ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

खुला सिमाना स्वदेशी विउविजन उत्पादनको चुनौती

बीउ व्याबसायी संघमा सुरजनाथ योगि
२८ माघ २०८०, आईतवार
२८ माघ २०८०, आईतवार

बुटवल, २८ माघ । नेपाल बीउ व्याबसायी संघ जिल्ला समन्वय समिति रुपन्देहीको शनिबार भएको अधिवेसनबाट सुरजनाथ योगिको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत नया नेतृत्व चयन भएको छ । जसको उपाध्यक्ष भोलानाथ चौरासिया, उपाध्यक्ष लाला प्रसाद लोद, सचिव हरि प्रसाद बसेल, कोषाध्यक्ष गुड्डु मिश्रा तथा सदस्यहरुमा रिशव मल्ल, राजेश कुवर, रामप्रसाद भुसाल, लाल बहादुर थापा र शिव कुमार मौर्या रहेका छन ।

यसअघि विषादी ब्यवसायी संघ नेपालको प्रथम भेला तथा नेपाल बीउ ब्यवसाय संघ जिल्ला समन्वय समिति रुपन्देही दोस्रो अधिवेशनमा बोल्ने बक्ताहरुले खुला सिमानाकै कारण देशभित्रका बिउ उत्पादन ब्यवसाय मर्कामा रहेको दुखेसो गरे । बीउ र बिषादी मानव जिवनसंग जोडिएको विषय भएको भन्दै सरकारको नितिमा अलमल भएपनि पेशा ब्यवसायीमा आवद्धहरु सजग हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा बीउ उत्पादनका प्रतिनिधि गुड्डु मिश्राले हाल तथ्याकमा ६२ प्रतिशत किसान भएको नेपालका अधिकास किसान भारतमा परनिर्भर रहेको उनले बताए । यो अवस्थाको कारण नेपाली बीउ उत्पादकहरु मर्कामा परेको बताए । सरकार खुला सिमानालाई रोक्न जरुरी रहेको औल्याए । ‘नेपालमा नै पर्याप्त उत्पादन छ ।’– उनले भने । सरकारबाट राम्रो बिउलाई सुचिकृत गर्ने, प्रचार गर्ने र सहयोग नभए ब्यवासय नै बन्द हुने अवस्था आएको उनले दुखेसो गरे ।

बिउविजन प्रयोगशालाका सालिकराम गौतमले ब्यवसायलाई स्वच्छ र पारदर्शी बनाउनुपर्ने सुझाव दिए। बीउ विजन र विषादी बिक्रि कारोबारको रेकर्ड राख्ने कुरामा ब्यवसायीहरु लाग्न उनले आग्रह गरे । भण्डारमा रहेका बिउविजनहरुको ब्यवस्थापन, समयावधि सुचिकृत भएकम, नभएका के कस्ता छन भन्ने कुरामा ध्यान दिनुपर्ने सुझाव दिए । बाहिरबाट बीउ ल्याउदा बिउसंगै रोग र झारपात समेत आउने उनले बताए । लुम्बिनी प्रदेश धान र गहुको उत्पादनमा आत्मनिर्भर रहेको उनले बताए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र भैरहवाका माथिवर गुप्ताले औषधी भनेपनि यो वास्तवमा बिषादी नै भएको दाबि गरे । भेटनरीहरु औषधी मान्ने उनले बताए । तालिमको समयावधी, सहभागीता जस्ता विषयका कारण कतिपय कार्यक्रम हुन नसकेको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसिले संघिय संरचना अनुसार ३ तहको सरकारबाट गर्नुपर्ने बताए । बुटवलमा कुल २९६० हेक्टर जग्गा जहाँ उन्नत र मुल बीउ उत्पादन गर्दै आएको उनले बताए । विषादीको प्रयोगमा सचेत हुनुपर्ने भन्दै उनले बीउ, विषादी र मलखाद एकअर्कासंग जोडिएको विषय भएको दाबी गरे । संयुक्त कार्यक्रम ल्याउन कठिनाई रहेको उनले बताए । कार्यविधि अनुसार नै हाल बुटवलमा १२ वटा संस्थालाई अनुदानको विउविजन बितरण गर्ने स्वीकृति दिएको उनले बताए । कार्यविधि अनुसार एक हेक्टरमा तरकारी उत्पादन गर्ने किसानलाई अनुदान दिने भनिएको छ तर त्यो अनुदानको रकम ज्यादै न्यून रहेको उनले बताए । हाल ८० प्रतिशत आत्महत्या हुनेमा विषादीको प्रयोग भएको प्रहरीको तथ्याकमा देखिएको हुदा पनि यस विषयमा सचेत हुनुपर्ने उनले सुझाव दिए । स्थानिय तहमा अनुगमन गर्ने जिम्मेवारी उपप्रमुखको संयोजकत्वमा समिति रहेको छ । विषादी अनुगमन गरि त्यसको सहि ढंगबाट लाग्नुपर्ने बताए । ईजाजतपत्र लिएका ब्यवसायीहरुमात्र संघमा आवद्घ गराउन उनले आग्रह गरे ।

हाईब्रिड उत्पादनका कारण माटोको उर्वराशक्ति र मानव स्वस्थ्यमा दीर्घकालिन प्रभाव पार्ने भएपनि अहिलेको यो आवश्यकता भएको उनले बताए । सरकारबाट प्राङगारिक मललाई प्राथमिकता दिएर अघि बढाउनुको विकल्प नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?