ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
ईन्डो–नेपाल क्रिकेट प्रतियोगिता २०८०

लुम्बिनी बन्यो च्याम्पियन

खेलमार्फत लुम्बिनीको पर्यटन प्रवद्र्धन –सदस्य सचिव भट्टराई
२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

बुटवल, २७ माघ । भारतको पुर्वघाट सिद्धार्थनगरलाई हराउदै लुम्बिनी नव युवा क्लब लुम्बिनीमा सम्पन्न ईन्डो नेपाल क्रिकेट प्रतियोगिता २०८० को उपाधि चुमेको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको प्रवद्र्धन, लुम्बिनी सास्कृतिक नगरपालिका, लुम्बिनी विकास कोषको सहयोग तथा आयोजक लुम्बिनी नव युवा क्लबको आयोजनामा शनिबार भएको फाईनलमा भारत गोरखपुरका पुर्वघाट सिद्धार्थनगरलाई ५ विकेटले पराजित गर्दै आयोजक लुम्बिनी च्याम्पियन बनेको हो । उपाधिसंगै लुम्बिनीले नगद २ लाख रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता पुर्वघाट सिद्धार्थनगर भने नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

लुम्बिनी विकास कोष पडसरीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुर्वघाट सिद्धार्थनगरले निर्धारित १५ ओभरमा १७८ रन तयार गरेको थियो । विशाल लक्ष्यलाई लुम्बिनीले १४.२ ओभरमा ६ विकेटको नोक्सानी भेटायो । फाईनल खेलमा लुम्बिनीका कुले थापाले अन्तिमसम्म लगातार ३ छक्कासहित खेलमा जित निकाल्न महत्वपुर्ण योगदान दिए । उनी खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

ग्रान्ड कास्मो होटल, पिनस सिद्धार्थनगर प्रतियोगिताको सेमीफाईनलमा यात्राबाट बाहिरियो । प्रतियोगितामा अमृत गुरुङले १० विकेट लिदै अलराउण्ड ६६ रन जोड्दै बेष्ट बलर घोषित हुदै नगद ७ हजार रुपैया, कपबाट पुरस्कृत भए । प्रतियोगितामा २६५ रन बनाएका भारत पुर्वघाट सिद्धार्थनगरका रिन्कु यादव बेष्ट ब्याट्सम्यान साथै म्यान अफ द सिरिज बन्दै ७ हजार र १५ हजार रुपैयाको दुबै पुरस्कृत आफनो नाम गरे ।

एक समारोहका बिच प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, गौडहवा गाउपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, लुम्बिनी सास्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्घिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, जनमत पार्टी केन्द्रीय सचिव भुपेन्द्र प्रसाद यादव, वडा नं २ का वडाअध्यक्ष नईमुल्ला मु.ले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलमार्फत लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न सकिने भन्दै यसका लागि पुर्वाधार विकासमा सरकार र स्थानिय खेलप्रेमीहरुको ध्यान जानुपर्ने बताए । क्रिकेटप्रतिको माया र मोहलाई बुझ्न सकिने गरि प्रतियोगिता सफल भएको भन्दै अब भने पुर्वाधारमा जोड दिन सुझाव दिए ।

कार्यक्रममा युवा संयोजक वजिउद्घिन खानले क्रिकेटमा लुम्बिनी क्षेत्रको आर्कषणबारे प्रकाश पार्दै रंगशाला बनाउन सरकारबाट आवश्यक सहयोग जरुरी रहेको बताए । लुम्बिनी पहिचान बढाउने गरि जित निकालेको भन्दै खेलाडीको भविष्यप्रति सरकार थोरै भएपनि उत्तरदायी बन्नुपर्ने बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष अहमद खानले धेरै मेहनत गरेर श्रोत जुटाई पाच वर्षको अन्तरालमा प्रतियोगिता आयोजना गरेको बताए । दर्शकको साथ र माया कै कारण क्रिकेट खेल आयोजना गर्न आफुहरु सफल भएको बताए । माघ १३ गतेबाट शुरु भएको प्रतियोगितामा नेपाल र भारतका १६, १६ गरि ३२ क्लबहरुले भाग लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?