ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

रुपन्देहीमा टेबलटेनिस लेभल वन र हाईपरफमेन्स कोर्ष

खेलाडी उत्पादनको आधार विद्यालय हो । –सदस्य सचिव भट्टराई
२८ माघ २०८०, आईतवार
२८ माघ २०८०, आईतवार

बुटवल, २८ माघ । रुपन्देहीका टेबलटेनिस खेलाडी र प्रशिक्षकहरुलाई लक्षित गरि लेभल वन र हाईपरफमेन्स कोर्ष गरिएको छ । नेपाल ओलम्पिक कमिटिको ‘नेशनल पाथ फर न्यु कोचिङ स्ट्रकचर’ अन्तरगत रुपन्देहीमा दुई दिने तालिम सम्पन्न भएको हो ।
टेबलटेनिल खेलका पुर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक नमिता श्रेष्ठले महिला खेलाडी र कोचलाई खेलमा सहभभागिता बढाउने र जागरुक बनाउने अभियान अन्तरगत कार्यक्रम गरिएको बताईन । दुई दिने तालिममा सहभागिहरुको क्षमता अनुसार लेभल वन र हाईपरफमेन्स कोर्षमा रहेर विभिन्न टेक्निकहरु सिकाईएको उनले बताईन । केवल टेबलटेनिस खेलमात्र नभई सबै खेलहरुमा महिला सहभागिता बढाउने उदेश्य रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले टेबलटेनिस खेलमा युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित गरिएको कार्यक्रम उत्कृष्ट भएको बताए । सिकेका सबै कुरा ब्यवहारमा उतार्न सकेमात्र तालिम सफल हुने भन्दै खेलकुदलाई सधै सकारात्मक रहेको न्यु होराइजनको संस्थागत र प्राचार्य लोकनाथ उपाध्यायप्रति कृतज्ञता जनाए । विद्यालय खेलकुद नै खेलाडी उत्पादनको आधार भएको भन्दै रुपन्देहीमा धेरै विद्यालयहरुबाट यसमा महत्वपूर्ण योगदान दिदै आएको बताए । खेलकुद अतिरिक्त नभई अनिवार्य विषयका रुपमा अनुसरण गर्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्यले खेल ब्यक्तित्व विकास गर्न सहयोग मिल्ने गरि यो कोर्स तयार गरिएको बताए । नेपालका २ जनाले मात्र यो कोर्सको अवसर पाएको भन्दै उनले हरेक खेलाडी आफनो खेल जिवनसंगै प्रशिक्षकको भुमिका आफुमा ल्याउन जरुरी रहने बताए । बच्चाहरुलाई सहि बाटोमा लैजान खेललाई शिक्षासंग जोड्न जरुरी रहने उनले बताए । ओलम्पिक कमिटि सधै खेललाई जोड्ने गरि अभियान चलाउदै आएको उनले बताए ।

कार्यक्रममा संघका पुर्वअध्यक्ष कृष्ण कुमार श्रेष्ठले काठमाडौ बाहिर नगदसहित पुरस्कार राशीसहित प्रतियोगिता राखेको स्मरण गर्दै आफनो कार्यकाल र अहिलेमा धेरै खेल विकास भएको बताए । उद्योग, व्यापारमा आर्थिक कठिनाई देखिएको बेला खेलाडी भएकै भरमा खानपुग्ने अवस्था हुने अवस्था सृजना गर्नुपर्ने बताए । राजधानी केन्द्रीय प्राथमिकताको विषय बन्ने खेल, खेलाडीबारे अब विकेन्द्रीकृत गर्न सरकारको पहल आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा प्राचार्य लोकनाथ उपाध्यायले तालिमबाट नया कोच उत्पादनमा सहयोग मिल्ने बताए । पछिल्लोसमय खेलमा महिला खेलाडी र प्रशिक्षकहरुको संख्यामा वृद्धि भईरहेको समेत उनको तर्क छ ।

रुपन्देही जिल्ला टेबलटेनिस संघका अध्यक्ष नर बहादुर क्षेत्रीले दुई दिनको तालिम खेलमा थप आर्कषण बढाउने गरि शुरुवात भएको भन्दै आगामी दिनहरुमा थप कार्यक्रमलाई जोड दिने बताए । खेल जीवन पछि अधिकास खेलाडीहरु कोचमा रमाउने उदाहरण दिदै खेलाडीहरुमा कोचिङ स्किल बढाउन यस्ता तालिम जरुरी रहने उनले बताए ।

कार्यक्रममा ओलम्पिक कमिटीका एक्जिकयुटिभ सेक्रेटरी सुजनलाल श्रेष्ठ, संघका वरिष्ठ सल्लाहकार अर्जुनमान सैजु, निवर्तमान अध्यक्ष सुरेन्द्र शाक्य, सल्लाहकार विष्णु ढकाल, सचिव रमेश न्यौपाने, काठमाडौ टेबलटेनिस संघका अध्यक्ष राकेश महर्जन, टेबलटेनिस कोच प्रज्वल श्रेष्ठले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । लेभल वन र हाईपरफमेन्समा ६५ जना सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?