजना लगायतका आर्थिक सहयोगमा कमलरी प्रभावित पाँच वटा जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा मुक्त कमलरी र उनीहरुको परिवारको विकासको लागि काम गर्दै आईरहेको छ ।

नेपाल सरकारबाट दिइने सेवासुविधामा पहुँचको लागि स्थानीय तहदेखि केन्द्र स्तर सम्म सहकार्य गरी कार्यक्रम संचालन तथा कमलरीको क्षेत्रमा बजेट छुटयाउन पहल गर्दै आईरहेको छ ।

मुक्त कमलरी विकास मन्च तथा सहकारीहरुको भवन निर्माणको लागि बजेट, विभिन्न व्यवसाय मुलक तथा सीपमुलक तालिम, कृषितर्फ च्याउ खेती, तरकारी खेती, गुडिया बनाउने तालिम, सहकारी व्यबस्थापन तालिम, नेतृत्व विकास तालिम जस्ता कार्यक्रमहरु स्थानीय तहसँग समन्वय गरेर प्राप्त गरेका छन् । स्थानीय सरकारसँगको सहयोग तथा समन्वयबाट निरन्तर गर्दै आईरहेको छ ।

विद्यालयमा अध्ययनरत मुक्त कमलरीहरुको छात्रवृत्ति तथा छात्रावासमा अध्ययनरत मुक्त कमलरीहरुको छात्रवृत्ति रकम निकासाका लागि सम्बन्धित निकायमा सम्पर्क तथा समन्वय गरी रकम निकासाका लागि दबाव सिर्जना गर्दै आईरहेको छ । यसले मुक्त कमलरीहरुलाई शिक्षा प्राप्तिको लागि सहज भएको छ । त्यसैगरी मुक्त कमलरीहरुको लागि सरकारी परिचय पत्रको लागि भुमिसुधार कार्यालयसँग समन्वय र सहकार्य गरी विभिन्न जिल्लामा परिचय पत्र वितरण भईरहेको छ ।

संस्थागत परिचय पत्र पनि केन्द्रीय तथा जिल्ला कार्यालयबाट बितरण भईरहेको छ । मुक्त कमलरीहरुलाई आर्थिक सामाजिक रुपमा सशक्त बनाउन र उनीहरुको परिवारको लागि पाँच जिल्लामा ४२ वटा सहकारी १ वटा समुहमार्फत काम गरिरहेको छ ।

हाल सहकारीमा १४ हजार ७ सय २१ जना सदस्यहरु सहकारीहरुमा आवद्ध भई विभिन्न व्यवसाय गर्दै आएका छन् । सम्पूर्ण सहकारीको जम्मा शेयर सदस्य मध्ये ४८ प्रतिशत मुक्त कमलरी, १८ प्रतिशत मुक्त कमलरी परिवार र ३४ प्रतिशत अन्य परिवार रहेका छन् । संस्थाले सहकारीको क्षमता अभिवृद्धि तथा घुम्तीकोष परिचालनमार्फत पनि काम गर्दै आईरहेको छ ।

सहकारी तथा घुम्तीकोष अनुदान सहयोगबाट सदस्यहरुले विभिन्न व्यवसायहरु तरकारी खेती, बाख्रा पालन, बंगुर पालन, कुखुरा पालन, पसल तथा फलफूल पसल जस्ता व्यवसायमा आवद्ध भएर जीवन बदल्ने अभियानमा लागेका छन् । यसले मुक्त कमलरीहरुको आर्थिक स्थितीमा टेवा पुगेको छ भने मुक्त कमलरीहरु व्यवसायी र आत्मनिर्भर बन्दै गएका छन् ।

मुक्त कमलरीहरुलाई संगठित गरी क्षमता अभिवृद्धि एवं सशक्तिरणमा सहयोग पुर्याउने, सहकारीमार्फत मुक्त कमलरीहरुलाई आर्थिक रुपमा सशक्त बनाउने र सहकारीमार्फत आय आर्जन तथा सीपविकासका कार्यक्रम संचालन गर्ने, मुक्त कमलरीहरुको क्षमता विकास र नेतृत्व विकास गर्ने, मुक्त कमलरी पछाडि पारिएका समुदाय सिमान्तकृत हिंसा प्रभावित आदिवासी जनजातिलगायत अन्य समुदायहरुको जीवन स्तर सुधार गर्न सहयोग गर्ने संस्थाको उद्देश्य रहेको छ ।

यसैगरी, स्थानीय तहसँग समन्वय गरी मुक्त कमलरीहरुको शिक्षा, व्यवसाय, तथा सीप विकासका लागि बजेट छुटयाउन पहल गर्ने, सीपविकास र प्राविधिक शिक्षा प्रदान गर्ने, मुक्त कमलरीहरुको पुनः स्थापनाका लागि राज्यले व्यवस्था गरेको प्रावधानलाई कार्यन्वयनमा पहल गर्ने, नेपाल सरकारबाट वितरण गरिने छात्रवृत्ति रकमको सहि अनुगमन गर्ने, अन्याय र शोषणमा परेका कमलरी, बालबालिका र महिलाहरुको हक अधिकार प्रदान गर्न सहयोग गर्ने, सहकारीहरुको क्षमता अभिवृद्धिका आर्थिक सशक्तिकरणका लागि कार्य गर्ने, मुक्त कमलरीहरुको आर्थिक स्तर उकास्न आय आर्जनको कार्यमा समावेश गर्ने र राज्य सञ्चालनमा मुक्त कमलरीहरुको सहभागीता स्थापित गर्न पैरवी गर्ने काममा संस्थाको भूमिका रहने गरेको छ ।

कार्यक्रममा मन्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले मुक्त कमलरीको अवस्थाबारे प्रकाश पारेकी थिइन् भने संस्थाको सांगठनिक प्रतिवेदन उपाध्यक्ष निर्मला चौधरीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुशीला चौधरीले प्रस्तुत गरेका थिए । साधारण सभाको उदघाटन सत्रमा वडा २ का वडा अध्यक्ष चित्रबहादुर चौधरी, ४ की वडा सदस्य रमला चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष जितेन्द्र शाहलगायत भनाइ राखेका थिए । दाङसहित बाँके, बर्दिया, कैलाली, कन्चनपुरबाट पनि मुक्त कमलरीहरु कार्यक्रममा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?