ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

फेब्रुअरी महिनाः आयोडिन नुनको महिना

२९ माघ २०८०, सोमबार
२९ माघ २०८०, सोमबार

‘थोरै खाऔं सही मात्रामा खाऔं, दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त नुन नै खाँऔं।’ हामी सबैले नुन आवश्यकता अनुसार खाऔं तर सही मात्रामा आयोडिन भएको दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुनमात्र खाऔं । मानसिक फुर्ति शारीरिक शक्ति आयोडिनयुक्त नुनबाट मात्र पूर्ती भन्ने मूल नारालाई समेत आत्मसाथ गरौं । र, आयोडिनको महिना फेब्रुअरीलाई सफल बनाऔं । दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नुन दैनिक सेवन गरौं, बालबालिकाको आईक्यु लेबल बढाऔं । मानव जातिको जीवनलाई गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्णरूपमा मानसिक तथा शारीरिक बिकासका लागि मानिसलाई बिभिन्न किसिमका पोषणयुक्त तत्वहरूको अति आवश्यक पर्दछ । यी आवश्यक तत्वहरूमध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो । जुन सबै उमेरका मानिस तथा जिवजन्तुहरूलाई दैनिक रूपमा आवश्यक पर्दछ । गर्भावस्थादेखि दुई बर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिशत विकास भैसकेको हुन्छ । त्यसैले यस समयमा शरिरमा आयोडिनको कमी भएमा मानसिक तथा शारीरिक विकासमा समेत अवरोध आउँछ । नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ । त्यसैले हामी नेपालीहरूले हाम्रो दैनिक खानामा आयोडिन मिसाएको नुन खानामा खानु नै एक मात्रा सरल उपाय हो । ढिके तथा खुल्ला नुनमा आयोडिन मिसाएको भएतापनि यसलाई भण्डारण गर्दा र बजारमा खुल्लारूपमा राख्दा यसमा भएको आयोडिन उडेर नास भएको हुन्छ । प्रायजसो ढिके नुन फोहोर देखिने र धोएर खानामा राख्ने चलन भएकाले पनि यसमा भएको आयोडिन पखालिएर आफै नास हुन्छ । त्यसैले पनि दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुनमा सहि मात्रामा आयोडिन मिसाएको हुन्छ । यसलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खाद्यान्न गुणस्तर निर्धारण बिभागले सहीमात्रामा आयोडिन भएको नुन भनि प्रमाणित गरेको छ । साथै आयोडिन भएको नुन खाने गरेमा सम्पूर्ण ब्यक्तिको दिमागको विकास तिब्र गतिमा हुने र शरीरलाई आवस्यक पर्ने आयोडिन तत्वको समेत पूर्ती हुने भएकोले हरेक बारको खानामा आयोडिनयुक्त नुनको प्रयोगलाई अनिवार्य मानिन्छ । दैनिक खानामा साधारण स्वस्थ ब्यक्तिको लागि १५० माईक्रो ग्राम र गर्भबती महिलाको लागि दैनिकखानामा २५० माईक्रोग्राम आयोडिन तत्वको मात्राको आवश्यकता पर्दछ । सहीमात्रामा आयोडिन पाउन दुई बालबालिकाको चिन्ह भएको प्याकेटको धुलो नुन प्रयोग गर्ने बानी बसालौं । ढिके तथा खुला बेचिने नुनबाट प्रयाप्त मात्रामा आयोडिन पाउन नसकिने भएकोले त्यस्तो नुन प्रयोग नगरौं । आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं । आयोडिन नुनलाई नपखाली खाऔं । आयोडिनयुक्त नुनलाई दाल तरकारी पाकेपछि मात्र राख्ने गरौं ।

आयोडिनका फाईदाहरू :

गर्भावस्थामा : गर्भवती महिलाले दैनिकरूपमा आयोडिन तत्वको सही मात्रामा प्रयोग गर्ने हो भने गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा महत्वपूर्ण फाईदा गर्दछ । साथै आयोडिनको कमीबाट हुनसक्ने असर जस्तै गर्भको बच्चा तुहिने र मरेको बच्चा जन्मने जस्ता समस्याहरूबाट सजिलै बच्न सकिन्छ ।

बाल्य अवस्थामाः बाल्यावस्थामा पनि आयोडिन तत्वको सहि मात्राको प्रयोगले बालबालिकाको शारीरिक तथा मानसिक बिकासमा महत्वपूर्ण भूमिका खेल्दछ । बालबालिकाहरू फुर्तिला र तन्दुरुस्त हुनुको साथै दिमागीयरूपमा अति अब्बल देखिन्छन ।

किशोरावस्थामाः किशोरावस्थामा पनि आयोडिन तत्वको सही र आवश्यक मात्राको प्रयोगले किशोर किशोरीहरूको मानसिक तथा शारीरिक क्षमतामा बृद्वि हुन्छ । जसले गर्दा पढाई लेखाईका साथसाथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव पर्दछ । किशोर किशोरीहरूको आईक्यू लेबल बढाउनको लागि दैनिक खानामा आयोडिन तत्वको मात्राको आवश्यक देखिन्छ ।

सबै उमेरमाः आयोडिन तत्वको सही मात्राको प्रयोगले सबै उमेर समूहका मानिसहरूको मानसिक तथा शारीरिक विकासमा आवश्यकीय विकास हुन्छ । जसले गर्दा गलगाँड र हाईपोथाईरोडिजम जस्ता घातक रोगहरू हुनबाट बच्न सकिन्छ । त्यसैकारणले पनि आयोडिन तत्वको आवश्यकीय र सहिमात्रामा प्रयोग गर्नु अत्यन्तै आवश्यक छ ।

आयोडिनले के के गर्दछ :
१. आयोडिनले गलगाँड (कण्ठरोग) नियन्त्रण गर्दछ ।
२. आयोडिनले मानसिक र बौद्विक क्षमताको विकास गर्दछ ।
३. आयोडिनले लाटो लठेब्रोपनको नियन्त्रण गर्दछ ।
४. आयोडिनले पुनरुत्पादन क्षमताको बृद्धि गर्दछ ।
५. आयोडिनले बाल मृत्युदर घटाउन मद्दत गर्दछ ।

जान्नैपर्ने केही महत्वपूर्ण कुराहरू :
१. ढिके तथा खुल्ला नुनमा मानिसहरूको शरीरलाई दैनिकरूपमा आवश्यक पर्ने आयोडिनको मात्रा पूर्णरूपमा नहुन सक्दछ । यस्तो ढिके तथा खुल्ला नुन सफा पनि नहुने हुनाले हामीहरूले खानको लागि उपयुक्त हुदैन । त्यसैले यो कुरा जान्नु आवश्यक छ ।
२. “दुई बालबालिकाको चिन्ह” भएको प्याकेटको नुन शुद्व र सफा हुनुको साथै यसमा सहीमात्रामा आयोडिन तत्व मिसाईएको हुन्छ । त्यसैले दैनिक प्रयोगमा “दुई बालबालिकाको चिन्ह” नै भएको आयोडिनयुक्त प्याकेटको नुन प्रयोग गर्नु बुद्धिमानी मानिन्छ ।
३. “दुई बालबालिकाको चिन्ह” नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सहि मात्रामा आयोडिनको तत्व भएको नुनलाई दिने प्रमाणित चिन्ह हो । त्यसकारणले गर्दा पनि “दुई बालबालिकाको चिन्ह” भएको नुन दैनिक प्रयोगमा कुनै संकोच लिनु पर्दैन ।
४. प्याकेटको आयो नुन खोलेर बिर्को भएको सफा डिब्बामा राखौं ।
५. तरकारी पाकिसकेपछि मात्र नुन राख्ने बानी बसालौं ।
६. नुन राखीसकेपछि तरकारी छोपेर मात्र राख्ने गरौं ।

अन्त्यमा मानसिक फुर्ती र शारीरीक शक्ति, आयोडिन नुन, आयोडिनयुक्त नुन खाऔं, मानसिक फुर्ति र शारीरिक शक्ति बढाऔं । सधै “दुई बालबालिकाको चिन्ह” भएको प्याकेटको नुनमात्रै खाने गरौं । शारीरिक तथा मानसिक अपाङ्गता हुनबाट आफू बाँचौ अरूलाईपनि बचाऔं । आयोडिनको महिना फेब्रुअरी भनेर मात्र ब्यानर प्लेकार्ड र पोस्टरहरू टाँस्ने, अभियानका नारा घन्काउने र एक महिने अभियानमा पहुँचमा हुनेले कागजमा हाजिरी मिलाई आफ्नो उद्देश्य पूरा गर्ने तर अल्पबिकसित राष्ट्रको रूपमा दुरदराजमा रहेका नेपालीहरूले त्यही सबैभन्दा सस्तोमा पाईने नुनपनि प्रयाप्त र आवश्यकीय मात्रामा नपाएर आफ्ना सन्ततिहरूलाई नुनको अभावमा शारीरिक र मानसिक अपाङ्गताबाट छुटकारा दिलाउन नसक्नु बडो बिडम्बनाको रूपमा पाउन सकिन्छ । हुने खानेले मात्र नभई हुँदा खानेले पनि र पहँुचमा हुनेले मात्र नभै पहँुच बाहिरकालाई पनि शारीरिक रूपमा आवश्यक पर्ने तत्वको खाँचो एउटै रेसियो हुन्छ भन्ने बुझाई सबै माथिल्लो निकायमा रहने हरूमा जानकारी रहोस । र, आयोडिनको अभावमा कुनैपनि नेपालीहरूले शारीरिक र मानसिक रूपको अपाङ्गता, गलगाँड हाईपोथाईरोडिज्म जस्ता घातक रोगबाट गुज्रिन नपरोस । तबमात्र आयोडिनको महिना फेब्रुअरी भन्नुको सार्थकता रहला । होईन भने उही सबै कुरा हामी पहँुच बाहिर हुने नेपालीहरूको लागि नारामै मात्र सफल रहने कुरामा कुनै दुई मत नरहला भन्न सकिदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?