ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

सूचना पाउनु नागरिकको हक हो ।-आयुक्त गुरुङ

२८ माघ २०८०, आईतवार
२८ माघ २०८०, आईतवार

 दाङ,२८ माघ। रास्ट्रिय सूचना आयोगको आयोजनामा दाङको घोराहीमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा आइतबार सम्पन्न भएको छ । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नागरिकको संबैधानिक हक भएको बताए । नेपाली नागरिकलाई सुसूचित गर्नका लागि सूचना हकको तयारी गरिएको बताए । सूचनाको हक प्रयोग गरेर देशमा भएका ठुला ठुला भ्रष्टाचारका कुरा पर्दाफास भएको उनले बताए । उनले कानुन भन्दा माथी कोही नहुने बताउनुभयो भएका सबैले कानुनको पालना गर्ने बताए । सरकारी कार्यालयमा स्वत प्रकाशन गर्न आग्रह गरे । स्थानीय निकाय र सरकारी कार्यालयले सुचना माग गर्ने ब्यक्तिलाई सजिलै सूचना दिन आग्रह गरे । सूचना दिने प्रमुख दायित्व कार्यालय प्रमुखलाई हुने र कार्यालयको जवाफदेही पनि कार्यालय प्रमुख हुने भएकाले जिम्मेवार बन्न आग्रह गरे । उनले स्थानीय तहलाई सूचनाको हक प्रयोग गर्नका लागि केही न केही बजेट ब्यबस्थापन गरेर समय समयमा कार्यालयका कामको बारेमा जानकारी गराउन आग्रह गरे । सूचना अधिकारी र प्रबक्ताको जिम्मेवारी फरक भएकाले एकै तरिकाले बुझ्न नहुने बताए ।

समाजिक संजालको प्रयोग गरेर भए पनि सूचना दिन पनि सकिने बताए । प्रत्येक सरकारी कार्यालय र स्थानीय तहले आफ्ना बेवसाईड अपडेट राखेर जनताले चाहेको सूचना प्राप्त गर्न सहज बनाउन आग्रह गरेका छन् । सूचना आयोगका सचीव होमप्रसाद लुइँटेलले सूचनाको हक कार्यान्वयनमा कानुनी तथा पुनःलेखन सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । उनले समयमा सूचना नदिने कार्यालयलाई कारबाही भएको कुरा राखेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले सबै सरकारी कार्यालयले सूचना अधिकारीको जिम्मेवारी दियर तोकीयको ब्यक्तिबाट सूचना प्रवाह गराउन आग्रह गरे । सरकारी कार्यालयले सूचनाको हक प्रयोग गर्नुपर्ने बताए । जनताको सूचना पाउने हकबाट बन्चित नगरी सेवा प्रबाह गर्नुपर्ने बताए । घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले स्थानीय तहले जनतालाइ सूचना पाउनबाट बन्चित नगराएको बताए । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले सुशासनलाई बलियो बनाउन सूचनाको अहम भुमिका रहेको बताए ।

दाङमा रहेका सरकारी कार्यालयले तीन दिनभित्र सूचना अधिकारी तोकेर काम अगाडि बढाउन आग्रह गरे । प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले सूचनाको हक पत्रकारलाइ मात्रै चाहिन्छ भन्ने आम नागरिकको बुझाइ छ तर सबै नागरिकले सूचना हक प्रयोग गर्नुपर्ने बताए । नागरिकले मागेको सूचना सबै कार्यालयले समयमा उपलब्ध गराउन आग्रह गरे । पत्रकार महासंघका निबर्तमान अध्यक्ष सबिन पृयासनले नागरिकले सु सुचित हुन पाउने हकबाट कोही पनि बन्चित हुन नहुने बताए । दाङका १० वटै पालिका कार्यालय प्रमुख, सूचना अधिकारी र सरकारी कार्यालयका प्रमुखको सहभागिता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?