ट्रेंडिंग:

>> राजनीतिक र आर्थिक संकट समाधानका लागि संविधानमा पुनरावलोकन हुनुपर्छः त्रिपाठी >> बुद्धज्ञान शिक्षा विश्वव्यापी बनाउन पहल गरौँ : गृहमन्त्री श्रेष्ठ >> लौरियट्स एण्ड लिडर्स सम्मेलनबारे प्रदेशसभामा एमालेको विरोधः मुख्यमन्त्री ‘लेण्डुप दोर्जे’ बन्न खोजेको आरोप >> होटलको छतबाट खसेर एकको मृत्यु >> ५० करोड लागतमा भैरहवामा पर्यटकलक्षित होटल ल्याण्डमार्क सञ्चालनमा >> वीरेन्द्रनगरमा पहिलो महिला सम्मेलन हुँदै >> शालिनको पोस्टमार्टम रिपोर्ट : बलात्कार पुष्टि भएन, झुण्डिएर मृत्यु >> शिखर सम्मेलनबारे विपक्षीले विरोध गर्ने संकेत पाएपछि प्रदेशसभामा गएनन् मुख्यमन्त्री (लाईभ) >> सामाजिक रुपान्तरणका लागि महिला मञ्च दाङको अध्यक्षमा आचार्य >> लुम्बिनी प्रदेशसभामा शिखर सम्मेलनबारे किन बोलेनन् प्रधानमन्त्री ? >> दादुरा रुवेला विरुद्ध खोप सोमबारबाट >> प्रचण्ड र ओलीबीच बालुवाटारमा वार्ता >> राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै >> शिक्षण सिकाई सहजिकरणमा अनलाइन र डिजिटल माध्यम >> शालिन पोखरेल मृत्यु घटनामा के भन्यो प्रहरीले ? (विज्ञप्तिसहित) >> सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित >> पश्चिमी वायुले देशभरको मौसम बदली, धेरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना >> महासमिति बैठक कागको कथन जस्तै भयो : उपसभापति गुुरुङ >> घोषणाको चार वर्षपछि गाउँटोलमा शौचालय अभियान >> बाली उपचार चिकित्सामा मिश्र सरको व्यस्तता उस्तै >> धार्मिक बसले बढायो श्रद्धालु >> नेताका सम्पत्ति शुद्विकरण गर्नुपर्ने >> वन्यजन्तु चोरी शिकारीको चिन्ता >> वन्यजन्तु संरक्षणका चुनौतीहरू >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> करिश्मामा निशुल्क स्वस्थ्य परिक्षण तथा परामर्श >> नागरिक समाज दाङको संयोजकमा थापा  >> पश्चिम नेपाल बस ब्यबसायीद्वारा बधार्ई तथा सम्मान >> मानसिक स्वास्थ्य रणनीतिको विषयमा वृहत छलफल >> संघीयता लागु गर्न नचाहने प्रवृत्ति अहिले पनि छ : प्रधानमन्त्री >> नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा >> राष्ट्रिय लनटेनिस प्रतियोगिता : प्रदिप र अभिलाषालाई उपाधि >> लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार >> नेपाललाई नेदरल्यान्डले दियो १२१ रनको लक्ष्य >> मिसन ८४ को नारालाई सफल पार्न आफैमा रुपान्तरण पहिलो शर्त : अध्यक्ष बस्नेत >> चौतर्फी आलोचनापछि पत्रकार सम्मेलन गर्न मुख्यमन्त्री वाध्य,सरकारको २ करोड मात्रै,अरु विदेशी सहयोग भन्दै बचाउ >> लुम्बिनी अस्पतालमा मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने दातृ निकायको प्रतिवद्धता >> नेदरल्यान्ड्सविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल >> आज लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठक, प्रधानमन्त्रीले उद्घाटन गर्दै >> थारु मानक भाषाका लागि भाषा वर्ण निर्धारण अभ्यास >> लोक सांस्कृतिक महोत्सवले संस्कृतिको प्रवद्र्धन गर्छ : मन्त्री थापा >> गोमाको ‘घरको अचार’ >> बाउन्नगढी नै प्राचीन बौद्धकालिन सम्पदा >> साइन्सोत्सव >> छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयो : सांसद शुक्ला (भिडियो सहित) >> न्यून गुणस्तरका तीन औषधी विक्रिमा रोक >> लुम्बिनी, बाग्मती र एपीएफको जित >> एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी
शिक्षा / स्वाथ्य

मणिमुकुन्दमा अभिभावकलाई अभिमुखिकरण

२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

बुटवल,२७ माघ ।   मणिमुकुन्द मावि बुटवलले अभिभावकलाई अभिमुखिकरण गरेको छ । बालबालिकाको पढाईलाई कसरी राम्रो र उनीहरुलाई संस्कारयुक्त, अनुशासित बनाउन सकिन्छ भन्नेबारे अभिमुखिकरण गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको एक्लो प्रयासले मात्र नहुने भएकाले बालबालिकाको पढाई र उनीहरुलाई संस्कारी बनाउन अभिभावकको पनि भूमिका हुनुपर्ने बताए । विश्वव्यापीरुपमा स्मार्ट मोबाइल फोनको प्रयोग बालबालिकाको लत बनेकाले यसमा नियन्त्रण गर्नुपर्ने वक्ताहरुको सुझाव थियो । अभिभावकले पनि मोबाइलको प्रयोग कम गरेमा बालबालिकाले पनि कम गर्ने र बालबालिकालाई आध्यात्मिक बाटोमा हिंडाउन सके उनीहरु संस्कारी र अनुशासित हुने वक्ताहरुले सुझाव दिए ।

बालबालिकालाई अभिभावकले परीक्षामा उत्कृष्ट हुनुपर्छ भनेर अनुचित दबाव दिन नहुने बरु उसको क्षमता र रुचि पहिचान गरेर सोही अनुसारको क्षेत्रमा अघि बढ्न प्रेरित गर्नुपर्ने पनि वक्ताहरुले अभिभावकलाई सुझाव दिए । कार्यक्रममा विद्यालयका प्राचार्य टुकबहादुर क्षेत्रीले संस्कारयुक्त शिक्षा दिएर विद्यार्थी र अभिभावकको विश्वास जित्ने गरी विद्यद्यालय अघि बढेको बताए ।

विद्यालयका सञ्चालक उमापति न्यौपानेले अनुशासन र संस्कारले नै विद्यार्थी जीवनका हरेक मोडमा सफल हुने भएकाले अभिभावकले यी कुरामा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा अभिभावक बालकृष्ण पाण्डेले विद्यालय र शिक्षकको जिम्मामा छाडेर मात्रै बालबालिकाको पढाई र अनय क्रियाकलाप राम्रो नहुन सक्ने भएकाले घरमा अभिभावकले पनि चासो दिनुपर्ने बताए । सो अवसरमा विद्यालयका संयोजक हरिप्रसाद पौडेल,शिक्षक उमापति न्यौपाने, प्रशिक्षक खेमराज रेग्मी लगायतले आफ्ना भनाई राखेका थिए । अभिमुखिकरणमा प्ले ग्रुपदेखि कक्षा १० सम्मका करिब ६ सय जना अभिावक सहभागी भएका शिक्षक प्रकाश सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?