ट्रेंडिंग:

>> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

सानो भाषिक त्रुटीले पुर्याउने ठूलो असर

२८ माघ २०८०, आईतवार
२८ माघ २०८०, आईतवार

भाषाको स्तरीय मानक अनुसारको प्रयोग नभएको अवस्थालाई नै भाषिक त्रुटी भनेर बुझिन्छ । अर्थात् मातृभाषा वा अर्को भाषाको प्रयोग गर्ने क्रममा हामीले धेरै अशुद्ध स्वरूपको लेखन वा उच्चारण गर्ने बानी सामान्य जस्तै भएको छ । खासगरी अन्तरवैयक्तिक प्रत्यक्ष कुराकानी वा लेख्य माध्यमबाट गरिएको सञ्चारका क्रममा हुने गल्तीलाई त्यति ध्यान दिईंदैन । यसक्रममा अर्थ अनुमान गरेर वा पुनः थप प्रश्न गरेर वा केही समयपछि थप छलफलका क्रममा सन्देश प्राप्त गर्न सकिने हुन्छ । तर, लिखित वा मौखिक सार्वजनिक अभिब्यक्तिमा प्रयुक्त भाषिक त्रुटीले विशेष चर्चा पाउने गर्दछ । अझ सार्वजनिक महत्वका संघसंस्था वा ब्यक्तिसँग सम्बन्धित वा तिनीहरूले गरेका त्रुटीका बारेमा धेरैको टिप्पणी हुने गर्दछ । अर्थात् हरेक मानिसले आफ्नो हैसियत र ओहोदा अनुसार भाषाको प्रयोग गर्नुपर्दछ भन्ने अपेक्षा आमरूपमा गरिएको हुन्छ । भाषाविद् बेञ्जामिन लि ह्वोर्फका अनुसार भाषाले हाम्रो सोंच्ने तरिकाको खाका प्रदान गर्दछ र हामीले के का बारेमा सोंच्छौं भन्ने निश्चित गर्दछ । अर्थात् हाम्रो भाषा र चिन्तनकावीच गहिरो सम्बन्ध छ । आदरार्थी शब्दको प्रयोग गर्नाले परिवार र समाजमा मान्यजनको आशिर्वाद, माया पाउने र अनुजहरूको सम्मान पाउने हुन्छ । बाह्य समाजमा आफ्नो सभ्यता प्रदर्शन गर्ने प्रमुख र सजिलो साधन पनि भाषा हो । नरम, शिष्ट र स्तरीय भाषाको प्रयोग गर्नाले मानिसहरूकावीच सम्बन्ध सुधार हुने, समझदारी बढ्ने र दिगो स्मरण रहने निश्चित छ ।

आजकल आमसञ्चार माध्यम, सामाजिक सञ्चार सञ्जाल, कार्यालयीय वा कर्पोरेटमा गरिने भाषिक प्रयोगका कारण ब्यापक खण्डन र चर्चा चल्ने गरेको पाइन्छ । नेपाली भाषामा लेखिएका सामग्रीमा ब्याकरणीय हिसाबले त्रुटिपूर्ण लेखाई प्रयोग भएका सरकारी चिठीहरू फेसबुकमा भाइरल भएका पाइन्छन् । अंग्रेजी भाषाको प्रयोगका क्रममा हिज्जे, ब्याकरण र बाक्य संरचना बिग्रेको पाइन्छ । कतिपय संस्थाका तुल, ब्यानर, पर्चा पम्प्लेटमा संस्थाको नाम, ब्यक्तिको नाम, कार्यक्रम, नारामै त्रुटी भेटिन्छन् । आफूलाई असाध्यै अब्बल मान्नेहरूले सामान्य शब्द वा वाक्यमा गर्ने भाषिक त्रुटीका कारण सार्वजनिक रूपमा शीर ठाडो गर्न नसक्ने अवस्था हुन्छ । भाषिक विभेदका कारण सन्देशको अर्थान्तर हुने, कुराकानी निरन्तर रहने वा विचैमा तुहिने भन्ने निश्चित हुन्छ । मुद्दामा असहमति रहँदारहँदै पनि भाषिक प्रयोगका कारण समझदारीमा पुग्न सहज हुने पनि गर्दछ ।

किन मानिसहरूले भाषिक त्रुटिको प्रयोग गर्दछन् ? सार्वजनिक रूपमा टाँगिएका तुल, ब्यानर वा पत्रपत्रिका, रेडियो, टेलिभिजन जस्ता माध्यमका साथै फेसबुक कमेन्ट, साइनबोर्ड, सूचना पाटी वा कार्यक्रमका ब्यानर लगायतमा धेरै त्रुटी देख्न सकिन्छ । यी त्रुटीहरू मानवीय कारणले हुने गर्दछन् । विशेषगरी प्रुफ रिडिङका क्रममा ध्यान पुग्न नसकेका कारण वा प्रुफ रिडिङको कामलाई महत्व नदिंदा त्रुटि भैरहन्छन् । त्यसैगरी यस प्रकारका प्राज्ञिक कार्य प्रायः छोटो समयमा तयार पार्नुपर्ने वा अन्तिममा हतारहतार ठूलो मात्रामा विषयवस्तु दिने गर्नाले पनि आवश्यक ध्यान पुगेको हुँदैन । त्यसैगरी विषयवस्तु तयार गर्ने वा सिर्जना गर्ने ब्यक्तिमा पनि भाषिक सिपको आवश्यकता पर्दछ । आफ्ना विचारलाई शुद्धसँग अभिब्यक्त गर्न सक्ने क्षमताभयो भने त्रुटी कम हुन्छ । आजकल विद्युतीय साधनहरूका सहायताले स्वचालित अनुवाद गरी प्रस्तुत गर्ने गर्दा कहिलेकाँही अनुवादित भाषा र सन्देशको मर्म समेटिएको हुदैन । त्यसैगरी पाठको सम्पादन र सेटिंगका क्रममा पनि भाषिक परिवर्तन भै त्रुटिपूर्ण संरचना वा अभिब्यक्ति बन्ने गर्दछ । कम्प्युटर प्रविधिबाट गरिने मुद्रण, सम्पादनका क्रममा फन्ट परिवर्तन भै त्यसलाई सच्याउन ध्यान पुगेन भने परिवर्तित स्वरूप नै मुद्रण हुन्छ । त्यही विषयवस्तु सार्वजनिक हुन गै त्रुटिपूर्ण भाषिक प्रयोग बढेको पाइन्छ । पेशागत अभिब्यक्ति दक्षता प्रदर्शन गर्नका लागि कुनैपनि संस्था वा ब्यक्तिले त्यस प्रकारका विषयवस्तु सिर्जना गर्दा प्रुफरिडिङ र भाषिक गुणस्तर ब्यवस्थापन गरी पेशागत दक्षता प्रदर्शन गर्ने र सन्देशको वास्तविक अर्थबोध गर्न मद्दत गर्न सक्नुपर्दछ ।

भाषिक त्रुटीको असरका कारण ब्यक्ति र संस्थाको इज्जत प्रतिष्ठामा आँच आउने, आम मानिसहरूको आस्था र विश्वास घट्ने, सन्देशको अर्थ अपूर्ण हुने वा गलत अर्थ लाग्ने वा दोहोरो अर्थ लाग्ने वा अर्थ नै नलाग्ने हुन जान्छ । आवरणको सुन्दरता बिग्रने, भाषिक संरचना बिग्रने, समग्र पाठको ढाँचा बिग्रने हुन्छ । प्रयोगकर्तालाई लज्जाबोध र हिनताबोध हुन गै कार्यमा उत्प्रेरणा घट्ने, जोश जाँगर घट्ने र समग्रमा कार्य गुणस्तर कमजोर हुन जान्छ । भाषिक त्रुटी सिर्जना गर्ने ब्यक्ति सभाका अतिथि, विज्ञका साथै सहकर्मी सहपाठीका नजरमा कमजोर सावित हुन्छ । पटक पटकको त्रुटीपछि त्यस्ता ब्यक्तिले अवसर गुमाउन थाल्छन् । अन्यको रोजाइमा पर्न छाड्छन् ।

दुर्भाग्य मान्नुपर्छ कि एउटा गल्ती ढाकछोप गर्नाका लागि अर्का झुठ कार्य गर्दै जाने हाम्रो बानी छ । कतिपय मानिसहरूले गल्तीलाई सच्याउनुको सट्टा चर्को स्वरमा चिच्याउने, त्यस्तै कमजोर क्षमता भएका मानिसहरूको भजनमण्डली तयार गरी बेहोसीमा जिन्दगी बिताउने गरेको र गल्ती गरिरहँदा पनि आफूलाई सच्याउने तर्फ नलाग्ने गरेको पनि पाइन्छ । गल्तीलाई स्वीकार गर्ने, गल्तीबाट पाठ सिकेर पुनः त्यस्तै र अन्य गल्ती नहोस् भनेर सतर्कता अपनाउने वा तयारी गर्ने, प्रुफ रिडिङमा ध्यान दिने बानी बसाल्नु आवश्यक छ । कुनैपनि विषयवस्तुलाई सार्वजनिक गर्नुपूर्व पटकपटक पढ्ने र पुनः लेखन गर्ने गर्नु आवश्यक छ । विषयवस्तु सिर्जना गर्दा समेत आधिकारिक शब्दकोष वा ब्याकरण सामग्रीको उपयोग गरी भाषिक स्तरीयता कायम गर्नुपर्दछ । विषयवस्तुको क्षेत्र अनुसारका भाषिक प्राविधिक शब्दावलीको प्रयोग, वाक्य तथा अनुच्छेद संरचना, चित्र तथा तालिका जस्ता साधनको उपयोग गर्न सक्यो भने सन्देश प्रवाह र भाषिक क्षमतामा उच्चता हासिल हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?